अपराध रोक्न पूर्वका प्रहरीलाई मोटरसाईकल

अपराध नियन्त्रणका लागि क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले पुर्व क्षेत्रका प्रहरी कार्यालयलाई ३० वटा मोटरसाईकल प्रदान गरेको छ ।
प्रहरी कार्यालयहरुलाई साधन श्रोतसम्पन्न बनाउदै लैजाने विभागीय नीतिअनुरुप झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी जिल्ला प्रहरी कार्यालयलाई साईरनजडित बजाज कम्पनीका मोटरसाईकल हस्तानतरण गरिएको हो ।
पूर्वक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले झापा, सुनसरी, सिरहा र सप्तरीका प्रहरी अधिकृतहरुलाई मोटरसाईकलको साँचो हस्तान्तरण गर्नुभएको हो ।
Police Motorcycleसाँचो हस्तान्तरण गर्दै सिलवालले सवारीसाधनको पहुँच सहज भएका स्थानहरुमा मोटरसाईकल छिटो पुग्ने भएकाले तत्काल प्रहरीको उपस्थिती एवम् अपराध नियन्त्रणका गर्न मोटरसाईकल उपयोगी हुने बताउनुभयो । कुनै पनि घटना हुनासाथ प्रहरी पुग्दा प्रहरीप्रति जनविश्वास पनि बढ्ने भएकाले मोटरसाईकललाई विशुद्ध जनताको सेवामा परिचालन गर्न सिलवालले निर्देशन दिनुभयो ।
प्रहरी प्रधान कार्यालयले पुर्वक्षेत्र मातहतका विभिन्न प्रहरी कार्यालयहरुलाई उपलब्ध गराएको एकसय तीनवटा मोटरसाईकलमध्ये पहिलो चरणमा तराईका झापा, मोरङ, सुनसरी जिल्लालाई ७÷७ वटा, सिरहालाई ६ वटा र सप्तरीलाई ३ वटा हस्तानतरण गरिएको छ । क्षेत्रीय प्रहरी कार्यालयले दोश्रो चरणमा बाँकी ७३ वटा मोटरसाईकल केही दिनमै वितरण गर्ने कार्यक्रम रहेको छ ।
अर्जुन राजवंशी

0 comments

Write Down Your Responses

Powered by Blogger.