मोबाइल र स्मार्टफोनको जमानामा बटम थिच्नासाथ हरेक सुविधा उपलब्ध हुन्छ । प्रबिधिको बिकाश यतिसम्म भइसक्यो कि, गर्भवती हुनका लागि महिलाले मोबाइल एपको मद्दत लिन सक्छन् ।

छिटो भन्दा छिटो गर्भधारण गर्न इच्छुक महिलाहरु अधिकाशं समय चिन्तित हुन्छन् । उनीहरु सहजै रुपमा यसबारे धेरै जानकारी पाइयोस् भन्ने चाहन्छन् । यस्तैमा एक मोबाइल एपले महिलाको गर्भाधानको तरिका मात्र बताउँदैन, गर्भावस्थाका क्रममा शरीरलाई राम्ररी बुझ्ने अबसरसमेत दिन्छ । यो एप्लिकेशनलाई ‘ग्लो फर्टिलिटी एप’ नाम दिइएको छ । केही प्रयोगकर्ताले त यसको प्रयोगले सतप्रतिशत गर्भधारण गर्न सकिने दावी गरेका छन् ।
यो एप्लिकेशन प्रयोगकर्ता महिलाहरुको सेक्स लाइफ, महिनावारी चक्र, शारीरिक समस्या, शरीर एवं स्वास्थ्यमन्त्री अन्य मापदण्डबारे पूरा रेकर्ड राख्छ र त्यही आधारमा महिलालाई बताउँछ कि गर्भधारण गर्नका लागि सबैभन्दा उचित समय कुन हो ।
एप्लिकेशन प्रयोगकर्ता महिलाले आफ्नो सेक्स लाइफबारे पूर्ण जानकारी एप्लिकेशनमा अपडेट गर्नुपर्छ । जस्ता कि, आजकल सेक्ससम्बन्ध भइरहेको छ कि छैन ? यौन सम्वन्धबाट पूर्ण सन्तुष्ट छ कि छैन ? चरमसुखलाई लिएर कस्तो अनभूति रहृयो । महिलाहरुले आफ्नो महिनावारीका साथै शारीरिक मापदण्ड जस्तो कि शरीरको तापक्रमबारे पनि जानकारी एपमा फिड गर्छन् । यस्तै एक एप ‘ग्लो’ को माध्यमबाट बैज्ञानिक गणनाका आधारमा गर्भवती हुने सही समय बताउँछ ।
आइफोनमा अधारित यो एप महिलाहरुले दिएको जानकारीका आधारमा फर्टिलिटी लेवल वा कुन समयमा महिला गर्भाधारणका लागि तयार छ भनेर बताउँछ । यति मात्र हैन, अन्य महिलाहरुले राखेको डाटाका आधारमा पनि यसले सल्लाह दिन्छ ताकि प्रयोगकर्तालाई सही सल्लाह दिन सकियोस् ।

खोज्ने कामको सिनोनिम भएको छ गुगल । गुगल नामबाट क्रिया (गुगल गर्नु) मा बदलिएको पनि धेरै भइसकेको छ । माइक्रोसफ्टको बिङ, याहु, एओएल, आस्क, एओएलजस्ता सर्च इन्जिनलाई छाडेर इन्टरनेटमा सामग्री खोज्नेहरूमध्ये ६७ प्रतिशतले यसको प्रयोग गर्छन् ।
सर्च इन्जिनबाट सुरु भएको गुगलको यात्रामा ५० भन्दा बढी उत्पादन जोडिन आएका छन् । यसको इमेल सेवा जिमेलका प्रयोगकर्ता बढेर ६७ प्रतिशत पुगेका छन् । स्मार्टफोनको अपरेटिङ सिस्टम एन्ड्रोइड एन्ड्रोइडले लोकप्रियताको शिखर चुम्दैछ । विश्व बजारमा यसको बजार हिस्सा ८१ प्रतिशत छ । नेपालमा भने स्मार्टफोन चलाउने ९५ प्रतिशतभन्दा बढी एन्ड्रोइड प्लेटर्फम प्रयोगकर्ता छन् ।
