काठमाडौंबाट दोलखा सोरुङखोलातर्फ छुटेको यात्रुबाहक बस शनिबार दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटना ११ जना घाइते भएका छन् । दोलखाको सुनखानी गाविस वडा नं. ८ स्थित अल्छेढुङ्गामा अरनिको यातायात सेवा समितिको बा २ ख ३०५१ नम्बरको बस सडकबाट करिब सय मिटर तल खस्दा खोपाचागु गाविस वडा नं. ७ का करिब २१ वर्षीय जोक्ते भनिने मोहनबहादुर विश्वकर्माको मृत्यु भएको हो । दुर्घटनामा घाइते मार्वुका छिरी शेर्पाले कन्डक्टरले बस चलाएकाले दुर्घटना भएको दाबी गरेका छन् । 'चालकले गाह्रो भो भनेपछि कन्डक्टरले चलाएको केही बेरमै घुम्ती काट्न नसकेर बस खस्यो,' चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा उपचारार्थ उनले भने ।
दुर्घटनामा मार्वुका डेढ वर्षीय हेमन्त गुरुङ, उनकी आमा अस्मिता, च्यामाका यादव फुयाल, लादुकका कल्याणी खत्री, खोपाचागुका महेन्द्र बुढाथोकी, गोपाल बुढाथोकी र आलम्पुका रुपबहादुर थामी, काभ्रेका पदमबहादुर दाहालसहित ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये ६ जनाको काभ्रेको धुलिखेल र बाँकीको स्थानीय सदरमुकामको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते दोलखा मार्बुकी अस्मिता गुरुङ र उनकी डेढ वर्षीय छोरा हेमन्त उपचारार्थ च्छोरोल्पा अस्पतालमा । तस्बिरः राजेन्द्र मानन्धर/ईकान्तिपुर
कन्डक्टरले चलाएको बस दुर्घटना हुँदा एकको मृत्यु
Powered by Blogger.


0 comments
Write Down Your Responses