मुख्य आहारा मासु बन्दा ६ गुणा मोटोपन बढ्यो
काठमाडौं । हाम्रो खानामा मासुको मात्रा बढ्दै गएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । ओभरसिज डेभलपमेन्ट इण्टरनेशनल (ओडीआई)का लागि शारदा किट्स र स्टिभ विग्गिन्सले तयार पारेको अध्ययन प्रतिवेदन ‘फ्युचर डाइट्सः इम्प्लिकेशन फर एगि्रकल्चर एण्ड फूड प्राइसेज’ का अनुसार आगामी दिनमा हाम्रो आहारामा पशुपक्षीजन्य खाद्यय उत्पादनको मात्रा बढ्नेछ । त्यसले भविष्यमा अन्नपातको तुलनामा मासुको मूल्य छिटोछिटो बढ्ने अध्ययनले देखाएको छ ।
खासगरी विकासशील मुलुकहरुमा मासुको उपभोगमा तीब्र बृद्धि भइरहेका प्रतिवेदनको निष्कर्ष छ । ‘बढ्दो आम्दानीले मासिन आफ्नो रुचिअनुसारको खाना छनोट गर्न सक्ने भएका छन् । त्यसमाथि आमसञ्चारमाध्यम र विज्ञापनको पनि बलियो प्रभावले सर्वसाधारणको खानाको प्रकार, बानी र शैलीमा ठूलो परिवर्तन आएको छ,’ प्रतिवेदनले भनेको छ,’विकासशील विश्वमा अन्नपात र फलफूलको तुलनामा मासु, बोसोयुक्त खाना र चिनीको उपभोग बढेको छ ।’ यसरी खाना र खाने बानीमा आएको परिवर्तनले मोटोपना र त्यससम्बन्धी रोगीको संख्या बढ्दै गएको अभियान दैनिकमा खबरछ । अहिले विश्वका हरेक तीनजनामध्ये एक जना औसत तौल भन्टा मोटा रहेका छन् ।
0 comments
Write Down Your Responses