शहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ । शुक्रवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिगको आफ्नो दोस्रो खेलमा आर्मीले संकटा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै लिगमा लगातार दोस्रो जित हात पारेको हो ।
खेलको ४२ औँ मिनेटमा आर्मीका स्ट्राइकार भरत खवासलाई संकटाका खेलाडीले फउल गरेपछि आर्मीले पेनाल्टी पायो । पेनाल्टीमा आर्मीका जितेन्द्र कार्की चुकेनन् र आर्मीलाई सुरुवाती अग्रता दिलाए । निकै प्रतिस्पर्धात्मक खेलमा संकटाले पनि खेलको ६४ औँ मिनेटमा पेनाल्टी पायो । तर पेनाल्टीमा अफि्रकन खेलाडी ओलाओले चुकेपछि खेल आर्मीले एक सुन्यले नै जित्यो ।
खेलमा दुवै टोलीले गोल गर्ने केही मौका पाएपनि सदुपयोग गर्न सकेनन् । पहिलो खेलमा मच्छिन्द्रसंग अंक बाँडेको संकटाको यो लिगमा पहिलो पराजय हो भने आर्मीको लगातार दोस्रो जित हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपालमै पहिलो पटक कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान हातामा इन्डोर क्रिकेट हल निर्माण सुरु गरेको छ ।
राखेप अध्यक्ष युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले हलको बिहीबार शिलान्यास गरे । १ सय ४० फिट लम्बाइ र ४० फिट चौडाइको हलले कूल ५ हजार ६ सय वर्ग फिट क्षेत्रफल ओगट्नेछ ।
हलको अनुमानित लागत खर्च ७४ लाख, ३५ हजार २ सय ७९ रुपैयाँ -भ्याटसहित) रहेको राखेपअन्तर्गत पूर्वाधार, निर्माण तथा मर्मत शाखाका इन्जिनियर विश्वामित्र सन्ज्यालले जनाएका छन् ।
शिलान्यास भएको दिनदेखि ४० दिनमा दुई लेन हलको निर्माण कार्य पूरा हुनु पर्नेछ । निर्माण कार्यको जिम्मा जोरपाटीस्थित आर एन्ड सी बिल्डर्सले पाएको छ । सन् २०१४ मा हुने विश्वकप ट्वान्टी- २० क्रिकेट प्रतियोगिताका लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीको तयारी तथा विशेषगरी वषर्ायाममा क्रिकेट टोलीले प्रशिक्षणमा भोग्नु पर्ने असहजस्थितिलाई सहज तुल्याउन हलको निर्माण गर्न लागिएको हो ।
शिलान्यासपछि मन्त्री श्रेष्ठले नेपाली खेलकुदको विकासका लागि धेरै पूर्वाधारको खाँचो रहेको बताउदै पूर्वाधार बनाउन सहयोगहरु अगाडि आएपनि जग्गा उपलब्ध हुन नसकेको बताए । मन्त्री श्रेष्ठले खेलकुदको विकासमा केहि गरौं भन्ने भावना सबैमा जागृत हुन आवश्यक रहेको धारणा व्यक्त गरे ।
राखेप सदस्य-सचिव युवराज लामाले सरकारको निर्देशन अनुसार छोटो समयमा हल निर्माणको कार्य थालनी गर्न सफल भएको बताउदै निर्माण कार्य पूरा भएपछि वषर्ायाममा पनि प्रशिक्षण गर्न सहज हुने बताए ।
नेपालमा विश्वकप फुटबलको ट्रफी भित्रने भएको छ । फिफा वल्र्डकप ट्रफी टुरको टोलीले आज भुटानबाट ट्रफीलाई नेपाल ल्याउने छन् । भुटानबाट ट्रफीलाई फिफाको विशेष विमानमा राखेर नेपाल भित्र्याउने तयारी भएको अखिल नेपाल संघ एन्फाले जनाएको छ ।
छनोट प्रतियोगिताको दोस्रो चरणभन्दा माथि उक्लन नसकेको नेपालमा विश्वकपको असली ट्रफी भित्रन लागेको भने यो पहिलो अवसर हो । उक्त ट्रफी बिहान साढे ९ बजेपछि विमानस्थलमा आइपुग्ने एन्फाले जनाएको छ ।
रंगशालामा राखिने ट्रफिलाई राष्ट्रपति डा. रामबरण यादबले सार्वजनिक गर्नुहुनेछ । उक्त ट्रफीलाई राष्ट्रिय टोलीका खेलाडी, एन्फाका पदाधिकारी, ‘ए’ डिभिजन क्लबका पदाधिकारी, खेलाडी र तीन हजारभन्दा बढी कोकाकोला उपभोक्ताले विश्वकप ट्रफीसँग बसेर फोटो खिच्ने अवसर पाउनेछन् ।
कोकाकोलाले विश्वकप ट्रफीलाई विश्वका विभिन्न देशमा घुमाउने क्रममा नेपालमा पनि ल्याएको हो ।
ट्रफीलाई सुरक्षित रुपमा प्रदर्शन गर्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति कार्यक्रममा सहभागि हुने भएकाले पनि सुरक्षा व्यवस्था कडा पारिएको हो । ट्राफिक व्यवस्थापनका लागि फिफाबाट पनि १६ जनाभन्दा बढी सुरक्षाकर्मी आउनेछन् । उक्त ट्रफीलाई बेलुका भने सोल्टी होटलमा राखिनेछ ।
एकदिवसीय विश्वकप छनोट क्रिकेटको तयारीका लागि नेपाली टोली श्रीलंका प्रस्थान गरेको छ । टोलीका सदस्य फास्ट बलर सोमपाल कामी भने अन्य खेलाडीहरुसँगै श्रीलंका जान पाएनन् ।
भीसा आउन समय लागेकाले सोमपाल अन्य खेलाडीहरुसँग जान नसकेको नेपाल क्रिकेट संघ क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताउनु भयो । ‘जर्नी टु वल्र्डकपपछि मात्र प्रक्रिया सुरु गरेकाले भिसा आउन समय लाग्यो’ प्याकुरेलले अनलाइनखबरसँग भन्नुभयो-’३/४ दिन लाग्ला ।’ मंसिर तेस्रो साता भएको जर्नी टु वल्र्डकपमा राम्रो प्रदर्शन गरेपछि सोमपाललाई टोलीमा समावेश गरिएको थियो ।
