दर्शकमाझ आउँदैछन् । यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । अजय देवगन
फिल्मस्सँगको सहकार्यमा यो सिनेमाको निर्माण भएको हो । चलचित्रका करिना
कपुर र अजय देवगण मुख्य भूमिकामा छन् ।
चलचित्रको सार्वजनिक ट्रेलरमा अजय देवगनको खतरनाक एक्सन देखाइएको छ ।
चलचित्र अगष्ट १५ बाट विश्वभर प्रदर्शनमा आउँदैछ । निर्देशक रोहित सेट्टीले
आफ्ना अधिकांश एक्सन फिल्ममा नायक अजय देवगणलाई लिदै आएका छन् । चलचित्र
‘चेन्नई एक्सप्रेस’मा नायक साहरुख खानलाई लिनु भन्दा बाहेक रोहितका अधिकांश
सिनेमा अजय नै हिरोको रुपमा देखिएका छन् । गोलमालको ३ वटा सिक्वेलमा पनि
रोहितले अजयलाई नै हिरो बनाएका थिए ।
<br />
निर्देशक रोहित सेट्टीले आफ्ना अधिकांश एक्सन फिल्ममा नायक अजय देवगणलाई
लिदै आएका छन् । चलचित्र ‘चेन्नई एक्सप्रेस’मा नायक साहरुख खानलाई लिन’
भन्दा बाहेक रोहितका अधिकांश सिनेमा अजय नै हिरोको रुपमा देखिएका छन् ।
गोलमालको ३ वटा सिक्वेलमा पनि रोहितले अजयलाई नै हिरो बनाएका थिए
पहिरनको आलोचना भएपछि रेखा अवार्डमा नजाने
बलिउडकी सर्वाधिक चर्चित नायिका रेखा अब कुनै पनि अवार्ड कार्यक्रममा भाग लिन नजाने भएकी छिन् । रेखा यसरी अवार्डमा नजानुको कारण उनको पहिरन हो । रेखा हरेक कार्यक्रममा प्राय एउटै पहिरनमा पुग्ने गर्छिन् ।
कानमा लगाने गहनादेखि सारी उनको लागि मनपर्ने पहिरन हुन् । हरेक कार्यक्रममा एउटै स्टाइलको पहिरन लगाएपछि रेखाको आलोचना हुन थालेको छ । यही कारण गर्दा पनि रेखाले अब कुनै पनि अवार्ड कार्यक्रममा सहभागीता नजनाउने निर्णय गरेकी हुन् ।
रेखाले पहिरन बदल्न छोडेर किन अवार्ड नै बहिष्कार गरिन्, यो भने अनौठो बिषय छ । तर जे भएपनि रेखाको यो कदमले अवार्ड आयोजकहरुलाई भने हैरानीमा राखिदिन सक्छ ।
विकिनीमा आफ्नै शरीर हेरेर दङ्ग लुइसा(Photo Features)
विकिनीमा मस्ती गर्दै गर्दा उनले आफ्नो कामुक शरीरलाई सबैसामु प्रदर्शन गर्न कुनै कसर बाँकी राखिनन् । मोडल तथा चर्चित महिला व्यापारी समेत रहेकी लुइसा आफ्नै शरीर हेरेर निक्कै दंग देखिएकी थिइन् । दुबइको एक समुन्द्रमा लुइसाले आफ्नो जवानीलाई पानीमा भिजाएकी हुन्
माघ १७ गते मलेसियामा नेपाल चलचित्र प्राविधिक संघले ‘छैटौ नेफ्टा फिल्म अवार्ड’ गर्ने भएपछि अहिले यसको तयारी पनि तिब्र बनाइएको छ । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा नेफ्टाको तयारी र आयोजना हुन लागेको हलको बिषयमा जानकारी गराइएको हो ।
चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले अवार्ड हुने हल सेतिआलमको सेतियाजयाको दृश्य समेत प्रस्तुत गरेका थिए । यो हलका लागि आयोजकले करिब १७ लाख नेपाली रुपैया वुझाएको जानकारी दिइएको छ । यस्तै कलाकारहरुलाई लगेर राखिने होटल देखि त्यहाँको तयारीको बारेमा पनि कार्यक्रममा जानकारी दिइएको थियो । माघ १७ गते हुने अवार्डका लागि नेपालबाट १ सय जनाको टोली मलेसिया पुग्नेछन् । आयोजकले ५५ रिङगेटमा दर्शकले कार्यक्रम हेर्न पाउने जनाएको छ ।
कार्यक्रममा मलेसियाबाट आएका रजितलाई नेपाली टोपी पहिर्याइदिएर स्वागत गरिएको थियो । मलेसियामा हुने अवार्डका लागि आफूले सक्दो सहयोग गर्ने रजितले बताए । यस्तै कार्यक्रममा हालै मात्र मलेसिया पुगेर आएका कलाकार सुनिल थापाले अवार्ड तयारी र त्यसका लागि आइपर्ने विभिन्न समस्याको बारेमा जानकारी गराएका थिए । मलेसियामा अवार्ड गर्नको लागि निर्माता सुवास गिरीको प्रयासले संभव भएको हो ।
पूर्वको रमणिय स्थानमा विभिन्न गीतको भिडियोको छायाँकन गरी रेस्क्यू क्रियशनको यूनिट काठमाण्डौ फर्किएको छ ।विभिन्न ५ गीतको भिडियोको छायांकन पूर्वको कोशी ब्यारेज, सुनसरीको श्रीपुर, हरिपुर गाविस धनकुटाको भेडेटार, धरानको बुढासुब्बा, दन्तकाली , इटहरीको बुढीगंगा घाट, मोरङको बेतना सिमसार, हरैचामोड, बिराटचौक, झापाको दमक, तोपगाछीको नर्सरी, सतासीधाम, माइधार र गैडेंमा गरिएको छ । मिलन अमात्य, राजशुक्र लिम्बु, श्याम लिम्बु, साजन राई, सुमी राई लगायतका गायक गायिकाको आवाज रहेको गीतको छायांकन गरिएको हो ।
भिडियोमा सविन श्रेष्ठ, रिमा विश्वकर्मा, सुप्रिया कटवाल, सविन तुम्बाहाम्फे, सरिना तामाङ र स्थानीय मोडल साजिद आलम का अलावा जंगल्ाी म्यानमा रुपमा दमकका भवानी अधिकारीले अभिनय गरेका छन् ।
हरि हुमागाइँको छायाँकन रहेका सवै गीतको म्यूजिक भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन् । १५ जनाको जम्बो टोलीको साथमा ८ दिन लगाएर। ६ गीतको म्यूजिक भिडियोको छायांकन गरिएको हो । यी सबै भिडियोहरुको पि्रमियर माघमा दमकमा गरिने निर्देशक अधिकारीले बताएका छन् ।


हरि हुमागाइँको छायाँकन रहेका सवै गीतको म्यूजिक भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन् । १५ जनाको जम्बो टोलीको साथमा ८ दिन लगाएर। ६ गीतको म्यूजिक भिडियोको छायांकन गरिएको हो । यी सबै भिडियोहरुको पि्रमियर माघमा दमकमा गरिने निर्देशक अधिकारीले बताएका छन् ।
