समीक्षा गर्दै एमाओवादी नेताले भने-हामी बिग्रिएकै हौं चुनावमा पैसाको चलखेल भएको निश्कर्ष

एकीकृत नेकपा माओवादीका नेताहरुले संविधानसभा चुनावको समीक्षा गर्दै आफूहरु बिगि्रएको कारण हार ब्यहोर्नुपरेको बताएका छन् । साथै उनीहरुले चुनावमा धाँधली भएको पनि दाबी गरेका छन् ।
maoist-party-officeपार्टी कार्यालय पेरिसडाँडामा बिहीबारबाट सुरु भएको पूर्वपोलिटब्यूरो सदस्यहरुको बैठकमा अध्यक्ष प्रचण्ड, पूर्वउपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाश र पूर्वमहासचिव पोष्टबहादुर बोगटीबाहेकका नेताहरुले आ-आफ्नो सुझाव दिएका छन् ।
नेताहरुले चुनावमा अनपेक्षित हार व्यहोर्नुको कारण धाँधली र कमजोर संगठन भएको औल्याएका छन् । केहीले धाँधलीलाई प्रधान भनेका छन् भने केहीले कमजोर संगठन ततथा पार्टी बिगि्रएका कारण हारेको बताएका छन् ।
एक पूर्वपोलिटब्यूरो सदस्यका अनुसार चुनावको समीक्षा गर्दै नेताहरुले नेताहरुको रहन सहज, उठबस र आचरणबारे कुरा उठाएका छन् । ‘हामी बिगि्रएका छौं । पार्टी अनुसारको आचरण भएन, सांस्कृतिक स्तर पनि खस्किएको छ भन्ने कुरा आएको छ’ उनले अनलाइनखबरसँग भने-’हाम्रो रहन-सहन, उठबस र आचरणबारे गम्भीर समीक्षा गर्नुपर्नेमा सबैको जोड छ ।’
नेताहरुले पार्टीको सबै संगठन भद्दा भएको, ठूलो कमिटीका नियमित बैठक बस्नसमेत नसकेको भन्दै नयाँ संगठनले संगठन बनाउनुपर्नेमा जोड दिएका छन् । ’हामीले पहिला नै संगठनात्मक महाधिवेशनको आवश्यकता महसुस गरिसकेका छौं’ एक नेताले भने-’अब संगठनलाई नयाँ ढंगले लैजानुपर्छ ।’
बैठकमा नेताहरुले चुनावमा पैसाको ठूलो चलखेल भएको दाबी गरेका छन् । ‘चुनावमा १ सय नेपालीको भारतीय रुपैयाँ १ सय ६५/७० सम्म पुग्यो । अहिले घटेको छ । यसले पनि पैसाको चलखेल प्रष्ट हुन्छ’ एक नेताले भने । नेताहरुले मतपत्र बढी हुँदासमेत गणना गर्नु र मतपेटिका सटेर धाँधली भएको बताएका छन् ।
बैठकमा नेताहरुले संविधानसभामा गएर आफ्नो एजेण्डाका लागि संघर्ष गर्नु पर्नेमा जोड दिएका छन् । तर, सरकारमा जानुपर्छ भन्ने नेताहरुको मत नआएको एक पूर्वपोलिटब्यूरो सदस्यले बताए ।
बैठक शुक्रबार बिहान फेरि बस्नेछ । बैठकमा शीर्ष नेताहरुले बोल्ने कार्यक्रम छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.