नेपाली टोलीले १० दिने श्रीलंका बसाईका क्रममा चार अभ्यास खेल खेल्नेछ । त्यसपछि न्यूजिल्याण्ड पुगेर नेपाली टोलीले आफ्नै व्यवस्थापनमा चार अभ्यास खेल खेल्नेछ भने आईसीसीले नामिबिया र केन्यासँगको अभ्यास म्याच खेलाउने छ ।
एकदिवसीय विश्वकप छनोटमा नेपालले यूएई, स्कटल्याण्ड, हङकङ र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।
टोटनह्यामलाई पराजित गर्दै लिभरपुल इग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा सिमित टोटनह्यामलाई ५–० गोल अन्तरले पराजित ग¥यो ।
जितसँगै लिभरपुल १६ खेलबाट ३३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ र लिग लिडर आर्सनलभन्दा २ अंकले मात्र पछि छ । समान अंक जोडेको चेल्सी गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ भने टोटनह्याम २७ अंकसहित सातौं स्थानमा छ ।
टोटनह्यामको घरेलु मैदान ह्वाइट हार्ट लेनमा भएको खेलमा लिभरपुलले १८ औं मिनेटमा लुईस स्वरेजको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा हेण्डरसनले उत्कृष्ट भली गोल गर्दै अग्रता दोब्बर पारे ।
दई गोलले पछि परेको टोटनह्यामले ६३ औं मिनेटमा झट्का व्यहो¥यो । उसका पाउलिन्हो रातो कार्ड खाँदै मैदानबाट बाहिरिए भने लिभरपुलले त्यसको फाइदा उठाउँदै करिव आधा घण्टामा तीन गोल थप्यो ।
७५ मिनेटमा फ्लानिगनले गोल गरे भने ८४ औं मिनेटमा स्वरेजले व्यक्तिगत दोस्रो गोल गरे । उरुग्वेका स्टार स्वरेजको यो सिजनको १६ औ गोल हो । ८९ औं मिनेटमा स्टर्लिङले गोल गरेपछि लिभरपुल टोटनह्यामलाई उसको घरेलु मैदानमा अहिलेसम्मको सबैभन्दा फराकिलो अन्तर ५–० को जित निकाल्न सफल भएको छ ।
यसअघि भएको खेलमा म्यानचेष्टर युनाइटेडले एस्टनभिल्लालाई ३–० ले पराजित गरेको थियो भने नरभीच र स्वान्सीले १–१ को बराबरी खेलेका छन् ।
बलिउडमा मोडल तथा नायिका पूनम पाण्डे र राखी सावन्त विभिन्न कारणले चर्चामा रहन्छन् । पूनम पाण्डे आफ्नो उत्तेजक छविका कारण चर्चामा रहेको पाइन्छ । यस्तै राखी विभिन्न बिषयमा बयान दिएर चर्चामा रहन्छन् ।हालै मात्र आयोजना भएको ‘ह्वाट द फिस’ नामक सिनेमाको पार्टीमा पुगेका राखी र पूनमको हर्कतले सबैलाई हैरान बनाएको छ । पूनमले आफूले लगाएको पहिरन नै फुकालेर विकिनीमा फोटो खिच्न थालिन् । यता राखी पनि के कम थिइन् र ? कामुक तबरले क्यामेराको अघि विभिन्न पोजमा फोटो खिचाउने अग्रसर भइन् । यि दुइको उपस्थितीले पार्टी निक्कै गर्माएको थियो ।
विश्वकप क्रिकेट तयारीका लागि एक साताभित्र बृहत् कार्ययोजनासहितको प्रतिवेदन बुझाउन गठन गरिएको कमिटीले करिब ४ करोडको बजेट आवश्यक रहेको प्रतिवेदन शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बुझाएको छ । कमिटीले विश्वकप तयारी र क्रिकेटको पूर्वाधार तत्काल तयार गर्न ३ करोड ८३ लाख ४९ हजार २ सय ७३ रुपैयाँ आवश्यक पर्ने जनाएको छ । राखेप सदस्य सचिव युवराज लामालाई बुझाइएको कार्ययोजनाअनुसार पूर्वाधार निर्माणका लागि १ करोड ५३ लाख ८ हजार ३ सय ४३ रुपैयाँ र अभ्यास खेल र वान-डे प्रतियोगिताका लागि २ करोड ३० लाख ४० हजार ९ सय ३० रुपैयाँ आवश्यक रहेको बताइएको छ । नेपाल ट्वान्टी-ट्वान्टी विश्वकपमा छनोट भएपछि राखेप खेलकुद विकास प्रमुख प्रकाशचन्द्र घिमिरेको नेतृत्वमा गठित कमिटीले भौतिक पूर्वाधार, तयारी र सहभागिता गरी दुई भागमा विभाजन गरेर प्रतिवेदन दिएको हो । कमिटीका अन्य सदस्यमा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव रामबहादुर हमाल, नेपाल क्रिकेट संघका प्रतिनिधि सञ्जीव पाण्डे र राखेप प्रमुख क्रिकेट प्रशिक्षक जगत टमाटालगायत थिए । 'हामीले मौजुदा कीर्तिपुर मैदानको अध्ययन गरेर तुरुन्तै के भौतिक पूर्वाधार थप्न सक्छौं भन्नेमा पुग्यौं,' प्रतिवेदन बुझाउँदै आयोग प्रमुख घिमिरेले भने,'यस क्रममा क्यानका जिम्मेवार पदाधिकारीसँग छलफलको प्रयास गर्यौं तर सकेनौं ।' उनले कार्ययोजना तयार गर्ने क्रममा क्यान अध्यक्ष, महासचिव र कोषाध्यक्षसँग भेट हुन नसकेको गुनासो गरे । उनले दिएको प्रतिवेदनमा प्रतियोगिताको तयारीका लागि अम्यास खेल आवश्यक रहेको र पूर्वाधार सुधार गर्न कीर्तिपुर मैदानको जिम हलको सुधार, इन्डोर हलको निर्माण, नेट, टर्फको व्यवस्था र पोलको व्यवस्था गर्नुपर्ने रहेको छ । त्यस्तै तयारीका लागि श्रीलंका र न्युजिल्यान्डमा वान-डेको अभ्यास खेल र विश्वकप छनोट खेल्ने तथा ट्वान्टी-ट्वान्टीका लागि भारत अथवा श्रीलंकामा अभ्यास खेल खेल्ने उल्लेख गरिएको छ । 'विश्वकप तयारीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारको निर्माण तुरुन्त सुरु हुनेछ,' राखेप सदस्य सचिव लामाले भने, 'अहिले त्यसका लागि ४० लाख तुरुन्तै छुट्याएका छौं, मूलपानी मैदानको बजेट पनि सट्टाभर्ना गर्ने गरी प्रयोग गरिनेछ ।' उनले निश्चित समयभित्र सक्नुपर्ने गरी काम सुरु गरिने पनि बताए ।
