आज माघे स्रकान्ति

आज माघ १ गते अर्थात, माघे सक्रान्ति पर्व नेपालीहरुले हर्षोल्लासका साथ मनाउँदै छन् ।
जाडोबाट मुक्तहुने पर्वको स्वरुप माघे सक्रान्तिमा घ्यू, खिचडी, तील, तरुल सखर खण्डका परिकार खाने प्रचलन छ ।
आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले आजको दिनलाई मकर संक्रान्तिका रुपले पनि चिनिन्छ ।

मकर सङ्क्रान्ति स्नान गर्न जनकपुरको गंगासागर, धनुषसागर, दशरथ तलाउ, अरगजा पोखरी लगायत देशका विभन्न ठाउँमा रहेका नदी, तलाउ जलायशयहरुमा बिहानैदेखि श्रद्धालुहरुको घुइँचो लागेको छ ।
माघे सक्रान्ति सबै हिन्दू नेपालीहरुले नेपालीले मनाउने गरिएपनि जाति विशेषमा यस्को छुट्टै महत्व छ । थारु समूदायले माघे सक्रान्तिलाई नयाँ वर्षको रुपमा मनाउछ्न, मगर  र नेवारी समूदायमा पनि यसको छुट्टै महत्व छ ।

तराईका आदिवासी थारुहरुले माघे सक्रान्तिमा वर्ष दिनको योजना बनाउने र आफ्नो समूदायको प्रमुख व्यक्ति चुन्ने पनि गर्छन् । यसैगरी मगर समुदायमा आफ्ना पुर्खाको  स्मरण गरिन्छ ।
 

0 comments

Write Down Your Responses

Powered by Blogger.