साउदी अरबियामा बैदेशिक रोजगारी गरी बस्ने हुम सुनारी मगरको पहलमा दोलखाको चरिकोटका वहिरा बिद्यार्थीहरुको लागि ४९ हजार ६ सय ९७ रूपैयाँ सहयोग स्वरूप हस्तान्तरण गरिएको छ । सहयोग सुनारी मगरले साउदी, बेलायत, अमेरिका र युएईमा रोजगारी गरी बस्ने जम्मा २७ जना सहयोगी दाताहरुबाट आर्थिक संकलन गरी, ति वहिरा बिद्यार्थीहरुको लागि पठाइएको थियो ।
उक्त सहयोग बुधवार जिल्ला प्रशासन कार्यालय, दोलखाको सभाकक्षमा एक समारोहको आयोजना गरि दोलखा बहिरा संघका अध्यक्ष, निराजन उप्रेतीलाई हस्तान्तरण गरिएको थियो । राष्ट्रिय वहिरा महासंघका अध्यक्ष कल्पणा बज्रचार्य, दोलखाका प्रमुख जिल्ला अधिकारी (सी.डि.ओ.) प्रल्हाद पोखरेल, स्थानीय विकास अधिकारी (एल.डि.ओ) डुपराज पोखरेल, शिक्षा सचिव गोपाल नारायण श्रेष्ठ, डि.एस.पी सुरेश प्रसाद काफले, पत्रकारहरु, वहिराहरु, अपाङगा, वहिराका अभिभावकहरु उक्त सहयोग हस्तान्तरण कार्यक्रममा सहभागिता थियो ।
सहयोग जुटाई दिन आङ काजी शेर्पाले १५ दिन अगाडि सुनारीमगरलाई आह्वान गरेको थियो । सहयोगको निम्न विवरण पढेर सुनाए र सामान किनेर खर्च बाँकी रहेको रकम १०,३०० संघका अध्यक्ष निराजन उप्रेतीलाई हस्तान्तरण गरिएको थियो ।
नयाँ वर्ष २०१४ पछि मलेसियामा नेपाली कामदारको पारिश्रमिक बढ्ने क्रमसँगै न्यूनतम पारिश्रमिक नतोकिएको भिसा अस्वीकृत हुने भएको छ । कम पारिश्रमिक तोकिएको भिसा नै अस्वीकृत हुने भएपछि मासिक २७ हजार भन्दा कम तलबमा अब नेपाली कामदार मलेसिया छिर्न नपाउने भएका छन् ।

मलेसिया सरकारले घोषणा गरेको न्यूनतम् पारिश्रमिक उल्लेख नभएका भिसा जनवरी १ गतेदेखि नेपाल सरकारले अस्वीकृत गर्ने निर्णय गरेको हो । अबदेखि मलेसियामा रोजगारीका लागि जाने नेपाली कामदारको न्यूनतम् कमाइ ९ सय रिङगेट अर्थात् नेपाली २७ हजार रुपैयाँ व्यवहारमै कार्यान्यवय हुने सम्भावना बढेको छ । मलेसिया सरकारले यसअघि नै यस्तो पारिश्रमिक निर्धारण गरेको घोषणा गरे पनि पूर्णरुपमा कार्यान्वयन हुन सकिरहेको थिएन ।
‘न्यूनतम् पारिश्रमिक उल्लेख नभएको भिसालाई जनवरी १ देखि स्वीकृति रोकेका छौं’ वैदेशिक रोजगार विभागका प्रवक्ता दिवस आचार्यले अनलाइनखबरसँग भन्नुयभयो -’मलेसिया सरकारले २०१४ गतेदेखि न्यूनतम् पारिश्रमिक कडाइका साथ लागू गर्ने जनाएकाले हामीले न्यूनतम् पारिश्रमिक नतोकिएको भिसाको स्वीकृति रोकेका हौं ।’
मलेसिया सरकारले सन् २०१२ देखि लागू गर्ने गरी न्यूनतम् पारिश्रमिकको घोषणा गरे पनि हालसम्म कार्यान्वयनमा आउन सकेको थिएन । न्यूनतम् पारिश्रमिक मापदण्ड लागू नहुँदा नेपाली कामदारले मलेसियामा न्यूनतम् ६ सय ५० रिंगेट अर्थात् नेपाली १९ हजार रुपैयाँ मात्रै पाउँदै आएका छन् ।

आचार्यका अनुसार सरकारसँग भएको तथ्यांकअनुसार ५ लाख नेपाली कामदार मलेसियामा कार्यरत छन् । अघिल्लो वर्ष उनीहरुले ५८ करोड ९० लाख रुपैयाँ रेमिटान्स नेपाल पठाएका थिए । न्यूनतम् पारिश्रमिक कार्यान्वयनसँगै मलेसियाबाट नेपाल भित्रने रेमिटान्समा १५ देखि २० प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । मलेसियाबाट रेमिटान्स बढी भित्रिने मुलुकमध्ये नेपाल विश्वकै तेस्रोमा पर्छ । पहिलोमा इन्डोनेसिया र दोस्रोमा बंगलादेशले मलेसियाबाट बढी रेमिटान्स भित्र्याउँछन् ।
युएर्इमा साकेला उधौली पर्ब भव्यताका साथ मनाइएको छ । किराँत राई यायोक्खा युएइको अग्रसरतामा अबुधाबीस्थित केरेला सोसाइटी हलमा शुक्रवार एक भब्य कार्यक्रमका साथ साकेला उधौली पर्ब मनाइएको हो । खचाखच दर्शकले भरिएको उक्त कार्यक्रमलाई प्रमुख अतिथी नेपाली दूतावास अबुधाबीका महामहिम राजदूत धनन्जय झा र नेपाल आदिबासी जनजाती महासंघ युएईका अध्यक्ष डेर राज गुरुङले सुम्निमा र पारुहाङको नाममा (जसलाई किराँत दर्शनमा सृष्टीकर्ताको रुपमा मानिन्छ) दीप प्रज्वलन गर्दै र किराँत राई यायोख्खा युएईका अध्यक्ष श्री उमेश राईले ढोल बजाउंदै कार्यक्रमको उद्घाटन गरिएको थियो ।