विश्वकप क्रिकेट तयारीका लागि एक साताभित्र बृहत् कार्ययोजनासहितको प्रतिवेदन बुझाउन गठन गरिएको कमिटीले करिब ४ करोडको बजेट आवश्यक रहेको प्रतिवेदन शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बुझाएको छ ।
कमिटीले विश्वकप तयारी र क्रिकेटको पूर्वाधार तत्काल तयार गर्न ३ करोड ८३ लाख ४९ हजार २ सय ७३ रुपैयाँ आवश्यक पर्ने जनाएको छ । राखेप सदस्य सचिव युवराज लामालाई बुझाइएको कार्ययोजनाअनुसार पूर्वाधार निर्माणका लागि १ करोड ५३ लाख ८ हजार ३ सय ४३ रुपैयाँ र अभ्यास खेल र वान-डे प्रतियोगिताका लागि २ करोड ३० लाख ४० हजार ९ सय ३० रुपैयाँ आवश्यक रहेको बताइएको छ ।
नेपाल ट्वान्टी-ट्वान्टी विश्वकपमा छनोट भएपछि राखेप खेलकुद विकास प्रमुख प्रकाशचन्द्र घिमिरेको नेतृत्वमा गठित कमिटीले भौतिक पूर्वाधार, तयारी र सहभागिता गरी दुई भागमा विभाजन गरेर प्रतिवेदन दिएको हो । कमिटीका अन्य सदस्यमा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव रामबहादुर हमाल, नेपाल क्रिकेट संघका प्रतिनिधि सञ्जीव पाण्डे र राखेप प्रमुख क्रिकेट प्रशिक्षक जगत टमाटालगायत थिए ।
'हामीले मौजुदा कीर्तिपुर मैदानको अध्ययन गरेर तुरुन्तै के भौतिक पूर्वाधार थप्न सक्छौं भन्नेमा पुग्यौं,' प्रतिवेदन बुझाउँदै आयोग प्रमुख घिमिरेले भने,'यस क्रममा क्यानका जिम्मेवार पदाधिकारीसँग छलफलको प्रयास गर्यौं तर सकेनौं ।' उनले कार्ययोजना तयार गर्ने क्रममा क्यान अध्यक्ष, महासचिव र कोषाध्यक्षसँग भेट हुन नसकेको गुनासो गरे ।
उनले दिएको प्रतिवेदनमा प्रतियोगिताको तयारीका लागि अम्यास खेल आवश्यक रहेको र पूर्वाधार सुधार गर्न कीर्तिपुर मैदानको जिम हलको सुधार, इन्डोर हलको निर्माण, नेट, टर्फको व्यवस्था र पोलको व्यवस्था गर्नुपर्ने रहेको छ ।
त्यस्तै तयारीका लागि श्रीलंका र न्युजिल्यान्डमा वान-डेको अभ्यास खेल र विश्वकप छनोट खेल्ने तथा ट्वान्टी-ट्वान्टीका लागि भारत अथवा श्रीलंकामा अभ्यास खेल खेल्ने उल्लेख गरिएको छ ।
'विश्वकप तयारीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारको निर्माण तुरुन्त सुरु हुनेछ,' राखेप सदस्य सचिव लामाले भने, 'अहिले त्यसका लागि ४० लाख तुरुन्तै छुट्याएका छौं, मूलपानी मैदानको बजेट पनि सट्टाभर्ना गर्ने गरी प्रयोग गरिनेछ ।' उनले निश्चित समयभित्र सक्नुपर्ने गरी काम सुरु गरिने पनि बताए ।
लामो अन्योलपछि अन्ततः दक्षिण एसियाली खेलका कीर्तिमानी खेलाडी वैकुन्ठ मानन्धर र दीपक विष्टले २५/२५ लाख रुपैयाँ पाउने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले करिब डेढ वर्षअघि नै सागमा तीन स्वर्ण जितेका खेलाडीले सक्रिय खेलजीवन त्यागेपछि आवासको व्यवस्थाका लागि २५ लाख दिन नेपाल सरकारसमक्ष सिफारिस गरेको थियो । तर, त्यसबेला नियमावलीमा रहेको 'अबदेखि गणना गर्ने' भन्ने शब्दका कारण वैकुण्ठ र दीपकले तोकिएको रकम पाउने कि नपाउने भन्ने अन्योल थपिएको थियो ।
कीर्तिमानी तेक्वान्दो स्टार दीपकले काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुददेखि लगातार चार संस्करणमा स्वर्ण जितेका थिए भने वैकुण्ठले पहिलोदेखि तेस्रो संस्करणमा एथलेटिक्सको म्याराथनमा पहिलो स्थान हासिल गरेका थिए । वैकुण्ठले कोलकातामा भएको दोस्रो दक्षिण एसियाली खेलकुदमा तयार गरेको दुई घन्टा १५ मिनेट ३ सेकेन्डको दक्षिण एसियाली कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन । ओलम्पिकमा छनोट भएका दीपकले एसियाडमा दुई कांस्य पनि जितेका थिए ।
'हामीले डेढ वर्षअघि नै उहाँहरूलाई रकम प्रदान गर्न सिफारिस गरेका थियौं तर प्राविधिक कारणले रोकिएको थियो,' राखेप सदस्य सचिव युवराज लामाले भने,'त्यसबेला अबदेखि भन्ने शब्द भएकाले केही समस्या भएको थियो तर, त्यसलाई सच्याउन पुनः सिफारिस गरेका थियौं । त्यसैका आधारमा मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।'
राष्ट्रिय खेलकुद परिषद्ले तीन वा तीनभन्दा बढी साग गेम्सको अफिसियल खेलमा स्वर्णपदक वा एसियाडमा स्वर्णसहित दुई पदक वा ओलम्पिक गेम्सका पदकधारी खेलाडीले खेलजीवनबाट संन्यास लिएमा आवासका लागि २५ लाख रुपैयाँको व्यवस्था गर्नका लागि २०६८ चैत २१ को ९० औं बोर्ड बैठकबाट सिफारिस गरेको थियो । बाबुराम भट्टराईको नेतृत्वमा रहेको सरकारका तत्कालीन अर्थमन्त्री वर्षमान पुनले त्यस निर्णयलाई पारित गरे पनि शब्दका कारण नीतिगत त्रुटि हुन पुगेको थियो । त्यसबेला चालू वर्षदेखि भन्दै दीपक र वैकुण्ठलाई दिने भनिएको रकम अर्थ मन्त्रालयले रोकेको थियो ।