फेसबुकलाई पछ्याउँदै आएको नेटवर्किङ साइट गुगलप्लस, लोकपि्रय ब्लगिङ सेवा ब्लगर, गुगल म्याप्स, अर्थ, हेल्थ, न्युज, आई, इमेजेज, युट्युब, पिकासा, आरकुट, बुक सर्च, डेस्कटप सर्च, फाइनेस, पेटेंट, मोबाइल, इन्टरनेट ब्राउजर क्रोम सबै उसका उत्पादनले प्रयोगकर्तालाई आकषिर्त गरेका छन् । गुगलको उत्पादनसँग जोडिन आएको छ क्रोमबुक ।
यस डिभाइसका लागि गुगलले छुट्टै अपरेटिङ सिस्टम (ओएस) क्रोम विकास गरेको छ । क्रोम ओएसले चल्ने भएकाले यस डिभाइसलाई क्रोमबुक नाम दिइएको हुनुपर्छ । हुन त यसअघि गुगलको इन्टरनेट ब्राउजर क्रोम आम प्रयोगकर्तामाझ लोकपि्रय थियो ।
त्यही क्रोमलाई गुगलले इन्टरनेट ब्राउज गर्नेदेखि अरू एप्लिकेसन्स सफ्टवेयर राखेर चलाउन मिल्ने सुविधासहित ल्याएको छ । यसको हार्डवेयर भने एसर, एचपी, सामसुङलगायतका कम्पनीले निर्माण गरेका छन् । क्रोमबुक खासमा इन्टरनेट ब्राउजिङका लागि डिजाइन गरिएको हो । यसमा फोर जी कनेक्टिभिटी सुविधा छ । क्रोम ओएस प्रयोग गरिएको क्रोमबुकलाई टचस्क्रिन सुविधा भएकाले ट्याब्लेटका रूपमा प्रयोग गर्न सकिन्छ ।
यसको आफ्नै एप्स स्टोर छ, जहाँ ३० हजारभन्दा बढी एप्स छन् । गुगलका इन्जिनियरहरूले क्रोम ओएसकै लागि भनेर फरक प्रकारले क्रोमबुकको डिजाइन गरेका छन् । कम्प्युटरमा इन्टरनेटसँग जोडिएर समय बिताउनेहरूका लागि क्रोमबुक निकै उपयोगी छ । क्रोमबुकमा छुट्टै एप्सहरू इन्स्टल गरिरहनु आवश्यक छैन ।
गुगल आईडीबाट लगिन गरेपछि यसलाई चलाउन सकिन्छ । इन्टरनेटमा जोडिएपछि क्लाउडमा रहेका एप्सहरूमार्फत इन्टरनेट, सामाजिक सञ्जाल, वर्ड प्रोसेसिङ, अनलाइन फोटो एडिटिङ, भ्वाइस/भिडियो च्याट गर्न, गेम खेल्न सकिन्छ ।
क्लाउड स्पेस प्रयोग हुने भएकाले क्रोमबुकमा मेमोरी धेरै राखिएको छैन । यी डिभाइस १६ र ३२ जीबीका सोलिड स्टेड ड्राइभ (एसएसडी) मा उपलब्ध छन् । डिभाइससँगै उत्पादकले गुगल ड्राइभमा १ टेराबाइट स्पेस उपलब्ध गराउँछ । त्यसलाई ३ वर्षसम्म सित्तैमा उपयोग गर्न सकिन्छ । एउटै डिभाइसबाट धेरै जनाले आफ्नो प्रोफाइल बनाएर क्लाउडको स्पेस उपयोग गर्न सक्छन् ।
हुन त क्रोमबुकले इन्टरनेटमार्फत क्लाउड स्टोरेजसँग जोडिएर काम गर्छ ।
यसलाई चलाउन चौबीसै घन्टा इन्टरनेटमा जोडिनु आवश्यक भने छैन । आफ्नो मेल बक्स अफलाइन हेर्न सकिन्छ । त्यस्तै गुगल ड्राइभमा डकुमेन्ट बनाउन सकिन्छ । क्रोमबुकमा अफलाइन चलाउन मिल्ने गरी धेरै एप्सहरू डाउनलोड गर्न सकिन्छ । ती एप्समार्फत गेम खेल्ने, ट्याब्लेटमा जस्तै केही अफलाइन काम गर्न सकिन्छ । यसको स्पिड अन्य ल्यापटपको तुलनामा निकै तीव्र छ । बुट हुन समय लाग्दैन ।