नेपाली चलचित्रका गीतलाई आकर्षक बनाउन निर्माताहरुले कञ्जुस्याई गरेका छैनन् । उसो त एक चलचित्रको गीतका लागि १४ लाख खर्च गरिएको सुन्दा तपाइलाई अचम्म पनि लाग्न सक्छ । चलचित्र ‘मोक्ष’मा समावेश एक कन्र्सट गीतको छायांकनका लागि १० लाख माथिको रकम लागेको दाबी निर्माता सुनिल मानन्धरले केही समय अघि गरेका थिए ।
हालै मात्र चलचित्र ‘हँसिया’को एक आइटम गीतका लागि पनि मोटो रकम खर्च गरिएको छ । ‘आजको रातमा यो भिडमा यो साँझमा’ बोलको गीतमा नायिकाद्धय हेमा श्रेष्ठ र प्रियंका कार्कीको हट अवतार देख्न सकिनेछ । यो गीतका लागि १४ लाख खर्च भएको निर्देशक मिलन चाम्सको दाबी छ । एक्सन आइटम गीत भनिएको यो गीतमा रेनशा राइको कोरियोग्राफी छ । रेनशाले यो गीत आफ्नो जीवनको अहिलेसम्मकै उत्कृष्ट भएको दाबी गरेकी छिन् ।
शिवानी मोक्तानले आवाज भरेको यो गीतमा कल्याण सिंहको संगीत, निल आङ्बुहाङ राइको शब्द छ । चलचित्रलाई दुर्गा घलेले निर्माण गरेका हुन् । चलचित्रमा राजेश हमाल, अनुप विक्रम शाही र हेमा श्रेष्ठको मुख्य भूमिका छ । अहिले सम्मकै महंगो भनिएको यो गीतलाई अंग्रेजी नयाँ बर्षमा सार्वजनिक गरिनेछ । काठमाण्डौमा चिसो मौसममा प्रियंका र हेमाको यो हट आइटम गीतले कत्तिको तताउने हो, यो हेर्न भने बाँकी नै छ ।
बक्स अफिस कलेक्शनको कुरा गर्ने हो भने सन् २०१३ बलिउडका लागि निक्कै फाइदाजनक छ । यो बर्षमात्र धुम ३, क्रिस ३, चेन्नई एक्सप्रेस जस्ता सिनेमाले बक्स अफिसमा कमाल नै मच्चाएका छन् । तर यि सिनेमाले स्तरियताको मापनमा भने असफलताको स्वाद चाखेका छन् । यस्ता खालका सिनेमाले विश्व बजारमा खासै प्रशंसा पाउँदैनन् । बलिउडका लागि यि सिनेमाको व्यापारले फाइदा पक्कै पनि पुग्छ ।
यो बर्ष प्रदर्शनमा आएका कम बजेटका चलचित्रले बक्स अफिसमा कमाल त मच्चाएका छन् नै प्रशंसा पनि पाएका छन् । यो सूचिमा आफ्नो जीवन धान्न यौन धन्दामा लाग्ने एक युवकको कथामा आधारित चलचित्र ‘बीए पास’ पर्दछ । सी ग्रेडको भनिएको यो चलचित्रको कथावस्तु र प्रस्तुतीलाई समिक्षकहरुले उत्कृष्ट भनेका छन् । यस्तै करण जोहर, अनुराग कश्यप, दिवाकर बनर्जी र जोया अख्तरले मिलेर बनाएको चलचित्र ‘बाँम्बे टाकिज’ले पनि बलिउडको इज्जत राखिदिएको छ ।
यो सिनेमा भित्र ४ वटा कहानी प्रस्तुत गरिएको थियो । फरहान अख्तरले अभिनय गरेको र बक्स अफिसमा कमाल मच्चाएको चलचित्र ‘भाग मिल्खा भाग’ प्रशंसा पाउन सफल अर्को सिनेमा हो । एथ्लेटिक खेलाडी मिल्खा सिंहको जीवनीमा आधारित यो चलचित्रले बलिउडलाई विश्व बजारमा चर्चित बनाएको थियो । अर्जुन रामपाल र चित्रंगदा सिंहको मुख्य भूमिका रहेको चलचित्र ‘ईन्कार’ पनि चर्चामा रह्यो । यौन उत्पीडित एक यूवतीको कथामा यो सिनेमा बनेको छ ।