'सरकारको यो निर्णयले खेलाडीमा थप हौसला प्रदान गर्नुका साथै खेलर पनि बाँच्न सकिन्छ भन्ने विश्वास बढाएको छ,' सरकारको निर्णयवाट खुसी देखिएका राखेप सदस्य सचिव लामाले भने,'यसले खेलकुदलाई व्यावसायिक बनाउन मात्र मदत गर्दैन, आर्थिक अभावका कारण कीर्तिमानी खेलाडी विदेश पलायन हुने क्रम पनि रोक्नेछ ।' उनले यो निर्णयले अब सरकार खेलकुद क्षेत्रका लागि जिम्मेवार देखिएको पनि बताए ।
सरकारले रकम दिने निर्णय गरेको जानकारी पाएपछि धावक वैकुण्ठले ढिलै भए पनि खुसी ल्याएको बताए । 'सुरुमा पाउने भनिए पनि नपाइएला जस्तो लागेको थियो तर राम्रै भयो,' उनले भने ।
दीपकले भने खेलाडीले रगत र पसिनाको मूल्य पाएको धारणा राखेका छन् । उनले खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयलाई विशेष धन्यवाद दिन पनि बिर्सेनन् । 'पहिले पाउने भनिए पनि पछि रोकिएको थियो, तर अहिले पाउने खबरले थप खुसी ल्याएको छ,' उनको भनाइ थियो,'अब उप्रान्त भन्ने कारणले खुसी क्षणिक हुने हो कि भन्नेमा दुःखी थियौं तर राखेप सदस्य सचिवको पहलका कारण त्यो संशोधन भयो ।' उनले यसले दुई जनामात्र होइन समग्र खेल क्षेत्र नै खुसी भएको र नयाँ पुस्तालाई थप प्रोत्साहन मिलेको पनि बताए ।
त्यस्तै, सरकारको यो निर्णयप्रति नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सम्बन्धित सबै पक्षप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ । खेलाडी संघका महासचिव दीपक श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै यस प्रकारको निर्णयले राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीहरूको मनोबल उच्च पार्न सहयोग पुग्नुका साथै खेलाडीलाई खेल्न प्रेरित गर्ने उल्लेख गरेका छन् ।
सिनियर राष्ट्रिय टिम र यू-१६ का फरवार्ड विमल घर्तीमगरले नेदरल्यान्ड्सको उच्च डिभिजनको क्लब ट्वेन्टेमा बिताएको 'ट्रायल' अवधि राम्रो अनुभव भएको बताएका छन् ।
डच क्लबमा १२ दिन बिताएर बिहीबार काठमाडौं फर्केलगत्तै आयोजित पत्रकार सम्मेलनमा विमलले भने, 'त्यहाँ उच्चस्तरको सुविधामा गरेको ट्रेनिङले व्यक्तिगत रूपमा आत्मविश्वास बढाएको छ । अभ्यासमा दुई खेल खेलें ।
पहिलो अभ्यास खेलमा राम्रो गर्न सकिनँ । दोस्रोमा राम्रो खेलें ।' उनले दोस्रो अभ्यास खेलमा चार गोल गरेका थिए ।
ट्वेन्टेमा विमल र बंगलादेश यू-१९ का कप्तान हेमन्तोका निम्ति ट्रायलको अवसर मिलाएका डच प्रशिक्षक रेने कोस्टरले भने, 'यू-१७ र यू-१९ को ट्रेनिङमा विमलले निरन्तर सुधार गर्दै राम्रो गरे । त्यसैले उनीसँग यू-१७ का प्रशिक्षक सकारात्मक छन् । प्रशिक्षकले क्लबमा रिपोर्ट बुझाइसकेका छन् । त्यसैले चाँडै विमलको भविष्य टुंगो लाग्नेछ ।'
बंगलादेशका सहायक प्रशिक्षक रहेका कोस्टरका अनुसार विमलले व्यावसायिक अनुबन्ध वा एकेडेमीमा अवसर पाउने सम्भावना न्यून छ । 'युरोपबाहिरकालाई ३-३ महिनाको मात्र भिसा दिने भएकोले एकेडेमीमा आउँदै-जाँदै गर्न गाह्रो छ । नेदरल्यान्ड्समा व्यावसायिक अनुबन्ध खेलाडी १८ वर्षको भएपछि मात्र हुन्छ,' उनले भने । एन्फाका अनुसार १५ वर्षका विमलको कौशल युरोपेली स्तरकै भएकाले उनले ट्वेन्टेमा नभए पनि अन्य क्लबमा ट्रेनिङको अववसर पाउने कोस्टरले बताए ।
पुलिसलाई पराजित गर्दै डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब एनसेल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा मनाङले पुलिसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले अग्रता लिएर पनि जोगाउन सकेन । खेलमा पुलिसले २९ औं मिनेटमा रविन श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । ५६ औं मिनेटमा मनाङका योनाले गोल गर्ने मौका गुमाए ।
६८ औं मिनेटमा मनाङका सुजल श्रेष्ठले बराबरी गोल फर्काए । खेलको ८४ औं मिनेटमा पाएको फि्र किकमा पुलिसका भोला सिलवालको प्रहारमा सुमन सुवेदीले हेडगोल गोल गरेपनि रेफ्रीले अफसाइड दिए । ८६ औं मिनेटमा योना इलियसले मनाङका लागि गोल गरे । खेलमा थप गोल हुन सकेन र मनाङ २-१ को जितका साथ अन्तिम चारमा पुग्यो ।
१३ मंसिर, काठमाडौं । साहासिक तथा मनोरञ्जनात्मक खेल पर्यटन व्यवसायले अबदेखि इजाजत लिएरमात्र सञ्चालन हुन पाउने भएका छन् । बिना इजाजत सञ्चालनमा रहेका यस्ता व्यवसायलाई सरकारले पहिलोपटक अनिवार्य इजाजत लिनुपर्ने व्यवस्था गरेको छ । पछिल्लो समय साहासिक खेलका गतिविधि बढ्दै जान थालेपछि त्यसलाई व्यवस्थित गर्न सरकारले इजाजत लिनुपर्ने व्यवस्था गरेको हो ।
