किराती समुदायले मनाउने उधौली पर्वको अवसरमा किरात याक्थुम चुम्लुङ, धरान नगर कमिटीले चासोक तङ्नाम पर्यटक उत्सव आयोजना गरेको छ । उत्सव पुस २ गते देखि ६ गते शनिबारसम्म चल्नेछ । dharan1 सांस्कृतिक उत्सवमा च्याबु्रङ नृत्य प्रतियोगिताका साथै विभिन्न सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु भइरहेका छन् । च्याबु्रङ नृत्य प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुनेहरुलाई क्रमशः १० हजार, ६ हजार र ४ हजार नगदसहित ट्रफी र प्रमाणपत्र वितरण गरिने कार्यक्रम छ । प्रतियोगितामा सुनसरी र मोरङ जिल्लाका गरी एक दर्जन च्यावु्रङ नृत्य समूहले भाग लिएका छ । लिम्वु जातिहरुले उधौलीको अवसरमा ०५० सालदेखि यसरी नै भेला भएर धरानमा चासोक तङनाम मनाउन थालेका हुन् ।

नेपाल भारतवीच काठमाडौंमा दुईदिनसम्म चलेको व्यापार तथा पारवाहन सम्बन्धी बैठकपछि जारी १४ बुँदे सहमतिका कारण अब नेपालले भारतसँगको व्यापारमा व्यहोर्दै आएको अर्बौंको घाटामा केही कमी आउने अनुमान विज्ञहरुले गरेका छन् । पछिल्लो चार महिनायता मात्रै नेपालले भारतसँगको व्यापारका क्रममा १ खर्ब १९ अर्ब घाटा ब्यहोरेको छ ।nepal india cross flag
यस अवधिमा नेपालले १ खर्ब ३७ अर्ब ८७ करोडको सामान भारतबाट भित्र्याएको छ भने नेपालबाट भारत निर्यात गरेको समान १८ अर्ब ८५ करोड बराबरमात्रै रहेको छ । नेपालले भारतसँगको व्यापारमा प्रत्येक वर्ष बढी घाटा ब्यहोर्दै आएका बेला काठमाडौंमा दुई दिने वार्ता र नयाँ सहमित भएको हो ।
नेपाल भारत व्यापार तथा पारवाहनसम्बन्धी दुई दिने छलफलपछि भएको सहमति अनुसार नेपालले भारतबाट केही सहुलियत पाएको छ । वैठकपछि सार्वजनिक गरिएको सहमतिअनुसार तेस्रो मुलुकबाट नेपाल भित्रिने कन्टेनरका सम्बन्धमा देखिने कठिनाइहरु शिघ्र हटाइने, तेस्रो मुलुकबाट बल्क कागों प्रयोग गर्दा नेपालले वीरगञ्ज नाकामात्रै प्रयोग गर्दै आएकोमा अबदेखि बिराटनगर, भैरहवा लगायतका नाकाबाट पनि प्रवेश गर्न सकिने भारतीय पक्षले अनुमति प्रदान गरेको छ ।
भारतले नेपाली कृषिजन्य वस्तुमा लगाउँदै आएको ५ प्रतिशत कृषि सुधार शुल्क प्रक्रिया मिलाएर हटाउने आश्वासन दिएको छ । भारतले नेपालमा बिक्री गर्दै आएको क्लिंकर र सिमेन्टमाथिको भन्सार घटाउन अनुरोध गरेको थियो । तर, नेपालमा फस्टाउँदै गएका सिमेन्ट उद्योगलाई त्यसले असर गर्ने भन्दै नेपाली पक्षले भारतीय पक्षलाई सम्झाउन सफल भएको छ ।
त्यस्तै नेपालमा उन्नत जातका गाई भैंसी भारतबाट खरिद गर्दा व्यहोर्नुपर्ने कठिनाइ हटाउन भारतीय पक्ष सहमत भएको छ । त्यसैगरी नेपाली भाषाका पुस्तक र पत्रपत्रिकाहरु भारतमा सहज तरिकाले विक्री वितरण गर्न दिन भारतीय सपक्ष सहमत भएको छ ।
दुई दिने वैठकपछि सार्वजनिक गरिएको १४ बुँदे सहमति यस्तो छ :
१. तेस्रो मुलुकबाट नेपाल आयात गरिने सवारी साधन कोलकाता/हल्यिदा बन्दरगाहबाट वागन/कन्टेनरका अतिरिक्त ‘अन इट्स वोन पावर’मा समेत आयात गर्ने सम्बन्धमा महत्वपूर्ण सहमति कायम भएको छ। लेटर अफ एक्सचेन्जको माध्यमबाट उपयुक्त व्यवस्था मिलाई यस सम्बन्धमा रहेका कठिनाइहरु स्थायी रुपमा यथाशीघ्र हट्ने भएका छन्।
