सीताराम प्रसाईंसहित ६ विरुद्ध विशेष अदालतमा मुद्दा

 

 

 

 

 

 

 

 


 ख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्जा अपचलनको अभियोगमा तत्कालिन घरेलु तथा साना उद्योग विकास बैंक (हाल यति विकास बैंक)का अध्यक्ष सीताराम प्रसाईंसहित ६ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मद्दा दायर गरेको हो ।
sitaram-prasaiबुधबार पक्राउ परेका बैंकका तत्कालीन कार्यकारी अध्यक्ष प्रसाईँ, महाप्रबन्धक भागवत श्रेष्ठ, बरिष्ठ प्रबन्धक सुनिल गुरुङ, खोसी मार्केटिङ्ग प्रा.लि.का प्रोपाइटर केशबलाल खोसी, खोसिका वारिस गर्ने सुनिल प्रधान र मालपोत कार्यालय सुनसरीका तत्कालीन खरिदार दिव्यराज घिमिरेविरुद्ध मुद्दा दायर गरिएको हो ।
उनीहरुमाथि दुई लाख रुपैयाँ आना पनि नपर्ने जग्गालाई ७० लाख रुपैयाँसम्मको अधिक मुल्यांकन गरी मिलेमतोमा सोही बराबरको कर्जा स्वीकृति गरि कर्जा अपचलन गरेको आरोप छ । अख्तियारले १ करोड ५८ लाख ४ हजार ७ सय ५२ रुपैयाँ बिगो र सो बराबर जरिवाना र सजाय मागदावी गरेको छ ।
यसअघि सोही बिषयमा राष्ट्र बैंकले अनुसन्धान गरी कर्जा घोटाला भएको निष्र्कष निकालेको थियो । दोषीलाई कारवाही गर्न राष्ट्रबैंकले प्रहरीलाई फाइल पठाए पनि पहुँचको प्रयोग गर्दै प्रसाईं पक्राउ पर्नबाट जोगिए । प्रहरीको फरार सूचीमा रहेका उनी सार्वजनिक कार्यक्रममा सहभागी भएको पाइएको थियो भने उनका छोराको बिबाहमा एमाले नेता माधवकुमार नेपालसहितका उच्च नेताहरु सहभागी भएको समाचार सार्वजनिक भएको थियो । सोही बिषयमा २०६४ सालमा माओवादी भातृ संगठन वाईसीएलले प्रसाईंलाई नियन्त्रणमा लिई खुलामञ्चमा सार्वजनिक गरेर प्रहरीलाई बुझाएको थियो ।
उक्त बैंक नाम परिवर्तन भएर मनकामना बिकाश बैंक हुँदै अहिले यति विकास बैंकको रुपमा कारोबार गरिरहेको छ । वित्तिय अवस्था कमजोर भएपछि लगानीकर्ताको समूह र व्यवस्थापन समूह परिवर्तन भई मनकामना विकास बैंकका रुपमा कारोबार गर्दै आएको थियो । पुरानो कर्जा असूलीलाई तीव्ररुपमा अघि बढाएको नयाँ व्यवस्थापनले बैंकलाई बचाउन सफल भएको हो ।

 

 

 

 

 

 

 

बिज्ञापन (रेस्लीङ गेम)

0 comments

Write Down Your Responses

Powered by Blogger.