पर्यटन ऐन-२०५३ मा अन्य शिर्षकमा राखिएका यस्ता व्यावसायलाई अनिवार्य इजाजतको व्यवस्था गरी सरकारले निर्देशिका जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन उद्योग महाशाखाले अन्य शिर्षकमा राखिएका क्षेत्रहरुको विस्तृत व्याख्या गर्दै उक्त निर्देशिका जारी गरेको हो । हाल नेपालमा सञ्चालित साहासिक तथा मनोरञ्जनात्मक व्यवसायले इजाजतपत्र लिएका छैनन् ।
यी हुन साहासिक पर्यटन व्यवसाय
नेपाल साहासिक पर्यटन व्यवसायका लागि विश्वकै उत्कृष्ट मुलुक मानिन्छ । यहाँ दर्जनौं प्रकारका साहासिक खेल पर्यटन व्यवसाय सञ्चालन गर्न सकिन्छ । हाल नेपालमा ‘बञ्जिम्प’, ‘क्यानोनिङ’, ‘स्काई डाइभिङ’, ‘जिप फ्लाइङ’, ‘प्याराग्लाइडिङ’, ‘बेलुनिङ’ ‘केबलकार’ फनपार्क लगायतका यस्ता व्यवसायहरु सञ्चालनमा रहेका छन् ।
यी मध्ये प्याराग्लाइडिङ व्यवसायले मात्र हवाई उड्डयन महाशाखामा दर्ता भई अनुमति प्राप्त गरेको छ । निर्देशिका अनुसार अन्य व्यवसायहरु अवैध ठहरिएका छन् । निर्देशिका जारी भइसकेको अवस्थामा अब सबै प्रकारका साहसिक तथा मनोरञ्जनात्मक पर्यटन व्यवसायले अनिवार्य रुपमा इजाजत लिनुपर्ने भएको छ । अन्यथा सरकारले नै यस्ता व्यवसायहरु बन्द गरिदिने बताएको छ ।
इजाजत तथा नविकरण दस्तुर
निर्देशिकामा साहासिक खेल तथा क्रियाकलापको आधारमा सरकारले छुट्टा-छुट्टै इजाजत र नवीकरण दस्तुर तोकेको छ । केबुलकार सञ्चालन गर्न इजाजतपत्रका लागि ५० हजार रुपैयाँ र नवीकरणका लागि २५ हजार रुपैयाँ तिर्नुपर्ने छ । त्यस्तै, एम्युजमेण्ट पार्क र फनपार्कका लागि इजाजत दस्तुर ५० हजार तथा नवीकरण दस्तुर २५ हजार रुपैयाँ तिनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । केवुलकारसहित एम्युजमेण्ट पार्क सञ्चालनका लागि इजाजत दस्तुर ७५ हजार र नवीकरण दस्तुर ३५ हजार रुपैयाँ तोकिएको छ ।
बञ्जी जम्प र जीप फ्लायर सञ्चालनका लागि इजाजत दस्तुर ४० हजार र नवीकरण दस्तुर २० हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, क्यानोनिङका लागि इजाजत दस्तुर ३० हजार र नवीकरण दस्तुर १५ हजार रुपैयाँ तोकिएको छ । अन्य साहासिक गतिविधिहरु सञ्चालन गर्न चाहेमा इजाजत दस्तुर ५० हजार र नवीकरण दस्तुर २५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
इजाजतपत्रका लागि के गर्नुपर्छ ?
निर्देशिकाअनुसार यस्तो व्यावसाय सञ्चालन गर्न चाहनेले इजाजतका लागि सम्भाव्यता अध्ययन प्रतिवेदनसहित खेलको विवरण, कम्पनी दर्ताको प्रमाणपत्र, उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि पर्यटन उद्योग महाशाखामा बुझाउनुपर्ने छ । साथै, प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय मूल्याङ्कनको स्वीकृत प्रतिवेदन, सुरक्षा, बीमा तथा अन्य प्रबन्धबारे पनि उल्लेख गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
इजाजतपत्रको अवधि ५ वर्षको हुने र त्यसपछि पुनः नवीकरण गर्नुपर्ने बताइएको छ । साथै, साहसिक तथा मनोरञ्जनात्मक खेल पर्यटन व्यवसायीले इजाजत प्राप्त गर्दा तोकिएका शर्त तथा मापदण्ड पूरा नगरे दर्ता खारेज हुनेसम्मको कडा व्यवस्था गरिएको छ । व्यवसायीले अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त कम्पनीबाट उत्पादित र सुरक्षाका सबै मापदण्ड पूरा गरेका खेल सामग्रीमात्र प्रयोग गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
बीमा र सुरक्षाको प्रयाप्त व्यवस्था गर्नुपर्ने
खेलमा भाग लिने हरेक व्यक्ति, कर्मचारी तथा कामदारको बीमा र सुरक्षाको प्रयाप्त व्यवस्था गर्नुपर्ने, खेलमा भाग लिने व्यक्ती र कामदारलाई चोटपटक लागेमा तत्काल उद्धार तथा उपचारको प्रबन्ध मिलाउनुपर्ने, नीजको मृत्यु भएमा कानुनबमोजिम क्षतिपूर्ति बीमाको व्यवस्था गर्नुपर्ने लगायतका प्रावधान निर्देशिका राखिएको छ ।
नेपाल समाचारपत्र,काठमाडौं
‘हामीले बच्चादेखि नै यो सपना देख्दै आएका थियौं। अहिले साकार गर्ने भूमिकामा छौं। यो अवसर हामी गुमाउन चाहदैनौं।’ टी–२० विश्वकप छनोट खेल्न यूएई जानुअगाडि नेपालका कप्तान पारस खड्काले यसो भनेका थिए। त्यो दिन आज हो। आज नेपाल र हङकङबीचको खेल जिते नेपाल अर्को वर्ष बंगलादेशमा हुने २० ओभरको विश्वकप खेल्नेछ।
नेपाली क्रिकेट प्रेमीहरू आज पौने १२ बजे यूएईको अवुधावीस्थित शेख जायद स्टेडियममा हुने प्रतियोगिता पर्खिरहेका छन्। झन्डै ५ हजार नेपालीको भीड प्रत्यक्ष रुपमा हेर्न त्यहाँ पुग्ने अनुमान गरिएको छ भने समाचारमा यसलाई प्रत्यक्ष पछ्याउनेको संख्या लाखौंको हुनेछ।