२. तेस्रो मुलुकबाट आयात गरी पुनः तेस्रो मुलुकमा निकासी हुने वस्तुहरुको सम्बन्धमा उत्पत्तिको नियमसम्बन्धी प्रावधानले नेपालबाट तेस्रो मुलुकमा हुने निर्यात सम्बन्धमा रहेका कठिनाइहरु समाधान हुने भएका छन्। यस व्यवस्थालाई द्विपक्षीय हित हुने गरी जनवरी २०१४ भित्र नै उपयुक्त संस्थागत व्यवस्था गरिने भएको छ।
३. तेस्रो मुलुकबाट बल्क कार्गोको आयात गर्दा साबिकमा रक्सौल-वीरगन्ज भन्सार बिन्दुमात्र प्रयोग भइरहेकोमा जोगवनी-विराटनगर,नौतनवा-भैरहवा भन्सार बिन्दुसमेत अतिरिक्त बिन्दुका रुपमा प्रयोगमा आउने भएका छन्। यससम्बन्धी प्रायर इन्फरर्मेसनको प्रक्रियालाई समेत सरलीकृत गरी सहज गर्ने सहमति भएको छ।
४. नेपाल सरकारले लिइरहेको ५ प्रतिशत कृषि सुधार शुल्क सम्बन्धमाछलफल हुँदा यस विषयलाई नेपाल सरकारको अनुकूल हुने गरी मिलाउन सकिने सहमति भएको छ।
५. भारतबाट नेपाल पैठारी हुने क्लिंकर, सिमेन्टलगायतका वस्तुको भन्सार महसुल घटाउन भारतीय पक्षले गरेको अनुरोध सम्बन्धमा छलफल हुँदा यसबाट भारतीय निर्यातमा उल्लेख्य रुपमा नकारात्मक प्रभाव नपर्ने, नेपालमा फस्टाउँदै गएको उक्त व्यवसाय प्रवर्द्धनमा मौजुदा व्यवस्थाले सहयोग पुर्याइरहेकोले यही व्यवस्था कायम राख्ने नेपाली पक्षको धारणामा दुवै पक्ष सहमत भएका छन्।
६. कृषि, पशु र अन्य वस्तुको निर्यातमा आवश्यक पर्ने क्वारेन्टाइन सर्टिफिकेट सम्बन्धमा रहेका कठिनाइ हटाउने विषयमा छुट्टै एमआरए गर्न दुवै पक्ष सहमत भएका छन्। त्यस कार्यको तयारीका निमित्त दुई देशका प्रतिनिधिमण्डलबीच शीघ्र कार्य आरम्भ गर्ते सहमति भएको छ।
७. नेपाली किसानका लागि आवश्यकताअनुसार नश्लका दुधालु गाई, भैंसी आयात गर्न दिन भारतीय पक्षले सहमति जनाएको छ। सोको विस्तृत प्रस्ताव भारत सरकारले नेपाल सरकारसँग माग गरेको छ।
८. द्विपक्षीय व्यापार सहजीकरणका निमित्त थप भन्सार बिन्दु प्रयोगमा ल्याउनका लागि यसअघि नै पहिचान भएका भन्सार बिन्दुहरुमा समसामयिक सुधार गरी आवश्यकताअनुसार पूर्वाधार विकास गर्दै जाने विषयमा दुवै पक्ष सहमत भएका छन्।
९. तेस्रो मुलुकबाट कोलकाता हुँदै नेपाल आयात हुने बौन्ड कार्गोको ट्रान्ससिपमेन्टसम्बन्धी मौजुदा व्यवस्थालाई मितव्ययी, सरल र सहज गर्ने सम्बन्धमा पनि महत्वपूर्ण सहमति भएको छ। यसका निमित्त छिट्टै आपसी सहमतिमा उपयुक्त विधि निर्धारण गरिने भएको छ।
१०. दुई पक्षीबीच यसअघि विभिन्न विषय र समयमा सहमति भएका विषयहरुको कार्यान्वयनमा दुवै पक्षले तदारुकता देखाउने प्रतिबद्धताजनाएका छन्।
११. नेपाली भाषाका पुस्तक र पत्रपत्रिका तथा व्यापार मेलाका सामानहरु भारत लैजाँदा हुने गरेका कठिनाइहरुलाई उपयुक्त ढंगबाट समाधान गर्न दुवै पक्ष सहमत भएका छन्।
१२. आइजिसीलगायतका संयन्त्रको बैठकमा व्यापार अभिवृद्धिका निमित्त लगानी प्रवर्द्धन र निजी क्षेत्रको सरोकारका विषयहरु समेतको सम्बोधन गर्ने सम्बन्धमा दुवै पक्षबीच विचार विमर्श सुरु भएको छ।
१३. नेपालको व्यापार सम्बद्ध क्षेत्रको क्षमता अभिवृद्धिका निमित्त भारतीय पक्षले विभिन्न विषयमा प्राज्ञिक एवं व्यवहारिक सीप अभिवृद्धिका लागि तालिमका अवसरहरु उपलब्ध गराउने भएको छ।
१४. सीमा क्षेत्रमा हुन सक्ने अनधिकृत व्यापार नियन्त्रणका लागि दुवै पक्ष प्रयत्नशील रहने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.