लगातार तेश्रो दिन हवाइ सेवा प्रभावित

केही दिन यता बिग्रिएको मौसमका कारण लगातार तेश्रो दिन पनि जनकपुरको हवाई सेवा प्रभावित भएको छ । यसअघि बिहीबार र शुक्रबार पनि हुस्सुका कारण हवाई सेवा प्रभावित भएको थियो । शनिबार बिहानदेखि बिग्रिएको मौसममा दिउसोसम्म पनि सुधार नआएपछि शनिबारको लागि तोकिएको बुध एअरको दुई र यती एअरलाइन्सको एक उडान रद्ध गरिएको थियो । जनकपुर नागरिक उड्डयन कार्यालयले दिएको जानकारी अनुसार शनिबार बिहान ५० मीटर भिजिविलिटी रहेको थियो भने दिउसो आठ सय मीटरको हाराहारीमा थियो । बढदो जाडोका कारण धनुषा जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । शुक्रबारको तुलनामा भने शनिबार मौसममा सामान्य सुधार आएको जल तथा मौसम विज्ञान विभाग जनकपुर फिल्ड कार्यालयले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.