नेपालले कस्तो प्रदर्शन गर्ला आज ? अधिकांश क्रिकेटप्रेमीको प्रश्न र कौतुहलता यही हुनेछ। जवाफ खोज्नेहरू नेपाली जितको कामना गरिरहेका छन्। ‘जसले कम गल्ती गर्छ, उसैले जित्नेछ।’ नेपालका पूर्वकप्तान विनोद दासको भनाइ छ– ‘यो स्टेजमा हामीले गल्ती गर्नुहुन्न। बाँकी नेपाली टोली हङकङलाई जित्न योग्य टोली हो भन्नेमा कुनै शंका छैन।’ दासकै भनाइअनुसार दुवै टोली कमजोर छैन। सही समयमा कसले आफ्नो क्षमता देखाउँछ,त्यही टोलीले जित्ने हो।
टी–ट्वेन्टीको इतिहास हेर्दा नेपाल र हङकङ समान स्तरमा छन्। चार खेलमा दुवैले हारजित बराबर बाँडेका छन्। एक जित र हार त कीर्तिपुर क्रिकेट मैदानमै भएको हो। यद्यपि नेपालको हकमा हङकङविरुद्ध खेल्दा टोलीका खेलाडीहरूमा एक खाले आत्मविश्वास भने हुनेछ, जुन अफगानिस्तानसँग खेल्दा कहिलेकाहीं नेपाली टोलीमा देखिँदैन।
नेपालको शक्ति
कप्तान पारस खड्काको नेपाली टोली चालु विश्वकप यात्रामा सबल टोलीमध्ये एक हो। टोलीले कप्तान पारसमाथि धेरै विश्वास गर्छ। तर त्यतिमात्र होइन, यूएईमा फरक खेलमा फरक खेलाडीहरूले प्रस्तुति दिएका छन्। केन्याविरुद्धको १ सय ८२ रनको पहाड चढ्न अन्तिम ओभरमा शरद् भेषावकरले ३ छक्का ठोकेका छन्। खेल अगाडि बढ्दै गर्दा उपकप्तान ज्ञानेन्द्र मल्लको फर्म चढेको छ। विनोद भण्डारी ठीकठाक छन्। ओपनर सुभाष खकुरेललाई सागर पुनले साथ दिन थालेका छन्।
बलिङतर्फ वसन्तको फर्म जारी छ। तर कप्तान पारसले सबैभन्दा बढी १० विकेट लिएर बलिङ क्याम्पमा राम्रो साथ दिइरहेका छन्। वसन्तको भागमा ९ विकेट छ। उनी आज पनि हङकङलाई हराउने मुख्य खेलाडी बन्न सक्छन्। विनोद दास भन्छन्– ‘आजको खेलमा नेपाली स्पिनरको भूमिका पनि महत्त्वपूर्ण हुनेछ।’
पारस खड्का त छँदै छन्। पहिलो दुई खेलमा चम्केका उनको ब्याट पछिल्लो दुई खेलमा चल्न पाएको छैन। सायद त्यो आजको लागि हुन सक्छ।
हङकङको कुरा
हङकङका कप्तान जेम्स एटिक्सन उच्च फर्ममा देखिएका छन्। उनले ७ खेलमा २ सय ३६ रन जोडे। तर हङकङ क्याम्पका खतरनाक खेलाडीहरू भने मुनिर दार र इरफान अहमद नै हुन्। बायाँ हाते स्पिनर मुदिर डारले १४ विकेट लिएका छन् र उनी हार्ड हिटर पनि हुन्। इरफान अहमद सबैभन्दा खतरनाक खेलाडी हुन्। यी दुईलाई चाँडै पवेलियन फर्काइदिए नेपाललाई खेल नियन्त्रणमा लिन सजिलो हुने दासको विश्लेषण हो।
नेपाल भर्सेस हङकङ
१. १६औं एसियाली खेलकुद–२०१०, ग्याङजाउ (चीन)
नेपाल ३० रनले पराजित । टस जितेर हङकङले ७ विकेट गुमाई १ सय १५ रन बनायो । जवाफमा नेपाल ८ खेलाडी गुमाई ८५ रनमा सीमित भयो ।
२. एसीसी टी–२० २०११ काठमाडौं
नेपाल २ विकेटले विजयी । हङकङले पहिले ब्याटिङ गरी ९ खेलाडी गुमाउँदै १ सय १४ रन
बनायो । जवाफमा नेपालले ८ खेलाडी गुमाई १ सय १५ रन जोड्दै लक्ष्य पूरा गर्यो । पारसले ४४ रन जोडे ।
३. आइसीसी विश्व टी–२० छनोट–दुबई २०१२
नेपाल २८ रनले विजयी । पारस खड्कालको ६८ र ज्ञानेन्द्र मल्लको २६ रनमा नेपालले ६ खेलाडी गुमाई १ सय ३० रन बनायो । जवाफमा हङकङ १ सय २ रनमा रोकियो ।
४. एसीसी टी–२०, काठमाडौं २०१३
नेपाल ६ विकेटले पराजित । पहिले ब्याटिङ गर्दै नेपालले १ सय १५ रन जोड्दा हङकङले १६.३ ओभरमा ४ खेलाडी गुमाउँदै लक्ष्य पूरा गर्यो ।
यूएईमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले २० ओभरको विश्वकप छनोटको नजिक पुगिरहेको बेला नेपालमा भने ५० ओभरको विश्वकपको तयारी जोडतोडका साथ शुरु भएको छ। आगामी वर्षको जनवरीमा अर्थात् डेढ महिनापछि न्युजिल्यान्डमा हुने ५० ओभरको विश्वकप नेपाली क्रिकेटका लागि अर्को ठूलो अवसर र चुनौतीको रुपमा उभिएको छ। त्यसका लागि नेपाललाई ठूलोभन्दा ठूलो प्रतियोगिताको अभ्यास आवश्यक भएकाले नेपाल क्रिकेट संघको संयोजनमा यही मंसिर १७ गते काठमाडौंमा ५० ओभरको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘सगरमाथा सिमेन्ट जोर्नी टु वल्र्डकप क्रिकेट’ को आयोजना हुन लागेको हो।
जोरा इन्टरनेसनल प्रालिको आयोजनामा तथा सगरमाथा सिमेन्टको मुख्य प्रायोजनामा हुने प्रतियोगितामा नेपालको राष्ट्रिय टोलीले सिंगापुर, भारतको एयर इन्डिया र भारतकै दिल्ली वन्डरर्ससँग खेल्नेछ। भारतीय क्लबहरूमा भारतको चर्चित लिग आईपीएलका चर्चित खेलाडीहरू तथा रणजी ट्रफीका खेलाडीहरूको सहभागिता हुने भएका छन्।