यस्तै चर्चा बटुल्न सफल अर्को सिनेमा हो ‘जोली एलएलबी’ । अदातलमा कानुनलाई कसरी दुरुपयोग गरिन्छ भन्ने बिषयमा यो सिनेमा बनेको छ । यि बाहेक ‘लिसन अमाया’, ‘लुटेरा’, ‘मेरे ड्याड का मारुती’, ‘रामलिला’ र ‘साहिद’ समिक्षकको साथ पाउने सिनेमा हुन् । यस्तै ‘शुद्धी देसी रोमान्स’, ‘स्पेशल २६’, ‘मदरास क्याफे’, ‘घनचक्कर’, ‘द लन्च बक्स’ र ‘फुक्रे’ले पनि बलिउडको ईज्जत जोगाएका छन् । यि सिनेमाहरुलाई यो अवार्डका लागि दाबेदार पनि मानिएको छ ।
कलाकार रोहित रुम्बा फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘तोरी लाहुरे’बाट निक्कै आशावादी छन् । चलचित्रमा आफूले निक्कै मिहिनेत गरेकाले पनि दर्शकले कामको मुल्यांकन गर्नेमा उनी विश्वस्त छन् ।
उसो त चलचित्रमा दर्शकको नजरमा परिसकेका नायकद्धय गजित बिष्ट र सुवास थापालाई पनि देख्न सकिन्छ । तर पनि रोहित आफ्नो कामको प्रशंसा हुनेमा ढुक्क छन् । काम नभएर हल्लिदै हिड्ने यूवालाई तोरी लाहुरे भनिन्छ । यसैले पनि यो सिनेमा आम नेपाली यूवाहरुको कथा रहेको वुझ्न सकिन्छ ।
एन.बी.महर्जनले निर्देशन गरेको यो चलचित्रमा अशिष्मा नकर्मी, समुना केसी, दिनेश डीसी लगायतका कलाकारले पनि अभिनय गरेका छन् । निरज कँडेलको छायाँकन, कृष्ण आचार्यको कथा रहेको यो सिनेमाले बेरोजगार यूवाहरुको समस्या बोल्छ ।
अभिनेत्री रेखा थापाको चुम्बनले राउटे समुदाय रिसाएको छ । सुर्खेत साटाखानी गाविसस्थित जंगलमा बस्दै आएका राउटे समुदाय ‘आइमाइले म्वाइँ खाएको’ भन्दै रिसाएको हो ।

राउटे बालबालिकालाई विद्यालय भर्ना गर्न र खाद्यान्न बाँड्न भन्दै सुर्खेत पुगेकी अभिनेत्री थापाले चामल वितरणका क्रममा राउटे उुवालाई चुम्बन गरेकी थिइन् । थापाले चुम्बन गरेपछि कतिपय राउटेले चामल लिनसमेत अस्वीकार गरे । ‘आइमाईले म्वाइँ खाने भन्दै रिसाएर थापाले दिएको चामल लिनै मानेनन्,’ राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले भनिन् ।
रेखाको चुम्बनले गर्दा राउटे परिवारमा समेत तनाव भएको छ । ‘म्वाइँ खाने आइमाइले दिएको चामल हामीलाई चाहिँदैन्, त्यो फिर्ता लानु भनेर मसँग पनि रिसाए,’ सत्यदेवीले भनिन् ‘उनीहरुलाई फकाउन निकै गाह्रो भयो । उनका अनुसार राउटेले लिन नमानेपछि थापाले वितरित चामल स्थानीय व्यक्तिको घरमा राखेर पछि मात्र राउटेको झुप्रामा पुर्याइएको थियो । ‘चामल झुप्रासम्म पुर्याउन निकै सकस पर्यो,’ सत्यादेवीले भनिन् ।
