अज्ञात समूहले मंगलवार राति एक विद्यार्थीेको अपहरण गरेको छ ।

महोत्तरी‬ जिल्लाको पर्सा देवाडबाट अज्ञात समूहले मंगलवार राति एक विद्यार्थीेको अपहरण गरेको छ । अपहरण हुनेमा सोनमा–५ बस्ने २० वर्षिय सुशिल यादव रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक दिपक गिरीले बताए ।
जनकपुरमा सुत्केरी भएकी आफनी फुफूलाई लिनका लागि पर्सा देवार–४ स्थित सडकमा गाडी पर्खिरहेको बेला करिव ६ जनाको संख्यामा आएका हतियारधारी अपरिचित समूहले यादवलाई अपरहण गरेको बताइएको छ ।
यादवसंगै सोनमा–६ कै शैलेन्द्र यादव ज४प ९३०५ नम्वरको मोटरसाइकलमा सोनमाबाट फुफूलाई लिन पर्सा देवार पुग्दा सो समूहले शैलेन्द्रलाई कुटपिट गर्दै मोटरसाइकल सहित उनलाई छाडेका थिए भने शुशिललाई अपहरण गरी लगेका थिए ।
शुशिलको खोजीका लागि सो क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक राजेन्द्र बाबु रेग्मीले बताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.