काठमाडौं संसारमै तेस्रो उत्कृष्ट र एसियाकै एकमात्र पर्यटन गन्तव्य
२० मंसिर, काठमाडौं । संसारका उत्कृष्ट १० उदीयमान पर्यटन गन्तव्यको सूचीमा काठमाण्डौं तेस्रो स्थानमा परेको छ ।
संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ले पर्यटकहरुको प्रतिक्रिया र समीक्षाका आधारमा काठमाडौंलाई उक्त स्थानमा राखेको हो । काठमाडौं यो सूचीमा पर्ने दक्षिण एसियाकै एकमात्र गन्तव्य हो । एसियाबाट काठमाडौंसँगै जापानको साप्पोरो र भियतनामको हनोई मात्र परेका छन् । सूचीको पहिलो स्थानमा क्युवाको हवाना र दोस्रोमा कोस्टारिकाको ला फोर्चुना डे सान कार्लोस छ ।
‘संसारका ठूला टुर अपरेटरले यो सूचीलाई आफ्ना ‘ब्रोसर’ मा राख्ने भएकाले यसबाट नेपाललाई उल्लेख्य फाइदा पुग्छ,’ उनले भने, ‘त्यही अनुसार सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रले हातेमालो गर्दै गए हाम्रो पर्यटन उद्योगले छलाङ मार्नेमा कुनै शंका छैन् ।’


0 comments
Write Down Your Responses