नेपालका प्रशिक्षक पुबुदु दासानायकेले पनि नेपाली टोली अहिले २० ओभरको प्रतियोगितामा खेलिरहेको हुनाले सो प्रतियोगिताले टोलीलाई ५० ओभरको प्रतियोगिताको ढाँचामा लाने बताउनुभएको छ। उहाँले यूएईबाट सन्देश पठाउँदै भन्नुभएको छ– ‘हामी अहिले २० ओभरको विश्वकपमा पुग्ने तयारीमा केन्द्रित भएका छौं र नेपाल फर्किनासाथ खेलाडीहरूलाई ५० ओभरको खेलतिर ढाल्नु परेको छ। त्यसैले अन्तर्राष्ट्रिय टोलीसँग खेलेर अभ्यासको थालनी गर्दा खेलाडीहरूलाई निकै फाइदा पुग्नेछ।’
प्रशिक्षक दासानायकेले थप्नुभयो– ‘न्युजिल्यान्डको विश्वकप छनोट नेपाली क्रिकेटको परिवर्तको अर्काे ठूलो कोसेढुंगा सावित हुन सक्छ। यसका लागि आधारभूत अभ्यासमात्र होइन, ठूलो म्याच प्राक्टिसको केटाहरूलाई जरुरी छ।’ कीर्तिपुर क्रिकेट मैदानमा एक सातासम्म हुने सो प्रतियोगितालाई न्युजिल्यान्डको हावापानीसँग मेल खाने हुनाले फाइदा पुग्ने विश्वासमा छन् पूर्वकप्तान विनोद दास। प्रतियोगिताको टेक्निकल डाइरेक्टरसमेत रहनुभएका दासले भन्नुभयो– ‘न्युजिल्यान्ड र नेपालको मौसममा यति बेला खास अन्तर हुने छैन। यस्तोमा ठूला प्रतियोगिताले खेलाडीहरूलाई एउटा खाका दिनेछन्। अनि प्रशिक्षकले पनि खेलाडीहरूको कमजोरीको विश्लेषण गर्ने राम्रो अवसर भेट्ने मलाई विश्वास छ।’
नेपाली राष्ट्रिय क्रिकेट टोली हरेक ठूला प्रतियोगिता खेल्नुअगाडि अभ्यासका लागि विदेशमा जाने वा नेपालमै अभ्यास गर्ने गर्दथ्यो। यसपाली अभ्यासका लागि कममात्र समय भएकाले नेपाल क्रिकेट संघले न्युजिल्यान्ड उड्नु अगाडीसम्मको टोलीको तालिका बनाइसकेको छ। सगरमाथा सिमेन्ट जोर्नी टु वल्र्डकप त्यो अभियानको शुरुआत हो।
यूएईमा विश्वकप छनोट खेल्न जानुपूर्व नै प्रशिक्षक दासानायके र नेपाली कप्तान पारस खड्काले यो प्रतियोगिताको आयोजनाबाट खुसी व्यक्त गरेका थिए। कप्तान पारस खड्काले भिडियो सन्देशमा भनेका छन्– ‘प्रतियोगिताजस्तो राम्रो अभ्यास नेटमा हुँदैन। यो खेलमा हुने जितहार न्युजिल्यान्ड जानुपूर्व हाम्रो लागि शिक्षा लिने पहिलो खुड्किलो हुनेछ। घरेलु समर्थकअगाडि खेल्दाको जस्तो राम्रो अभ्यास र गम्भीरता अरु बेला हुनेछैन।
प्रतियोगिताको आयोजनाको जिम्मा लिएको जोरा इन्टरनेसनल प्रालिले पनि प्रतियोगितको तयारी जोडतोडका साथ हुन लागेको जनाएको छ। प्रतियोगिता प्रवद्र्धनका लागि मुख्य प्रायोजक सगरमाथा सिमेन्टले पनि योजनाहरू अगाडि सारिरहेको जनाएको छ। सगरमाथा सिमेन्टद्वारा मुख्य प्रायोजित यस प्रतियोगिता सगरमाथा सिमेन्ट जोर्नी टु वल्र्डकपले नेपाली टोलीलाई उत्साहका साथै हौसला प्रदान गर्नेछ। सगरमाथा सिमेन्ट घोराही सिमेन्ट इन्डष्ट्रि प्रालिको उत्कृष्ट उत्पादन हो।
फेरि नेपाली राष्ट्रिय टोलीको खेल दर्शकहरूले कीर्तिपुरमा प्रत्यक्ष नहेरेको धेरै समय भइसकेको छ। त्यसैेले २० ओभरको विश्वकपमा छनोट भएर फर्केको नेपाली टोलीलाई दर्शकहरूले कीर्तिपुरमा न्यानो स्वागत र समर्थन गर्ने विश्वास पनि गरिएको छ।
जोरा इन्टरनेसनल प्रालिको आयोजनामा तथा सगरमाथा सिमेन्टको मुख्य प्रायोजनामा हुने प्रतियोगितामा नेपालको राष्ट्रिय टोलीले सिंगापुर, भारतको एयर इन्डिया र भारतकै दिल्ली वन्डरर्ससँग खेल्नेछ। भारतीय क्लबहरूमा भारतको चर्चित लिग आईपीएलका चर्चित खेलाडीहरू तथा रणजी ट्रफीका खेलाडीहरूको सहभागिता हुने भएका छन्।
नेपालका प्रशिक्षक पुबुदु दासानायकेले पनि नेपाली टोली अहिले २० ओभरको प्रतियोगितामा खेलिरहेको हुनाले सो प्रतियोगिताले टोलीलाई ५० ओभरको प्रतियोगिताको ढाँचामा लाने बताउनुभएको छ। उहाँले यूएईबाट सन्देश पठाउँदै भन्नुभएको छ– ‘हामी अहिले २० ओभरको विश्वकपमा पुग्ने तयारीमा केन्द्रित भएका छौं र नेपाल फर्किनासाथ खेलाडीहरूलाई ५० ओभरको खेलतिर ढाल्नु परेको छ। त्यसैले अन्तर्राष्ट्रिय टोलीसँग खेलेर अभ्यासको थालनी गर्दा खेलाडीहरूलाई निकै फाइदा पुग्नेछ।’
प्रशिक्षक दासानायकेले थप्नुभयो– ‘न्युजिल्यान्डको विश्वकप छनोट नेपाली क्रिकेटको परिवर्तको अर्काे ठूलो कोसेढुंगा सावित हुन सक्छ। यसका लागि आधारभूत अभ्यासमात्र होइन, ठूलो म्याच प्राक्टिसको केटाहरूलाई जरुरी छ।’ कीर्तिपुर क्रिकेट मैदानमा एक सातासम्म हुने सो प्रतियोगितालाई न्युजिल्यान्डको हावापानीसँग मेल खाने हुनाले फाइदा पुग्ने विश्वासमा छन् पूर्वकप्तान विनोद दास। प्रतियोगिताको टेक्निकल डाइरेक्टरसमेत रहनुभएका दासले भन्नुभयो– ‘न्युजिल्यान्ड र नेपालको मौसममा यति बेला खास अन्तर हुने छैन। यस्तोमा ठूला प्रतियोगिताले खेलाडीहरूलाई एउटा खाका दिनेछन्। अनि प्रशिक्षकले पनि खेलाडीहरूको कमजोरीको विश्लेषण गर्ने राम्रो अवसर भेट्ने मलाई विश्वास छ।’
नेपाली राष्ट्रिय क्रिकेट टोली हरेक ठूला प्रतियोगिता खेल्नुअगाडि अभ्यासका लागि विदेशमा जाने वा नेपालमै अभ्यास गर्ने गर्दथ्यो। यसपाली अभ्यासका लागि कममात्र समय भएकाले नेपाल क्रिकेट संघले न्युजिल्यान्ड उड्नु अगाडीसम्मको टोलीको तालिका बनाइसकेको छ। सगरमाथा सिमेन्ट जोर्नी टु वल्र्डकप त्यो अभियानको शुरुआत हो।
यूएईमा विश्वकप छनोट खेल्न जानुपूर्व नै प्रशिक्षक दासानायके र नेपाली कप्तान पारस खड्काले यो प्रतियोगिताको आयोजनाबाट खुसी व्यक्त गरेका थिए। कप्तान पारस खड्काले भिडियो सन्देशमा भनेका छन्– ‘प्रतियोगिताजस्तो राम्रो अभ्यास नेटमा हुँदैन। यो खेलमा हुने जितहार न्युजिल्यान्ड जानुपूर्व हाम्रो लागि शिक्षा लिने पहिलो खुड्किलो हुनेछ। घरेलु समर्थकअगाडि खेल्दाको जस्तो राम्रो अभ्यास र गम्भीरता अरु बेला हुनेछैन।
प्रतियोगिताको आयोजनाको जिम्मा लिएको जोरा इन्टरनेसनल प्रालिले पनि प्रतियोगितको तयारी जोडतोडका साथ हुन लागेको जनाएको छ। प्रतियोगिता प्रवद्र्धनका लागि मुख्य प्रायोजक सगरमाथा सिमेन्टले पनि योजनाहरू अगाडि सारिरहेको जनाएको छ। सगरमाथा सिमेन्टद्वारा मुख्य प्रायोजित यस प्रतियोगिता सगरमाथा सिमेन्ट जोर्नी टु वल्र्डकपले नेपाली टोलीलाई उत्साहका साथै हौसला प्रदान गर्नेछ। सगरमाथा सिमेन्ट घोराही सिमेन्ट इन्डष्ट्रि प्रालिको उत्कृष्ट उत्पादन हो।
फेरि नेपाली राष्ट्रिय टोलीको खेल दर्शकहरूले कीर्तिपुरमा प्रत्यक्ष नहेरेको धेरै समय भइसकेको छ। त्यसैेले २० ओभरको विश्वकपमा छनोट भएर फर्केको नेपाली टोलीलाई दर्शकहरूले कीर्तिपुरमा न्यानो स्वागत र समर्थन गर्ने विश्वास पनि गरिएको छ।
नेपाल आगामी वर्ष बंगलादेशमा हुने ट्वान्टी-२० विश्वकप क्रिकेट नजिक पुगेको छ । अफगानिस्तानले केन्यालाई पराजित गर्नुका साथै डेनमार्कलाई पराजित गरेको स्कटल्याण्ड रन रेटमा परेपछि नेपाल समूहको तेस्रो स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको हो अब नेपालले समूह एको दोस्रो स्थानमा रहेको टोलीसँग खेल्नेछ, जसमा जित हात पारे २०१४ मा बंगलादेशमा हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछ । पराजित भएमा प्ले अफबाट विजेता भएर आउने टोलीसँग खेल्ने मौका पाउनेछ, त्यसमा जित हात पारे नेपाल ट्वान्टी-२० विश्वकपका लागि छनोट हुनेछ । आइतबार केन्यालाई ३४ रनले पराजित गरेको अफगानिस्तान समूह बीको विजेता बन्दै विश्वकपका लागि छनोट भयो । पहिले व्याटिङ गर्दै ९ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको अफगानिस्तानले केन्यालाई १० बल बाँकी छँदा १ सय १४ रनमा अल आउट गरेको थियो यसअघि स्टकल्याण्डले डेनमार्कलाई ७५ रनले पराजित गरेपनि रन रेटमा नेपालभन्दा पछि रहृयो ।
कार्डिफले युनाइटेडलाई बराबरीमा रोक्यो १० मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेड कार्डफसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा किमले अन्तिम मिनेटमा गरेको गोलको मदतमा कार्डिफले डिफेण्डिङ च्याम्पियन युनाइटेडसँग अंक खोसेको हो । kimकार्डिफको घरेलु मैदानमा भएको खेलमा म्यानचेष्टरले दुई पटक अग्रता लिएर पनि जोगाउन सकेन । म्यानचेष्टर युनाइटेडले १५ औं मिनेटमा वायन रुनीको गोलबाट अग्रता लिएको थियो । तर, ३३ औं मिनेटमा क्याम्पवेलले बराबरी गोल फर्काए । पहिलो हापको अन्तिममा इभ्राले गोल गरेपछि युनाइटेड फेरि अग्रता लिन सफल भयो । खेलको अन्तिमा किमले गोल गरेपछि कार्डिफ २–२ को बराबरी खेल्न सफल भयो । बराबरीपछि म्यानचेष्टर युनाइटेड १२ खेलबाट २१ अंकका साथ छैटौं स्थानमा छ । १५ औं स्थानमा रहेको कार्डिफको १३ अंक छ । लिग लिडर आर्सनल २८ अंक छ ।
नेपाल आगामी वर्ष बंगलादेशमा हुने ट्वान्टी-२० विश्वकप क्रिकेट नजिक पुगेको छ । अफगानिस्तानले केन्यालाई पराजित गर्नुका साथै डेनमार्कलाई पराजित गरेको स्कटल्याण्ड रन रेटमा परेपछि नेपाल समूहको तेस्रो स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको हो । Nepalअब नेपालले समूह एको दोस्रो स्थानमा रहेको टोलीसँग खेल्नेछ, जसमा जित हात पारे २०१४ मा बंगलादेशमा हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछ । पराजित भएमा प्ले अफबाट विजेता भएर आउने टोलीसँग खेल्ने मौका पाउनेछ, त्यसमा जित हात पारे नेपाल ट्वान्टी-२० विश्वकपका लागि छनोट हुनेछ । आइतबार केन्यालाई ३४ रनले पराजित गरेको अफगानिस्तान समूह बीको विजेता बन्दै विश्वकपका लागि छनोट भयो । पहिले व्याटिङ गर्दै ९ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको अफगानिस्तानले केन्यालाई १० बल बाँकी छँदा १ सय १४ रनमा अल आउट गरेको थियो । यसअघि स्टकल्याण्डले डेनमार्कलाई ७५ रनले पराजित गरेपनि रन रेटमा नेपालभन्दा पछि रहृयो ।

