सिम्पल सिम्पल नेताको डिम्पल पार्ने चाला ! जनताको भोट आफ्नै पत्नीको फरियामा

मधेसी जनताको मुक्तिका नाममा राजनीति गर्ने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय सद्भावनाका अनील झा र फोरम गणतान्त्रिकका राजकिशोर यादवले जनताबाट पार्टीलाई प्राप्त भएको मतमा टेकेर आ-आफ्ना श्रीमतीलाई सभासद बनाएका छन् ।
कुनै राजनीतिक पृष्ठभूमि र योगदानविनै समानुपातिक निर्वाचन प्रणालीको खिल्ली उडाउन र आफ्नो दुनो सोझ्याउनका लागि श्रीमतीलाई सभासद बनाइएको भन्दै ती दलभित्र असन्तुष्टि बढेको छ ।mahato-n-his-wife
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले श्रीमती सहिलदेवी महतोलाई सभासदमा सिफारिस गर्नुभएको छ । त्यसैगरी संघीय समाजवादीका अध्यक्ष अनील झाले पत्नी डिम्पल झालाई सभासद बनाउनुभएको छ ।
गणतान्त्रिक फोरमका अध्यक्ष राजकिशोर यादवले पनि आफ्नी पत्नी सरिता यादवलाई सभासदमा सिफारिस गर्नुभएको छ । महतो, झा र यादव तीनैजनाले प्रत्यक्षतर्फको चुनाव हारेपछि घर खर्च चलाउनका लागि श्रीमतीहरुलाई सभासद् बनाउनुभएको हो ।anii-jha-and-his-wife
नेकपा एमालेमा नेता अमृत बाहोराकी पत्नी अष्टलक्ष्मी शाक्य सभासद बन्नुभएको छ भने कांग्रेसले देउवापत्नी आरजू राणा र जनमोर्चाले मोहनविक्रम सिंहपत्नी दूर्गा पौडेललाई सभासद बनाएको छ । तर, राणा, शाक्य र पौडेल तीनजना राजनीतिक पृष्ठभूमि भएका महिला नेतृसमेत हुन् । डिम्पल, सरिता र सहिलदेवीको नाम यसअघि राजनीतिकरुपमा चर्चामा थिएन । स्मरण रहोस् राजकिशोरको फोरम गणतान्त्रिक र संघीय सदभावनाले  संविधान सभामा एक-एक सिट प्राप्त गरेका छन् जसमा दुवै नेताले आ-आफ्ना श्रीमतीलार्इ सभासद बनाएका छन् ।
rajkishore-n-his-wife
माले महासचिव सीपी मैनालीले ०६४ सालमा पत्नी निलम खड्कालाई सभासद बनाएको भए पनि यसपालि मैनालीले पत्नीलाई भन्दा कार्यकर्ताहरुलाई प्राथमिकता दिनुभएको छ ।
मधेसवादी दलहरु यसअघि सत्ता र भ्रष्टाचारको दलदलमा फसेर गन्हाएका छन् । तर, भारतका केजरीवालभन्दा विहारका लालुप्रसाद यादवबाट सिक्न खोज्ने यी नेताहरुले आफ्नो पराजयबाट पाठ सिक्दै आफूलाई सुधार्नुपर्नेमा यसपटक फेरि फरियाको राजनीतिमा प्रवेश गरेर थप बदनामी कमाएका छन् ।
त्यसो त राजनीतिमा विकृति मधेसमा मात्रै होइन, पहाडमा पनि छ । विभिन्न व्यक्तिबाट पैसा खाएर सभासद छानिएको आरोप कांग्रेस, एमाले र एमाओवादीमाथि पनि लागिरहेको छ । एमालेमा राज्यलक्ष्मी गोल्छा र एमाओवादीमा पूर्वप्रहरी प्रमुख रविन्द्रप्रताप शाहको नाममा चर्को विवाद भइरहेको छ ।
sarad-singh-n-his-lover
उता प्रत्यक्षतर्फ चुनाव हारेका राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले अमेरिकन नागरिककी पत्नी निर्जला राउतलाई सभासदमा छनोट गरेपछि मधेसमा यो कदमप्रति व्यापक आलोचना भइरहेको छ । निर्जला विवादास्पद व्यक्ति रहेको र उनी ग्रिनकार्ड होल्डरसमेत रहेको मधेसवादी कार्यकर्ताको आरोप छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.