अपराध रोक्न मेची राजमार्गमा आइपी क्यामेरा
सवारीसाधन रोकेर लुटपाट गर्ने क्रम बढेपछि प्रहरीले मेची राजमार्गमा आइपी क्यामेरा राखेर सुरक्षा निगरानी शुरु गरेको छ ।
इलाम र झापाको सीमावर्ती क्षेत्रमा पर्ने सुनमाईमा प्रहरीले आइपी (इन्टरनेट प्रोटोकल) क्यामेराबाट चौबिसै घण्टा निगरानी गर्न सुरू गरेको हो ।
इलाम सुनामाई क्षेत्र हुँदै दैनिक तीन सय बढी सवारीसाधन पाँचथर, ताप्लेजुङ, झापा र काठमाडौँतर्फ आवतजावत गर्छन् । त्यसक्षेत्रमा हुने आपराधिक घटना रोक्न र इलाम आउने पर्यटकलाई सुरक्षा प्रदान गर्न आइपी क्यामेरा जडान गरिएको प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले बताए ।सुनमाईमा लुटेरा समूहले यात्रुवाहक सवारीसाधन रोकी यात्रुलाई लुटपाट गर्ने क्रम नरोकिएपछि आइपी क्यामेरा जडान गरिएको दाहालले जानकारी दिए ।
होटल एसोसिएसन, पूर्वेली ट्याक्सी व्यवसायी सङ्घ, इलाम उद्योग वाणिज्य सङ्घको एक लाख ७३ हजार रुपैयाँ सहयोगमा क्यामेरा जडान गरी प्रहरीको जिम्मा लगाइएको होटल एसोसिएसन इलामका अध्यक्ष टीका ओडारीले बताए ।
सुनमार्ईमा निर्मित पर्यटन सूचना केन्द्रमा प्रहरीले आइपी क्यामेराबाट यात्रु तथा पर्यटकमाथि हुने गतिविधिबारे नियमित अनुगमन थालेको छ । रासस
0 comments
Write Down Your Responses