क्रोमबुकमा विन्डोज ओएसमा जस्तो आफूलाई आवश्यक सफ्टवेयरहरू हालेर चलाउन भने सकिँदैन । थ्रीडी गेमहरू खेल्नका लागि पनि यो डिभाइस उपयुक्त छैन । यसको इन्टरनल स्टोरेज पर्याप्त नभएकाले धेरै सामग्री संग्रह गरेर राख्न पनि सकिन्न । इन्टरनेटको पहुँचमा रहने व्यक्तिलाई भने यो सानो डिभाइस निकै उपयोगी छ ।
अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका स्नातक ल्यारी पेज र सेर्गेई ब्रिनको आइडियालाई मान्नै पर्छ । उनीहरूको त्यही आइडियाले संसारले फाइदा उठाउन पाइरहेको छ । गुगलले ती दुई युवालाई अर्बपति बनायो नै । डिजिटल प्रविधिका उपभोक्तालाई समेत फाइदा दिएको छ ।
गुगलले खोजी इन्जिन नबनाइदिएको भए सूचना संसारको अथाह समुद्रबाट आफूलाई चाहिएको कुरामात्र खोजेर निकाल्न सम्भव थिएन । उसले ल्याएका उत्पादनसँग प्रतिस्पर्धा गर्न अरू कम्पनीले प्रविधिको विकासमा अर्बौं खर्चेका छन् । त्यसले गर्दा प्रविधिका क्षेत्रमा नयाँनयाँ आविष्कार भइरहेका छन् । गुगल आफैंले भर्खरै दुर्गममा इन्टरनेट पुर्याउन बेलुनको सहयोग लिने प्रविधि प्रोजेक्ट लुन सुरु गरेको छ । यो परियोजना सफल भए पिछडिएको क्षेत्रका बासिन्दाले समेत इन्टरनेटसँग जोडिन पाउने छन् ।
अन्तर्राष्ट्रिय बजारमा पर्सनल कम्प्युटरको बजार घट्दै गएको छ । क्रोमबुकको भने बजार निकै बढ्ने अनुमान प्रविधिबारे अनुसन्धान गर्ने संस्था गार्टनरले दाबी गरेको छ । उसको दाबीमा यस वर्ष २० लाख क्रोमबुक बिक्री हुनेछ । सन् २०१४ मा यो संख्या ५० लाख र सन् २०१६ सम्म बिक्री बढेर १ करोड २० लाख पुग्ने उसको अनुमान छ । नेपालमा गुगलक्रोम आउन भने समय लाग्ला । भारतीय बजारमा भने ४० हजार रुपैयाँको हाराहारीमा यो डिभाइस उपलब्ध हुन थालेको छ ।
ओएसको बजारमा एकलौटीजस्तो हिस्सा लिइरहेको माइक्रोसफ्ट पनि क्रोमबुक बजारमा उतारेपछि गुगलसँग चिढिएको छ । जोसुकै चिढिऊन्, हामी प्रयोगकर्तालाई भने इन्टरनेट चलाउने अर्को डिभाइस आएको छ ।
एप्पलको आइफोनका विशेषता चोरी गरेको अभियोगमा सामसङले २९ करोड डलर (करिब २९ अर्ब रुपैयाँ) जरिवाना तिर्नुपर्ने फैसला सुनाइएको छ ।
कपिराइट चोरी गरेर सामसङले एप्पलको करिब १ अर्ब डलर बराबरको कारोबारमा नोक्सानी ठहर गर्दै सिलिकन भ्यालीको जुरीले अदालतले यस्तो फैसला सुनाएको हो ।
तर अमेरिकी जिल्ला अदालतका एक न्यायाधीश लक्की कोहले जुरीले गलत गणना गरेको भन्दै पुनः गणना गर्न आदेश दिएका छन् । सामसङले पनि अपिल गर्ने अपेक्षा गरिएको छ ।