देउता पुजीरहेका राउटे युवा भक्तबहादुर शाहीलाई थापाले शनिबार चुम्बन गरेकी थिइन् । यस्तो पूजालाई राउटेले ‘भयार’ भन्छन् । भयारमा एउटा बाख्राको पाठो र तीनवटा कुखुराका चल्ला बलि दिइन्छ । राउटे समुदायले रक्सी र मास खाएर पाँच दिनसम्म भयार मनाउँछन् ।
राउटेका सहायक मुखिया ऐनबहादुर शाहीलाई उद्दृत गर्दै सत्यादेवीले भनिन, ‘हाम्रोमा कोही नचिनेका केटी र केटा बोल्न नराम्रो मान्छौं । यसरी हाम्रोमा आएर हाम्रा केटाहरुलाई म्वाइँ खाने कस्ती आइमाई रहिछ । हामी त्यसले दिएको केही लिन्नौं ।’ उनीहरुले रेखाको चुम्बनले आफूहरुको संस्कारमै आघात पुगेको गुनासो गरेका छन् ।
नायक आर्यन सिग्देल पछिल्लो समयमा नेपाली सिनेमाका अनलक्की हिरोको रुपमा देखिन थालेका छन् । उनले आशा गरेका थुप्रै सिनेमाले व्यापार नगरेपछि आर्यनको सिने करिअर पनि धरमराएको देखिन्छ ।नायक आर्यन सिग्देलले बलिउडका दबंग खान सलमानलाई अनुशरण गर्दै अभिनय गरेको चलचित्र ‘लोफर’ले पनि दर्शक हलसम्म नतानेपछि उनी अनलक्की बनेको देखिन्छ । छविराज ओझा जस्ता माहिर निर्माताको ब्यानरमा देखिएका आर्यनलाई न त मल्टिप्लेक्स न त सिंगल थिएटरका दर्शकले नै पत्याउन सके । बजारमा ‘लोफर’ नचल्नुको दोष आर्यनलाई दिन थालिएको छ । आर्यन सलमान खानको फ्यान भएकाले लोफरमा उनलाई सलमानले ‘दबंग’ सिनेमामा गरेको याक्सन स्टाइलकै भूमिका दिएको निर्माता छविराज ओझाले नै बताएका थिए ।
उनले अभिनय गरेका ४ सिनेमाले यो बर्ष हावा खाएका छन् । जसका कारण पनि स्टारडमको संभावना बोकेका आर्यन निर्माताको लागि फाप्न छोडेका छन् । उसो त नायिका रेखा थापासँग अभिनय गरेका केही सिनेमा भन्दा बाहेक आर्यनका कुनै पनि चलचित्रले व्यापारिक रुपमा कमाल मच्चाउन सकेको छैन ।
नेपाली सिनेमाका केही चर्चित वितरकहरुले पनि आर्यनले स्टारडम बचाउन नसकेको गुनासो गर्दै आएका छन् । यही कारणले पनि आर्यनका लागि सिने नगरी असुरक्षित बन्दै गएको देखिन्छ । उनले आफ्नै ब्यानरमा निर्माण गरेको ‘नोभेम्बर रेन’ यो बर्षको अन्त्यमा प्रदर्शनमा आउने तयारीमा छ । यो सिनेमा नै आर्यनको लागि सिने नगरीको भविष्य डोर्याउने दह्रो खम्बा बन्ने आशा गरिएको छ ।
सुरुवातमा उनले खिचाएका केही हट तस्बिरले बजारमा खुबै चर्चा पायो । नायिका मोनिका दाहाल पनि आफ्नो शरीर देखाएरै चर्चामा आउन खोजिन भन्नेहरुको पनि कमी भएन । सिने नगरीमा आएपछि थुप्रै खालका सेक्स प्रस्ताव पनि दाहाललाई नआएका होइनन् । तर उनले दिने गतिलो जवाफले धेरैले मुख बटारेका छन् । अनलाइनखबरसँग कुरा गर्दै नायिका दाहालले भनिन्, ‘सिनेमा क्षेत्रमा आएपछि कथाले मागे अनुसारको दृश्य गर्नु हाम्रो वाध्यता नै हो । नगरौ भने घमण्डी भन्छन् गरौ भने संकारले दिदैन ।’