तीन वर्षमै मेलम्चीको पानी काठमाडौं आउने

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङ निर्माण गर्ने जिम्मेवारीसहित परिचालित इटालियन कम्पनीले काम थालेको ३० महिनाभित्रै सक्ने गरी खाका पेस गरेको छ । यसले अबको अढाइ बर्षपछि काठमाडौं उपत्यकाबासीले बहुप्रतीक्षित मेलम्चीको पानी उपयोग गर्न पाउने सम्भावना बढेर गएको छ ।
Melamchiगएको असार मसान्तमा ३६ महिनाभित्र बाँकी २० किलोमिटर सुरुङ खन्ने सम्झौता गरेर कार्यक्षेत्र खटिएको इटालियन ठेकेदार कम्पनी को-अपरेटिभा एन्ड मुरातोरी सिमेन्टिस्टी -सिएमसी)ले यसको ६ महिनाअघि नै सम्पन्न गर्ने खाका मेलम्ची खानेपानी विकास समितिलाई बुझाएको छ ।
‘अब द्विविधामा पर्नुपर्दैन,’ नयाँ ठेकेदारको कार्ययोजना हेरेपछि उत्साही आयोजनाका कार्यकारी निर्देशक कृष्ण आचार्यले भने, ‘ नयाँ ठेकेदारको कार्ययोजना हेरेपछि उत्साही आयोजनाका कार्यकारी निर्देशक कृष्ण आचार्यले भने, ‘सन् २०१७ को नयाँ वर्षसँगै उपत्यकाबासीले मेलम्चीको पानी पिउन पाउनेमा हामी आशावादी छौं ।’
कम्पनीले फागुनसम्म एकसाथ ६ ठाउँबाट सुरुङ खन्ने, सन् २०१६ मार्चसम्म २० किलोमिटर सुरुङ बनाइसक्ने कार्ययोजना बनाएको छ । त्यस्तै २०१६ मार्चभित्रै सुन्दरीजलमा प्रशोधन केन्द्र बनाइसक्ने र प्रशोधन केन्द्रमा पानी खसेपछि वितरण थाल्ने योजना बनाएको नागरिक दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.