यता, एप्पले भने आफ्नो अमूल्य आविष्कार चोरी भएकामा खेद व्यक्त गरेको छ । 'हाम्रो लामो समयको अनुसन्धान र प्रयासपछि यो उत्पादन बाहिर ल्याएका छौं,' एप्पलले भनेको छ, 'यसको मूल्य नै निर्धारण गर्न कठिन छ ।'
जुरीले एप्पल स्मार्टफोनको अत्याधुनिक २६ उपकरणमध्ये १३ वटा चोरी गरेको ठहर गरेको छ । एप्पलको परेको ५५ करोड डलरमध्ये करिब २९ करोडको कपी गरेको जुरीको ठहर हो ।
प्रकाशित मिति: २०७० मंसिर ९ ०९:२४

नेपाल टेलिकमले राजधानीलगायत मुलुकका विभिन्न स्थानमा करिब तीन महिनाका लागि निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने भएको छ ।
सामाजिक दायित्वअन्तर्गत टेलिकमले पहिलो चरणमा राजधानीका विभिन्न स्थानमा ‘हटस्पट’ जडान गरी पहिलो चरणमा तीन महिना निःशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको हो ।
टेलिकमले त्यसखालको सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु गरिसकेको छ भने वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महारजगन्जलगायतका स्थानमा पनि सो सेवा उपलब्ध भइसकेको छ ।
यस्तै गङ्गालाल हृदय रोग केन्द्रमा पनि त्यसखालको सुविधा उपलब्ध गराउने तयारी गरिएको छ ।
टेलिकमले यस वर्ष मुलुकभर करिब ५०० स्थानमा हटस्पट जडान गरी वाइफाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । नागरिकको धेरै आवतजावत हुने स्थानमा पहिलो चरणमा त्यसखालको सेवा दिन लागिएको हो ।
टेलिकमका उपप्रबन्धक देवेन्द्र खतिवडाका अनुसार नागरिकको भेटवार्ता बढी हुने स्थानमा पहिलो चरणमा निःशुल्क वाइफाई सेवा प्रदान गरिने छ ।
टेलिकमले अस्पताल, रेष्टुराँ, विमानस्थल, पार्क सपिङ मल, बसपार्क पर्यटकको आवतजावत हुने स्थानमा त्यसखालको सेवा उपलब्ध गराउन लागेको हो ।
टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले सामाजिक दायित्व र कम्पनीको व्यापार विस्तार गर्ने ध्येयका साथ ग्राहकलाई यसखालको सुविधा दिन लागिएको बताइन् । डाटा सेवाको पहुँच बढाउन यसखालको कार्यक्रम अगाडि सारिएको टेलिकमको भनाइ छ ।
राजधानीका अन्य स्थानमा पनि काठमाडौँ महानगरपालिकाको सहयोगमा त्यसखालको सेवा उपलब्ध गराइने छ ।
यसखालको सेवा ग्राहकले मोबाइल फोन, स्मार्टफोन, आइप्याड, ल्यापटपलगायतका साधनमा चलाउन सक्ने छन् । हाल टेलिकमले एडिएसएल, वाइम्याक्स, इभिडिओमार्फत इन्टरनेट सुविधा प्रदान गर्दै आएको छ । रासस
प्रकाशित मिति: २०७० मंसिर १५ ०६:२६