रामेछापमा यात्रुबाहक बस दुर्घटना, ६ जनाको मृत्यु
१७ मंसिर, रामेछाप । रामेछापको रामपुरबाट रामेछाप आउँदै गरेको बा २ ख ३१६६ नम्बरको यात्रुवाहक वस सुकाजोर गाविस- ६ पालेवनमा सोमबार बिहान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्युभएको हो भने एकजनाको रामेछाप अस्पतालमा उपाचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका मृतकहरूमध्ये २ महिला र ४ पुरुष छन् । उनीहरुको सनाखत भइसकेको छैन । दुर्घटनामा झण्डै २० जना घाइते भएका छन् । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि रामेछाप अस्पताल लैजाने क्रम जारी छ ।
यात्रुले खचाखच भरिएको बस सडकबाट करिव २ सय मिटर तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरूको शव पोस्टमाटमका लागि रामेछाप अस्पतालमा पुर्याइएको छ । घटनास्थल सदरमुकाम मन्थलीबाट १५ किलोमिटर उतरमा रहेको छ ।
दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयबासीले उद्दार कार्य जारी राखेको रामेछापका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिनुभयो । कच्ची सडकमा परेको तुसारोले गाडी चिप्लिएको अनुमान गरेपनि दुर्घटनाको कारण खुल्न नसकेको पराजुलीले बताउनुभयो ।


0 comments
Write Down Your Responses