तर पनि आफूले आफ्नो संकारलाई उल्लंघन नगर्ने बाचा उनले गरिन् । सिने नगरीमा हुने विभिन्न खालका विकृतीहरुको विरुद्धमा बोल्दा आफूलाई धेरैले घमण्डी नायिका भनेको गुनासो उनको छ । उनलाई सिनेमा खेलाउछु भन्दै शारीरिक सम्बन्धको प्रस्ताव राख्नेहरुको पनि यहाँ कमी छैन । उनीहरुलाई मोनिकाले मुख भरीको जवाफ दिने गरेकी छिन् ।
उनले भनिन्, ‘कसैले डेटिङ जाउ भन्यो भने मैले नाई भन्दिन ।’ तर तपाई र म जाने ठाउँमा तपाइको दिदी बैनीलाई पनि कोही पुरुषसँग आउन भन्नुहोला भन्ने जवाफ दिन्छु । मोनिकाको यो जवाफले त्यस्तो प्रस्ताव राख्नेहरु तर्किएका छन् । सिने नगरीमा आएर यस्तो खालको क्रियाकलाप देखाएर कोही चल्दैन भन्ने पनि उनले सुनेकी छिन् । यस्तै व्यवहारका कारण आफूले सिनेमा कम पाएको उनलाई लागेको छ ।
९ वटा जती सिनेमामा अभिनय गरिसकेकी मोनिकाले हालै मात्र ‘राहादानी’ र ‘कस्तो टेन्सन’ नामक सिनेमा सकाएकी छिन् । उनले अभिनय गरेका सिनेमाले खासै कमाल त मच्चाएका छैन । उनलाई आफू निक्कै सेक्सी लाग्छ । भनिन्, ‘मेरो आखा र बोली निक्कै सेक्सी छ ।’ सिने नगरीमा आएर आफूले आजसम्म गल्ती नगरेको तर्क उनको छ । नायिका दाहालबाट सिने नगरीले अहिले नै आशा गर्ने ठाउँ त बनिसकेको छैन । सिने नगरीमा आएर करिअर खोज्दै गरेका नायिकाको भिडमै पर्छिन् मोनिका ।
‘मेरो निधन भएपछि मेरो भाईसँग नायिका सुष्का कार्कीले रोमान्स गर्नेछिन् ।’ आफ्नो नयाँ चलचित्रको ‘संजोग’को कथावस्तु खुलाउँदै नायक सविन श्रेष्ठले अनलाइखबरसँग भने । उनले अभिनय गरिरहेको चलचित्र ‘संजोग’को हाल विर्तामोडका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।चलचित्रमा सविनका अलवा नायिका सुष्मा कार्की र प्रज्वल गिरीको मुख्य भूमिका छ । चलचित्रको छायांकन सुरु भएको २३ दिन भैसकेको छ । नायक सविन श्रेष्ठ भने छायांकनमा समावेश भएको दुई हप्ता भएको छ । चलचित्रको निर्माण यूनिट केही दृश्यको छायांकन गर्न काठमाण्डौ आउने तयारीमा छ । बेद प्रसाद भुर्तेलको निर्देशनमा तयार भएको यो सिनेमालाई उमेश र रमेश उप्रेतीले निर्माण गरिरहेका छन् । दुबै निर्माता बिर्तामोडका बासिन्दा हुन् ।
नायक सविन श्रेष्ठ पछिल्लो समय व्यस्त हुन थालेको पाइन्छ । हालै मात्र कमलकृष्णको निर्देशनमा तयार भएको दमदार सिनेमा सकेर उनी संजोगमा व्यस्त भएका हुन् । चलचित्रलाई पारिवारिक बिषयवस्तुमा रोचक तबरले ढालिएको छ ।
नायक ