छोराको चौरासी पूजामा बुबा साक्षी

तंग्राम गाविस-९ फापरखेतका १०४ वर्षीय देवीप्रसाद पुन आफ्नो छोरा लालबहादुर पुनको चौरासी पूजामा सहभागी हुनुभएको छ ।
सामान्यतया ८४ वर्षको उमेरसम्म बाँच्न पाउनुलाई भाग्यको रुपमा लिइने गरिए पनि बुबाकै उपस्थितिमा चौरासी पूजा भएको यस घटनालाई दुर्लभ मानिएको छ । देवीप्रसादका चार छोरामध्ये अहिले पनि तीन छोरा हुनुहुन्छ । ती मध्ये जेठो छोरा लालबहादुरको चौरासी गरिएको हो ।
एक सय चार वषर्ीय देवीप्रसादले अहिले पनि आफ्नो काम आफँै गर्न सक्ने र सामान्य कामधन्दा पनि गर्ने गरेको स्थानीयवासी बताउँछन् । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.