जमीन जोत्दै पुस्तौ बित्यो, धनीपूर्जाको ठाँउमा तारेकको पूर्जामात्रै हातपर्‍यो

बाँकेको बनकटवा-१ पेडारी निवासी ६५ वर्षीयय राममिलन चमार अरुको जमीन जोतरै वृद्धभत्ता खाने अवस्थामा पुगेका छन् । यही जमीन राममिलनका पिता सुकै चमारले संसार छाडे । तर, आफूले दुईपुस्तासम्म जोतेको जमीनमा अझैसम्म राममिलनको मोहियानी हक कायम हुन सकेको छैन ।lal-purja-dhekaudai-1 मलीन मुद्रामा भेटिएका राममिलनले अनलाइनखबरसँग भने ‘बुवाले जोत्दै आएको जमीन जोत्दाजोत्दै म पनि बूढो भैसकें तर, अहिलेसम्म मेरा नाममा यो जमीनको धनीपूर्जा आउन सकेको छैन ।’ राममिलनले नेपालगन्जका उदयबहादुर सिंह श्रेष्ठका नामको १० कठ्ठा १८ धुर र रामकुमार श्रेष्ठको ३ कठ्ठा ८ धुर जग्गा बुबाका पालादेखि जोत्दै आएका हुन् । मोहीयानी हकका लागि भूमिसुधार कार्यालय बाँकेमा निवेदन दिएको पनि १० वर्ष हुन लागेको छ । राममिलन भन्छन् -’कुनै पनि सरकारले हामी मोहीको पक्षमा काम गरेन, बर्षोदेखि दुःखमात्रै पाइरहेका छौं ।’ बनकटवा पेडारीकै ७० अर्का बर्षीय गयाप्रसाद चमारले पनि पुस्तौंदेखि अरुको जग्गा जोत्दै आएका छन् । बाजे दुबर चमार र बुवा मुसे चमारको पनि यही जग्गा जोत्दाजोत्दै मृत्यु भए पनि गयाप्रसाद हालसम्म मोहियानी हक पाउन नसकेको गुनासो पोख्छन् । ‘कति पुस्ता अरुको जग्गा जोत्दैमा बित्यो, अझै कति पुस्ताले दुःख यसैगरी अर्काकै जमीन जोत्नुपर्ने हो थाहा छैन ।’ ज्येष्ठ नागरिक गयाप्रसादको दुःखेसो छ । हजुरबा उमेरका गयाप्रसादले ध्रुवबहादुर कोइरालाका नाममा रहेको ६ कठ्ठा ११ धुर, धनबहादुर पछाईको नामको २ कठ्ठा ८ धुर, शिवराम उपाध्यायको ४ कठ्ठा १९ धुर, कमलादेवी श्रेष्ठनीका नामको १ बिघा ५ कठ्ठा ३ धुर र लालताप्रसाद बनियाका नामको २ कठ्ठा १ धुर जग्गा बाजेका पालादेखि कमाउँदै आएका हुन् । एकहजार किसानले पाएनन् पूर्जा बाँकेका राममिलन र गयाप्रसाद त प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्तै पेडारी गाउँका श्यामलाल थारु, मंगरे थारु, सोलारी थारु, चुंगाली थारु, चमारी थारु, कुकुरा थारुलगायतले पनि दशकौं अर्काको जोत्दै आए पनि मोहियानी हक पाउन नसकेका गुनासो पोखेका छन् । lal-purja-dhekaudai-2 कानूनअनुसार मोहीयानी हक खारेज हुने बेलामा मोहीले कमाएको जग्गाको ५० प्रतिशत मोहियानी हक पाउने भए पनि यी गरीव थारु परियारले मुद्दा मामिला, समय र पैसा खर्च गर्नु परिरहेको छ । बर्षौर्ंसम्म मुद्दा मामिलामा फस्नुभन्दा उम्कनु राम्रो भन्दै केही मोहीहरुले भने जग्गाधनीसँग कुल जग्गाको २५ प्रतिशतमात्रै जग्गा लिएर मिलापत्र गर्ने गरेको बताउँछन् । गयाप्रसादले समेत पुरनचन्द्र तमौलीको एक बिघा जग्गा जोतिरहेकोमा ५ कठ्ठा लिएर मिलापत्र गरेको बताउँछन् । कानुन अनुसार जोत्दै आएको जग्गाको ५० प्रतिशत मोहियानी हक हो भन्ने जान्दाजान्दै पनि बाध्यतामा परेर २५ प्रतिशतमा सम्झौता गर्नुपरेको मोहीहरु बताउँछन् । मोही कृषकहरुको हकका लागि कार्यरत सामाजिक विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष लालमणि भण्डारीका अनुसार जिल्ला भूमि सुधार कार्यालयमा अहिलेसम्म मोहीहरुले दर्ता गरेका एक हजार १ सय १९ वटा निवेदनहरु थाँती रहेका छन् । ०६१ साल चैतभित्र मोही कृषकको निवेदन दर्ता गरी दुईवर्षभित्र फच्छ्र्याैट गर्ने भनिएको थियो । तर, अहिलेसम्म काम हुन सकेको छैन । चारहजार विघा जमीनमा मोहीयानी बाँके जिल्लामा ४ हजार ५३ बिघा जमीन मोहीहरुले जोत्दै आएका छन् । कतिपय जग्गाधनीले बाली नबुझ्ने भएका कारण मोही कृषकले गाविससँग समन्वय गरेर भूमिसुधार कार्यालयमा बुझाउने गरेका छन् । उत्पादन भएको बालीको तीन भागको एक भाग जग्गाधनीले पाउने गरेका छन् । केही जग्गाधनीले बाली नबुझाएको भन्दै अदालतमा मोही निष्कासनका लागि मुद्दा दर्ता गर्ने गरेका छन् । तर, हालसम्म कुनै पनि मोही निस्कासनमा भने परेका छैनन् । तर, जग्गाधनी अदालतमा जाँदा वास्तविक उब्जनी भन्दा बढी बाली बुझाउनुपरेको र तारेख धाउँदा झन् धेरै खर्च हुने गरेको कृषकहरुको गुनासो छ । भूमिसुधार कार्यालयले गत ०६९/७० मा मोहीका ४३ वटा मुद्दा मिलापत्र मार्फत टुङ्गाएको छ । lal-purja-3

0 comments

Write Down Your Responses

Powered by Blogger.