किरांत राई यायोख्खा अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष श्री धनीन्द्र राईको स्वागत मन्तब्य पछी प्रमुख अतिथि महामहिम राजदूत झाले शुभकामना मन्तब्य दिदै नेपाली भुमीबाट टाढा रहेपनि आफ्नो मौलिक संस्कृती संरक्षण गर्नमा किराँत राईहरुले गर्नु भएको योगदान र उत्साह जनक उपस्थितिको प्रसंसा गर्दै अल एन जेलमा पाकिस्तानी नागरिकको हत्याको आरोपमा जेल जिबन भोगिरहेका अनिश खालिंग राईको लागि नेपाल सरकार र दुताबास वाट ब्लड मनि तिरी छुटाउने पहल भैरहेको र तेस्का लागि किरात राईहरुले पनि थप सहयोग गरी उहालाई नेपाल फर्काउन सकियोस भन्ने बिचार व्यक्त गर्नुभयो ।
किराँत राई यायोख्खा युएईका अध्यक्ष उमेश राईले केहि महिना अघि दुबईको अलकुजमा मृत्यु भएका मोरंगका सुरज राईको परिबारमा सहयोग गर्नका लागि उनका दुई बच्चाको नाममा बाल बचत खाता खोलि नेपाली रुपैया १ लाख ५१ हजार १ सय ११ जम्मा गर्ने निर्णय भएको जानकारी गराउनु भयो । साथै उक्त कार्यक्रममा लामो समय देखी किराँत राई यायोख्खा युएईलाई सहयोग गर्दै महत्वपुर्ण योगदान पुर्याउनु हुने श्री मुक्ति राई र श्री ईश्वर पुमा राई र नेपालवाट आउनु भएका अतिथि कलाकारद्वय समला राई र पार्बती राईलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
कार्यक्रमको दोश्रो चरणको साकेला साँस्कृतिक साँझ कार्यक्रम किरात राईहरुको साकेला कलाकार टोलीले प्रस्तुत गरेको साकेला सिली नाच सगै शुरुवात भएको थियो । कार्यक्रमको आकर्षकको रुपमा नेपालवाट आएका अतिथि कलाकारहरु नेपाली लोक तथा आधुनिक गीत गायिका समला राई र चर्चित नृत्यांगना पार्बती राईले दर्शकहरुलाई नचाएका थिए । गायिका समला राईले “ए माया सरर”, “भेट भयो इन्टरनेटैमा” र “समला” एल्बमवाट शिर्ष गीत गाएर दर्शकलाई मनोरंजन दिएकी थिइन् भने नृत्यांगना पार्बती राईले “हिजो राति”, “कहाँ होला” र “छलक छलक” बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरी मनोरंजन दिएकी थिइन् ।
कार्यक्रममा स्थानिय नेपाली कलकारहरु सुमन सिग्देल, खेम घिमिरे, नन्दु राई र मणिराम राई ले गीत तथा कलाकारहरु दीपक गुरुङ, बिकल्प राई, रेणु गुरुङ, भुवन थापा, सारा तामांग र कास्मिरा राई ले नृत्य प्रस्तुत गर्दा दर्शकहरु नाचिरहेका देखिन्थे भने अबुधाबीका चन्द्र राई (तोक्मे कान्छा) को हास्यब्यंग प्रहसनले सवै दर्शकहरुलाई हसाएको थियो । साथै युएईको नेपाली सांगितिक ब्याण्ड ‘भुमिपुत्र ब्याण्ड’ का कलाकारहरुले पनि कार्यक्रममा सांगीतिक प्रस्तुती दिएका थिए ।
किरात राई यायोक्खा अबुधाबी क्षेत्रीय समितिको आयोजना तथा किरात राई यायोख्खा सोनापुर क्षेत्रीय समिती र किरात राई यायोख्खा युएई केन्द्रीय समितीको सह-आयोजनामा भएको उक्त कार्यक्रम किराँत राई यायोख्खा युएईका अध्यक्ष उमेश राईको सभापतित्वमा सम्पन्न भएको थियो । पहिलो चरणको कार्यक्रमको सन्चालन किराँत राई यायोख्खा युएईका महासचिब मुम्चे राईले गरेका थिए भने दोश्रो चरणको साँस्कृतिक कार्यक्रमको सन्चालन तेज राई र राजमाया राईको रहेको थियो ।
क्वालालम्पुर । मलेसियाको निलाईमा रहेका नेपालीहरुले बुधवार नयाँ वर्ष २०१४ लाई सांगीतिक कार्यक्रमसहित मनाएका छन् । स्थानिय युवाहरुको आयोजनामा देवान निलाई तामान सिमारक, नेगरीसेमिलान मान्यु इयर धमाका २०१४ कार्यक्रम भएको थियो । नेपालवाट साउथ एशियन स्टार गायक आशुसेन लामा, छमछमि कार्यक्रमकी फण्ट रनर अफ तथा मोडल पुणिर्मा श्रेष्ठ,चर्चित लोक गायिका कृष्ण गुरुङले दर्शकहरुलाई मनोन्जन प्रदान गरेका थिए ।
त्यसका अलावा स्थानिय कलाकारहरुले समेत आफ्नो कला प्रस्तुत गरेका थिए । कार्यक्रमलाई जिरो माईल एसडिएनविएचडिले संयोजन गरेको थियो भने प्रभु मोवाईल र प्रभु मनि ट्रान्सफरले प्रायोजन गरेको थियो । कार्यक्रमलाई विजयहिल इम्पोट एक्पोट लगायतले स्पोसर गरेका थिए भने मिडिया पार्टनरमा श्रम साप्ताहिक रहेको थियो । कार्यक्रमको संचालन सुनिल चालिसे र रमेश मल्लले गरेका थिए ।
मलेसियाली सरकारले आगामी वर्ष सन् २०१४ जनवरी १ देखि सबै कामदारका लागि न्यूनतम पारिश्रमिकसम्बन्धी नीति पूर्ण रूपमा लागू गर्ने भएको छ । स्थानीय र आप्रवासीसमेत गरी सबै कामदारका लागि गत २०१२ मा ल्याइएको यो नीति पूर्ण रूपमा लागू भएपछि यहाँ कार्यरत करिब ५ लाख नेपाली कामदारले आगामी जनवरीदेखि क्षेत्रगत आधारमा बढेको पारिश्रमिक पाउनेछन् । यो नीतिअनुसार पूर्वी क्षेत्र (साबाह, सरावक र फेडेरल टेरेटोरी अफ् लिबुवान) मा कार्यरत कामदारले ८ सय रिंगिट (२४ हजार ४ सय) र त्यसबाहेकका क्षेत्र -पश्चिमी मलेसिया/प्रायद्वीप मलेसिया) मा कार्यरत कामदारले न्यूनतम मासिक ९ सय रिंगिट (२७ हजार ५ सय) पारिश्रमिक पाउनेछन् । बहुसंख्यक नेपाली पश्चिमी मलेसियामा कार्यरत छन् । पूर्वी मलेसियामा काम गर्ने नेपालीको संख्या निकै कम छ । सरकारले यो नीति घोषणा भएको झन्डै २ वर्षपछि सबै कामदार कार्यरत रोजगारदाता कम्पनीमा कडाइका साथ लागू गर्न लागेको हो । उसले नीति पूर्ण रूपमा लागू गर्न सबै रोजगारदाता कम्पनीहरूलाई यसअघि निर्देशन दिइसकेको छ ।
यसअघि ५ जनाभन्दा कम संख्यामा कामदार कार्यरत कम्पनीले अपि्रल १ सम्ममा र त्यसभन्दा बढी कामदार कार्यरत कम्पनीले डिसेम्बर अन्त्यसम्ममा छुट पाउन राष्ट्रि्रय पारिश्रमिक परामर्श परिषद् (नेसनल वेजेज कन्सल्टेसन काउन्सिल) मा आवेदन दिन पाउने प्रावधान थियो । स्रोतका अनुसार यसै वर्ष जनवरीदेखि पूर्ण रूपमा लागू गर्ने भनिएपछि विभिन्न रोजगारदाता कम्पनीहरूले ढिलोगरी लागू गर्न छुट दिन सरकारलाई पटकपटक आग्रह गरेपछि सरकारले नीतिमा संशोधन गरी ६ महिने परीक्षणकाल राखेको थियो । त्यस अवधिमा न्यूनतम पारिश्रमिक दरमा ३० प्रतिशतसम्म घटाई रोजगारदाताले कम्पनीलाई भुक्तानी गर्न सक्ने छुट दिइएको थियो । त्यसपछि विभिन्न ६ सय ३५ कम्पनीहरूले यही डिसेम्बरसम्म छुट पाएका थिए । जसका कारण यो नीति केही ठूला कम्पनीबाहेक अधिकांश कम्पनीहरूले हालसम्म पूर्ण रूपमा लागू गरेका छैनन् ।
मलेसियाली सरकारले गत २०१२ सेप्टेम्बर ६ मा उक्त आदेश कार्यान्वयनका लागि निर्देशिकासमेत जारी गरेको थियो । यद्यपि जुलाई २०१३ देखि साना कम्पनीलाई पनि लागू गर्ने भनिए पनि पछि सरकारले यही डिसेम्बरसम्म दिएको छुट अवधि सकिएकाले जनवरीदेखि कडाइका साथ लागू गर्ने सरकारी तयारी छ ।
'कामदारको गरिबीपन घटाउन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न यस नीतिले भूमिका खेल्नेछ,' मानव संसाधनमन्त्री दातो रिचार्ड रियोट जायमको भनाइ उद्धृत गर्दै समाचार एजेन्सी बर्नामाले लेखेको छ, 'आगामी वर्ष जनवरीदेखि यस नीतिको पूर्ण कार्यान्वयनले हाम्रो मुलुकको विकासमा मद्दत पुर्याउनेमा म विश्वस्त छु ।'
गत सन् २००९ को एक अध्ययनले मलेसियाको निजी क्षेत्रमा कार्यरतमध्ये ३३ दशमलव ८ प्रतिशत कामदारले मासिक ७ सय रिंगिटभन्दा कम कमाइ गर्ने गरेका छन् ।
त्यसैले न्यूनतम पारिश्रमिक नीति पूर्ण रूपमा लागू भएमा गरिबीदर घट्ने विश्वास मलेसियाको रहेको सरकारको यस नीतिबारेको एक वेभ पोर्टल (मिनिमम् वेजेज डट एमओएचआर डट जीओभी डट माई) मा उल्लेख गरिएको छ ।
अझै पनि धेरैजसो कम्पनीले विभिन्न शीर्षकमा कामदारको पारिश्रमिकबाटै रकम काट्ने गरेको भन्दै मलेसियाली टे्रड युनियन कंग्रेसले सरकार, रोजगारदाता र कामदार तीनै पक्ष सम्मिलित समितिहरू बनाई नीति पूर्ण लागू गर्न देशैभर रहेका ७२ म्यानपावर कार्यालयमा राख्नुपर्ने सुझाएको छ । त्यसो गरेमा सबै कम्पनीहरूमा लागू भए/नभएको अध्ययन गर्न सहज हुने युनियनको ठम्याइ छ ।
यो नीतिबाट लामो समयदेखि ५ सय ४६ रिंगिट न्यूनतम मासिक पारिश्रमिकमा काम गरिरहेका नेपालीसहित सबै आप्रवासी तथा स्थानीय कामदारसमेत लाभान्वित हुनेछन् । विश्व अन्तर्राष्ट्रिय आप्रवासन दिवस विश्वभर साताव्यापी मनाइँदै गर्दा यता मलेसियामा कम पारिश्रमिकमा काम गरिरहेका नेपाली अब जनवरीको पर्खाइमा छन् । अधिकांश सरकारी नीतिअनुसारको पारिश्रमिक र सेवा सुविधा पाइनेमा उनीहरू आशारत रहेका छन् ।

पुस ११ - दुई कम्पनीमा कार्यरत एक सय १२ जना कामदारका म्यानेजर (मुदिर) ले चार महिनासम्मको तलब नदिई फरार भएका छन् । मुदिर फरार भएपछि कामदारलाई खानाको समेत समस्या परेको छ । कतारको बीजडम टे्रडि्रङ एन्ड कन्स्ट्रक्टिङ र अलमिस टे्रडिङ एन्ड कन्स्ट्रक्टिङ कम्पनीका मुख्य व्यवस्थापकहरू कामदारलाई तलब नदिई फरार भएका हुन् । उनीहरूबाट ठगिएका कामदारले तलब र स्वदेश फिर्ताको लागि नेपाली दूतावाससमक्ष अपिल गर्न पुगेका छन् ।
बीजडम कम्पनीबाट ४० जना र अलमिसबाट ७२ जना कामदारले तलब नपाएका हुन् । यी दुवै कम्पनीका स्पोन्सर भने स्थानीय नागरिक हुन् । बीजडमले नेपाली कामदारलाई डिसेम्बर १२ तारिखसम्म काममा लगाएको
थियो । यो कम्पनीमार्फत राम्को र सी सिग्मा कम्पनीले ठेक्का पाएको निर्माणाधीन भवनमा काम गर्थे । 'हामीले डिसेम्बर १२ सम्म काम गरिरहेका थियौं ।
तलब पाउने आशामा बसिरहेका थियौं । भारतको केरालाका मुदिर चार महिनाको तलब नदिई भागेको थाहा भयो,' कतारको दोहास्थित नेपाली दूतावास आइपुगेका सल्यानका उपेन्द्र वलीले कान्तिपुरलाई भने, 'उसले केरालाका कामदारलाई पठाएर नेपाली र श्रींलकालीलाई मात्रै नपठाएको हो ।' उनीहरूले चार हजार रियालसम्म पाउन बाँकी छ । 'मेरो तीन महिना १२ दिनको तलब चार हजार रियाल छ,'
मोरङ मधुमल्लाका खड्ग बुढाथोकीले भने, 'हामीले यति धेरै मेहनत गरी काम गर्दाको ज्याला समेत नपाउने स्थिति भएकाले एकदमै चिन्तित छौं ।'
उनीहरूलाई दूतावासले स्थानीय श्रम विभागमा उजुरी हाल्न सिफारिस गरेको छ । पीडितले खानाको जोहो गर्न सकेका छैनन् । 'कोसँग माग्न जाने ?' चिन्तित अवस्थामा भेटिएका दोलखाका गन्जे थामीले भने । ती कामदार दिवान कन्सल्टेन्टस् (८४१) र सुप्रप सोलुसन म्यानपावर कम्पनीबाट त्यहाँ पुगेका हुन् । 'म्यानपावरलाई यताको अवस्थाको बारे जानकारी गराउँदा उल्टै मुदिर भाग्ने हुँदैन भन्ने जवाफ दिन्छ,' भर्खरै पुगेका सुरेन्द्र बुढाथोकीले भने । त्यस कम्पनीमा बिरामी परिरहेका दोलखाका लालसिंह थामीको उपचार समेत हुन सकिरहेको छैन ।
उता अलमिसका मुदिर भने चार महिनादेखि फरार छन् । 'मुदिर फरार भए पनि हाम्रो सम्पर्क भने कपिल (स्पोन्सर)सँग छ ।' पीडित पर्वतका मेघबहादुर दमाईले भने, 'स्पोन्सरले केही गर्दैन ।' उनीहरूको पनि चार महिनाको तलब बाँकी छ । पीडित कामदार कतारको सनैयामा बस्दै आएका छन् । उनीहरू घर फिर्न सकेका छैनन् । उनीहरूले पनि स्वदेश फिर्ताको लागि सहयोग गर्न नेपाली दूतावाससमक्ष अनुरोध गरेका छन् ।

प्रवासी नेपााली मन्च बेलायत अहिले तेस्रो अधिवेशनको तयारीमा जुटेको छ । जनवरी ५ तारिखमा लण्डनमा हुने अधिवेशनले आगामी तीन वर्षका लागि मञ्चको नयाँ कार्यसमिति चयन गर्नेछ । अधिवेशनमा सहभागी हुन एमाले नेता भीम रावल बेलायत आउँदैहुनुहुन्छ । मञ्चका नेता रामशरण सिंखडाले अध्यक्ष झलनाथ खनाललाई पनि ल्याउने तयारी भइरहेको बताएका छन् । सरकार निर्माण र संविधानसभा गठनको व्यस्तताले खनाल आउने सम्भावना भने कम छ । प्रवासी मञ्च प्रवासस्थित नेकपा एमालेको भातृ संगठन हो ।
गत फेब्रुअरीमै सम्पन्न हुनुपर्ने अधिवेशन पार्टीको आन्तरिक र संविधानसभा निर्वाचनका कारण स्थगित हुंदै आएको थियो । मन्चको २७ सदस्यीय नयाँ कार्यसमिति चयन हुने अधिवेशनबाट जनवरी १२ मा हुने युरोप क्षेत्रीय अधिवेशन र पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद्का लागि पनि एकएक सदस्य छनौट गरिनेछ ।
बेलायातमा सक्रिय विभिन्न दलआबद्ध संगठनहरुमध्ये पुरानो मञ्चको नेतृत्वका लागि अहिलेसम्म एनआरएन युकेका पूर्व महासचिव रामशरण सिंखडा र मञ्चका वर्तमान उपाध्यक्ष सुरेन्द्र थपलियाको नाम चर्चामा छ । एनआरएनको महासचिव भएर सिंखडाले खेलेको भूमिकाका कारण पनि मञ्चका कार्यकर्ताहरुले उनलाई नेतृत्वमा हेर्न चाहेका छन् ।
उपाध्यक्ष थपलिया पनि आफ्नो दाबीमा अडिग रहेकाले निर्वाचनबाटै नेतृत्वको टुंगो लगाउनुपर्ने अवस्था छ । मञ्चका अध्यक्ष दिनेश घिमिरेले सहमति हुन नसकेमात्रै निर्वाचनको विकल्प प्रयोग गरिने बताए ।
सन् ००४ मा गठन भएको मञ्चमा बेलायतमा बसोबास गर्ने करिब ५ सय सदस्य छन । धेरैले समयमै सदस्यता नविकरण नगरेका कारण यो अधिवेशनमा करिब २ सय सदस्यमात्रै सहभागी हुने अध्यक्ष घिमिरेले जानकारी दिए ।
बेलायतस्थित प्रवासी मञ्चको अधिवेशनलाई एमालेको केन्द्र र नेताहरुले पनि चासोका साथ नियालीरहेका छन् । प्रवासमा रहेर पार्टीको संगठन विस्तार र विकासमा मात्र नभइै मञ्चले पार्टीमा वैचारिक र रणनीतिक योगदानसमेत पुर्याउंदै आएको छ । त्यस्तै विभिन्न समयमा पार्टीमा देखिएका मतभेद हटाउन बेलायतस्थित मञ्चले सार्थक पहल गर्दै आएकाले पनि मञ्चलाई बल्खुले महत्वका साथ हेर्ने गरेको हो ।

नेपाल चलचित्र प्राविधिक संघले मलेसियामा आयोजना गर्न थालेको छैठौँ नेफटा एवार्डको तयारी अनुगमनको लागि उनी मलेसिया आईपुगेका रहेछन् । राते काईलाको साथमा नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी,उपाध्यक्ष प्रकाश महरा, सदस्य शंकर पाण्डे, चलचित्रका निर्माता तथा एवार्ड आयोजकको मलेसियाका जिम्मा लिएका सुवास गिरी, ब्यवसायी जयराम तिमिल्सेना समेत दूतावासमा पुगेर मलेसियाका लागि नेपाली राजदूत डा.निरन्जनमान सिंह वस्न्यातसंग भेट गरेका थिए ।
नेपाल सरकारले पोर्चुगलका लागि अवैतनिक महाबाणिज्यदुतमा नियुक्त गरेका मकर हमाललाई पोर्चुगल सरकारले पनि आधिकारीक रुपमा नियुक्त गरेको छ ।
२०६९ साल मंसिर १ गते विहीबार गरेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले पोर्चुगलका लागि हमाललाई नियुक्त गरेपनि आवश्यक छानविन गर्दै स्वीकृतिका लागि पोर्चुगल सरकारले ढिला गरेको थियो ।
लिस्वनमा आधिकारीक कन्सुलर नहुदा पोर्चुगलमा रहेका नेपालीहरुले आफ्ना कागजी प्रकृयामा धेरै झण्झट ब्यहोर्नु परेका कारण नेपाल सरकारले कन्सुलर नियुक्ति गरेको हो । नेपाल पोर्चुगल मैत्रि संघका अध्यक्ष समेत रहेका हमालले नेपाल र पोर्चुगल सम्वन्धि विभिन्न सामाजिक तथा सास्कृतिक कृयाकलापमा सक्रिय भूमिका रहेको छ । बिगतमा लिस्वनमा बस्ने नेपालीहरुले कागज प्रमाणिकरणका लागि पोर्तो पुग्नुपर्ने समस्या झेल्दै आएका थिए ।
नेपालीहरुका समस्यालाई मध्य नजर गर्दै सवैलाई पायक पर्ने ठाउँमा कार्यालय स्थापना गरेर यथाशिघ्र काम सञ्चालन गर्ने अवैतनिक महाबाणिज्यदुत हमालले जानकारी गराउनुभयो ।
अमेरिकाको डिसी महानगर क्षेत्रबाट नियमितरुपले प्रकाशन हुँदै आएको पाक्षिक नेपाली पत्रिका विश्व परिक्रमाको आयोजनामा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी नेपाल फर्कन लाग्नु भएका अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्माको बिदाई कार्यक्रम ‘धन्यबाद राजदूत’ को तूल तथा मंगल वाचनसहित टिका लगाई राजदूतलाई बिदाई गरिएको छ ।
छिट्टै नेपाल फर्कने तरखरमा रहनु भएका राजदूत शर्मा उक्त बिदाई समारोहमा आफ्नो मन्तव्य राख्दै राजदूत शर्माले आफ्नो कार्यकालमा सबैको अपार सहयोग र माया पाएको उल्लेख गर्दै नेपाल सरकारले दिएको उत्तर दायित्व बहन गर्दै आफुले केही काम गर्ने सफल भएकोमा हर्ष ब्यक्त गर्नु भयो । मन्तब्य कै क्रममा आफ्नो प्रयास रहदा रहदै पनि अमेरिकी विदेशमन्त्रीको नेपाल भ्रमण तय भइ लगभग अन्तिम अवस्थामा भै सकेको भएता पनि नेपालको संबिधान सभा तुहिएको कारण पूरा हुन नसकेको खुलाशा गर्नु भयो ।
बिश्व परिक्रमाका प्रधान सम्पादक गोबिन्द गिरि प्रेरणाले राजदूत शर्मा अमेरिका आउँदा पनि पत्रकारहरुको तर्फबाट सर्व प्रथम स्वागत गर्न पाईएको थियो भन्दै बिदाई पनि पत्रकारहरुको तर्फबाट गर्न पाईएको संयोग परेकोमा हर्ष व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता गरेका गिरीले अमेरिकी नेपाली समुदायका आँखाको नानी वन्नु भएका राजदूत शर्मालाई कुनै भौतिक उपहार भन्दा हृदयको मायाँ उपहार दिन ‘धन्यबाद राजदूत ‘कार्यक्रमको आयोजना गरेको चर्चा गरे । उनले राजदूत शर्माको कार्यकालमा भएका उपलब्धिको बारेमा चर्चा गरेका थिए ।
साहित्यकार तथा कवि वसन्त श्रेष्ठले राजदूतको सम्मानमा कविता प्रस्तुत गरेका थिए भने पण्डित राजेन्द्र खनालले मँगल वाचन सहित विदाईको टीका लगाई दिएका थिए । अमेरिका भरका सम्पूर्ण संघ तथा संस्थाको तर्फबाट यही पौष २१ गते राजूद्तलाई अन्तिम भब्य बिदाई गरिने भएको छ ।
अमेरिकाको राष्ट्रिय स्तरको नेपालीहरुको सबै भन्दा पुरानो गैर मुनाफा संस्था दी एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए)ले गत जुन महिनामा सुदुर पश्चिम नेपालको दार्चुलामा आएको अविरल बर्षाको कारण भएको मानबिय क्षति तथा बाढी पीडित परिवारलाई आर्थिक सहयोग गर्ने उदेश्यले एक आकस्मिक बाढी पीडित आर्थिक राहत कोष खडा गरेको थियो ।
उक्त बाढी पीडित राहत कोषमा अहिले सम्म पांच हजार ५४ डलर संकलन भएको जानकारी ए एन ए का अन्तरिम अध्यक्ष छेवांग शेर्पामा लामाले जानकारी गराएका छन् । सो राहत कोषको लागि अझ एक हजार चार सय डलर बिभिन्न व्यक्तिहरुसंग उठाउनु पर्ने बाँकी रहेकोले यसको लागि संस्थाले अनुगमन गर्नु पर्ने बताए ।
नेपालमा सम्बन्धित उचित स्थान र सम्बन्धित व्यक्तिले उक्त रकम पाउन भन्ने हेतुले उक्त रकम यहि राखिएको बताउँदै यही जनवरी २०१४ मा ३१ औँ ए एन ए न्यु योर्क सम्मेलन प्रमुख समिर महर्जन नेपाल जाने भएकोले उक्त रकम वहाँलाई हस्तान्तरण गरिने बताईएको छ । दार्चुला बाढी ग्रस्त ईलाका पुगी अनुसन्धान ,सोध , खोज गरी ए एन ए नेपाल परियोजनाका प्रमुख संयोजक सुदिप श्रेष्ठ (बिद्या वारिधि ) नेपाल सुनसरीमा नै रहेकोले समिर महर्जन तथा कर्ण शाक्यको मातहतमा उक्त रकम हस्तान्तरण गरिने भएको छ ।
रोजगारीको शिलशिलामा साउदी अरब पुगेका एक नेपालीको मृत्यु भएको छ । १७ वर्ष देखि साउदीको रियादस्थित जोर्डन एल्टीडी कम्पनीमा फोरमेनका रुपमा काम गर्दै संखुवासभा तामाफोक ५ का ३८ वर्षीय कमलवहादुर जिमीको शुक्रवार मृत्यु भएको हो ।
मृतकका माइला भाई विदुर जिमीका अनुसार रियादस्थित अस्पतालमा उपचारका क्रमा कमलको मृत्यु भएको हो । मृतक कमलको शव १० दिनपछि नेपाल आइपुग्ने जोर्डर्न कम्पनीले जनाएको मृतका भाई विदुरले बताए । १७ वर्ष सम्म एकै कम्पनीमा काम गरेका कमल जिमीको राहत र क्षतीपूर्तिको लागि नेपाल सरकारले सक्दो पहल गरि दिन सम्वन्धित पक्षलाई उनले आग्रह गरेका छन् ।
ड्युटीका क्रममा एक्कासी व्लड प्रेसर हाई भई विरामी भएका कमलको रियादस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सोही कम्पनीमा कार्यरत तामाफोक-६ का लाखवहादुर जिमीले जानकारी दिएको भाई विदुरले बताए । मृतक कमलमी श्रीमती, एक छोरा र तीन छोरी छन् ।
मलेसियामा एक नेपालीको १८ तले भवनबाट खसेर मृत्यु भएको छ । दामनसरा पेलांगीमा रहेको एक भवनवाट खसेर एक सुरक्षागार्ड कम्पनीमा कार्यरत पाँचथरका महेन्द्र दाहालको मंगलबार राति करिब साढे २ बजेतिर भवनबाट खसेर मृत्यु भएको हो ।
भवनको छतमा रहेको पानी ट्यांकी हेर्न जाने क्रममा उनी लडेको र घटनास्थलमै मृत्यु भएको त्यहां कार्यरत एक नेपालीले जानकारी दिएका छन् । उनी गैरकानुनी हैसियतमा कार्यरत रहेको वुझिएको छ । दाहाल वैदेशिक रोजगारीका क्रममा करिब ६ बर्षअघि मलेसिया आएका थिए । २९ बर्षीय दाहालको शवलाई स्थानीय अस्पतालमा राखीएको छ । शवलाई नेपाल पठाउने तयारी भैरहेको वुझिएको छ ।
विश्वमा बढ्दै गएको आप्रवाशनसँगै नेपालबाट विदेश जानेहरुको संख्या करिब साढे ३० लाखको हाराहारीमा पुगेको छ ।
डिसेम्बर १८ मा विश्वभर मनाइने अन्तरराष्ट्रिय आप्रवाशी दिवसका अवसरमा सार्वजनिक गरिएको एक आधिकारिक तथ्यांकमा श्रम स्वीकृति लिएर विश्वका विभिन्न देशमा वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या ३० लाख २१ हजार ३ सय २ पुगेको छ । यो तथ्यांकमा अध्ययन, पर्यटन, पारिवारिक सम्बन्ध, व्यापार तथा सरकारी अभिलेख बाहिर रहेका नेपाली समावेश छैनन् ।
तथ्यांक अनुसार हाल विश्वमा २१ करोड ४० लाख मानिसहरु आप्रवाशनमा रहेका छन् । यसको २५ प्रतिशत हिस्सा एशिया प्रशान्त क्षेत्रले ओगटेको छ । नेपालीहरु आप्रवाशनमा जान थालेको करिब दुई सय वर्ष पुगेको छ । वैदेशिक रोजगारीमा जानेहरुका लागि कानूनी वातावरण भने नेपालमा विसं.०४२ सालदेखि बनेको हो ।
संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार तथा तिनका परिवारहरुको अधिकार संरक्षण सम्बन्धी अन्तरराष्ट्रिय महासन्धी पारित गरेपछि सन् १९९० डिसेम्बर १८ देखि विश्वभर अन्तरराष्ट्रिय ‘आप्रवाशी’ दिवस मनाउने गरिएको हो । यस अवसरमा नेपालमा पनि ‘सीप सूचना र अभिमूखीकरणः सुरक्षित र मर्यादित आप्रवाशन’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । राष्ट्रिय मानवअधिकार आयोगले समेत यो दिवस बनाउने गरेको छ ।
आप्रवाशी दिवसका अवसरमा श्रम तथा राजगार मन्त्री हरिप्रसाद न्यौपानेले नेृपाल बाहिर रहेका नेपाली जनसमुदायमा सुरक्षित आप्रवाशनका लागि अनुरोध गर्नुभएको छ । मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सीपयुक्त जनशक्तिलाई आप्रवाशनको समयचक्र र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सुसूचित गराई वैदेशिक रोजगारीमा पठाउन सकियो भने यसबाट दीर्घकालीन लाभ लिन सकिने बताउनुभएको छ ।
३ पुस, बाँके । ‘मैले यहाँ धेरै दुःख पाएको छु । अब म मर्छु होला । मेरो शव नेपाल आइपुग्छ कि पुग्दैन् थाहा छैन् । यदी आइपुग्यो भने मैले हातमा नाम लेखेको छु । त्यही हेरेर शव बुझ्नु होला’ खाडी मुलुकमा रहेकी सुर्खेतकी एक महिलाले फोनमा श्रीमानलाई भनिन् ।
साउदी अरबमा रहेकी श्रीमतीले त्यसरी फोन गरेपछि दुई सन्तानका बाबु रामबहादुर (नाम परिवर्तन) तनावमा परेका छन् । उनले जसरी पनि छिटोभन्दा छिटो श्रीमतीको उद्धार गरिदिनुपर्यो भन्दै संघसंस्था धाइरहेका छन् ,
आफन्तमार्फत नै २०५९ माघमा ती महिला साउदी पुगेकी थिइन् । मालिकसँग रोईकराई गरेर लामो समयपछि फोनसम्म गर्न पाएकी ती महिलाले बाँच्ने आशा नै मारेकी छन् । श्रीमान रामबहादुर श्रीमतीसँग भएको दर्दनाक फोन संवाद सुनाउँदै उद्धारको पखाईमा छन् ।
सुर्खेतकै माया (नाम परिवर्तन) कुवेत गएको चार वर्ष भयो, तर उनी अझै सम्पर्कमा आएकी छैनन् । चिनजानको मान्छेमार्फत २०६६ मा कुवेत पठाइएकी मायाको अत्तोपत्तो छैन । परिवारलाई मरे-बाँचेको खबर नै छैन् ।
यी दुई फरक घटनाका पीडित परिवारले खोजतलास तथा उद्धारका लागि विभिन्न निकायमा निवेदन दिएका छन् । चिनेजानेका आफन्त या दलालमार्फत भारत तथा खाडी मुलुक जाने अधिकांश महिलाको स्थिति यी दुईको भन्दा फरक नरहेको भुक्तभोगीहरुको भनाई रहेको नेपाल समाचारपत्रमा खबर छ । प्रसंगवश विश्वले आप्रपासनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइरहेका बेला यस्ता दर्दनाक घटना भएका हुन् ।
नेपाली काँग्रेसको भातृ संगठन जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष खगेन्द्र सिटौला(सन्तोस)ले संगठनको २६ लाख रूपैयाँ अनियमितता गरेको खुलासा भएको छ । जनसम्पर्क समिति अष्ट्रेलियालको दोश्रो अधिवेशनवाट निर्वाचित अध्यक्ष सिटौलाले संघठनको आर्दश, सिद्धान्त एवं मुल्य र मान्यता अनुरुप संस्थालाई अगाडी बढाउन नसकेको र संस्थाको खातामा रहेको सदस्यता बितरणको रकम मध्ये २६ लाख भन्दा बढी रकम कार्य समितिको जानकारी बिना कोषाध्यक्षको कृते हस्ताक्षर गरी अनियमितता गरेको जनसम्पर्क समिति अष्ट्रेलियाका कार्यवहाक अध्यक्ष सुरेश गुरुङले एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।
गुरूङले तेस्रो अधिवेसनको लागि निर्वाचन कमिटीले कार्य गरी रहेका बर्तमान परिस्थितिमा सदस्यता नबिकरण र नयाँ सदस्यताका लागि परेको अवेदनमा काम कार्वाहि नसकिँदै सदस्यता शुल्कबाट उठेको रकम बिना कुनै निर्णय अध्यक्ष जस्तो नेतृत्व तहको महत्वपूर्ण पदमा बसि दुरुपयोग गरेकोमा जनसम्पर्क समिति अष्ट्रेलियालको गम्भिर ध्यानाकर्षण भएको वताएका छन् ।
अनियमितता गरेको पत्ता लाग्न वित्तिकै १५ डिसेम्बर २०१३ मा बसेको कार्य समितिको बैठकले सिटौलालार्इ अध्यक्ष पदवाट निलम्बन गरेको थियो ।यस्तै कार्य समितिको बैठकले संस्थाको हिसाव कितावको छानविन तथा जनसम्पर्क समितिका काम कारवाहीहरुलाई नियमित अगाडि बढाउन उपाध्यक्ष सुरेस गुरुङलाई कार्यवाहक अध्यक्ष तोकेको जनसम्पर्क समिति अष्ट्रेलियाले जनाएको छ ।
अष्ट्रेलियाको कानुन अनुसार तत्कालिन अध्यक्ष खगेन्द्र सिटौला संस्थाको आर्थिक हिनामीनामा मुछिएको देखिएकाले संस्थाप्रति पत्रचार, सम्पर्क र थप जानकारीका लागि कार्यवाहक अध्यक्ष सुरेस गुरुङ मार्फत गर्नुहुन बैठकले हार्दिक अनुरोध गरेको छ । साथै संस्थाका कोषाध्यक्ष अर्जुन केसीले अध्यक्षवाट आफ्नो पनि कृते हस्ताक्षर गरी संस्थाको आर्थिक हिनामिना गरेको थाहा पाएपछि छानविन ताथ अनुसन्धानका लागि सजिलो होस् भनि कार्यसमितिमा राजिनामा समेत पेश गर्नु भएको छ ।
दूतावासका दुई कर्मचारीसहित तीन नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेपछि कुवेतस्थित नेपाली दूतावासले मानहानी भएको भन्द्यै त्यहाँको सरकारलाई विरोधपत्र बुझाएको छ ।
प्रहरीले स्थानीय समयअनुसार शनिबार साँझ ७ बजे नेपाली दूतावासमा स्थानीय कर्मचारीको रुपमा कार्यरत राजु क्षेत्री तथा स्वराज अहमद र क्षेत्रीकी पत्नीलाई पक्राउ गरेको थियो । दूतावसको पहलमा दुबै कर्मचारी रिहा भइसकेका छन् भने क्षेत्रीकी पत्नी प्रहरीको नियन्त्रण मै छिन् । कर्मचारी पक्राउ परेको तेस्रो दिनसम्म घटना गुपचुप नै राखिएको थियो ।
प्रहरीले बिनाजानकारी कर्मचारी पक्राउ गरेपछि दूतावासले सोमबार कुबेतको विदेश मन्त्रालयलाई विरोधपत्र बुझाएको हो । ‘हाम्रो मानहानी भयो भनेर कुवेतको विदेश मन्त्रालयलाई पोस्टेट लेटर -विरोधपत्र० बुझाएका छौं,’ कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले टेलिफोनमा भने,’कुवेतको सविदेश मन्त्रालयले नहुनुपर्ने भयो भनेर मौखिक रुपमा क्षमयाचना गरेको छ । यसलाई सकेसम्म छिटो कुटनीतिक तहबाट समाधान गर्न हामीले भनेका छौं ।’ राजदूत पौडेलले कर्मचारीकी पत्नीको मुद्दा मामिला भएकाले रिहा गर्न नसकिएको जानकारी दिएको खबर नागरिक दैनिकले छापेको छ । उनलाई मंगलबार रिहा गर्ने सम्भावना भएको पौडेलको भनाई छ ।
मलेसियामा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस भव्यताका साथ मनाइएको छ । दिवसको अवसरमा मलेसियामा रहेको मानव अधिकारवादी संस्था तानागानितामा भब्य कार्यक्रमका साथ आप्रवासी दिवस मनाइएको छ ।क्वालालम्पुरमा रहेको होटल पुत्रामा भएको कार्यक्रममा तानागानिता संस्थाका प्रमुख डा. आईरिन फर्नाडेजले श्रमिकहरुलाई परेको समस्याको वारेमा आफै वोल्नुपर्ने वताउनु भयो ।
उहाँले भन्नुभयो,’आफू पीडित वनेको कुरा आफै वोल्नु पर्छ । हामी अधिकारकर्मीहरु तपाईहरुको साथमा छौँ । कार्यक्रममा नेपाल, बंगलादेश, इण्डोनेसिया, भियतनाम, लगायतका मुलुका श्रमिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न देशका श्रमिकहरुले आ-आफूलाई परेका समस्याहरुको वारेमा प्रकाश पारेका थिए । कार्यक्रममा विभिन्न देशका श्रमिकहरुले मलेसियामा भागेका पीडा र यातनाहरुलाई डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपालीहरुले स्वदेशी गित र नाचँहरु प्रस्तुत गरेका थिए ।
प्रबासी भुजेल समाज सेवा समिति युएईको अध्यक्षमा यम बहादुर घर्ती चयन भएका छन् । शुक्रवार भएको प्रथम अधिबेसनले घर्तीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
आदिवासी जनजाति महासंघ यु.ए.ई.का अध्यक्ष डि.आर. तमुको प्रमुख आथित्यमा यु.ए.ई.को बरदुबैमा सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा महेश भुजेल, द्वितीय उपाध्यक्षमा कृष्ण बीबी भुजेल, महासचिबमा कमल खवास, सचिबमा मिनबहादुर भुजेल र कोषाध्यक्षमा बिष्णु थापा घर्ती चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा प्रेम घर्ती, दीपक भुजेल, तुलशी घर्ती, युद्ध भुजेल, पूर्ण भुजेल, गंगाबहादुर खवास, विरू भुजेल र दलबहादुर जी.टी. रहेका छन् । बाँकी एक सदस्य भने पछि मनोनित गरिने छ । समाजका ध्यक्ष सुर्य खवासको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा यम घर्तीले आफ्नो मन्तव्य राखेका थिए । स्वागत मन्तव्य बिरु भुजेलले व्यक्त गरे भने कार्यक्रम मिन बहादुर भुजेलले संचालन गरेका थिए ।
साउदीका घरबाट मुश्किलले भागेर नेपाली दूतावास रियादको सेल्टरमा आइपुगेका दुर्इ पीडित नेपाली महिलाहरू स्वदेश फर्किदै छन् । उनीहरू एनआरएनए साउदीको सहयोगमा आइतवार राति एअर अरेबियाको फ्लाइट स्वदेश फर्किन लागेका हुन् । श्रीमान् दुर्व्यसनमा लागेपछि बिदेशिएकी खोटाङ जिल्लाको छोरम्बुकी कला रार्इ १३ महिना अगाडि साउदी आएकी हुन् ।
आफ्नो कुरा मालिकले नसुने पछि दुबइमा रहेका एक जना चिनेको दाईलाई दु:ख सुनाउँदा ”साउदीमा धरम के.सी.लाई खोज्नु” भने पछि उनले एसएलसी सम्मको अध्ययन पुरा गरिकी हुँदा सामाजिक सन्जाल फेसबुक मार्फत एनआरएनए साउदीका निबर्तमान अध्यक्ष धरम के.सी. लाई सम्पर्क गरी आफ्नो समस्या राखेपछि उहांको समन्वयनमा रियादमा रहेका एन सि सि अपाध्यक्ष डोरबहादुर कार्की र एन सिसी महासचिब जैबी राइको बिशेष पहलमा उक्त साउदीको घरबाट नेपाली दूताबासमा ल्याइएको राइले वताइन् ।
उनलाई ३ महिना अघि उद्दार गरी जवाजात हाउसमेड डिपार्टमेन्टमा २ महिना र बांकी समय नेपाली दूताबासको सेल्टरमा राखे पछि स्वदेस फर्किने बातावरण मिलेको हो ।
यसैगरी उनीसंगै बाके जिल्ला मणिकापुर ३ निबासी ३६ बर्षिया पञ्चमी पन्डित पनि स्वदेश फर्किदै छिन् । उनी पनि भारतको बम्बइ हुँदै साउदी आएकी हुन । साउदी आएको लामो समयसम्म साउदीको घरमा काम गरे पछि साउदीले नै दोस्रो घरमा बेचेको बताइन् ।
अत्यन्तै कामको चाप, खाना भने जती नदिने, बीमारी हुँदा उपाचार गर्न नलाने, तलब नदिने जस्ता समस्यामा परे पछी जे सुकै होस भागेर जान्छु, जहाँ पुग्छु पुग्छु, भनेर हिंडेको र एक पाकिस्तानी ट्याक्सी ड्राइभरले नेपाली दूताबाससम्म ल्याइदिएको बताइन् । यी दुई पीडित महिलाहरू हवाई टिकटका लागि एनआरएनए साउदीको महिला उद्धार कोषबाट जम्मा १३ सय ४० साउदी रियाल खर्च गरिएको छ । यस्तै उक्त कोषबाट उद्धार गरिने पीडित महिलाहरूको संख्या अब ३६ पुगेको छ ।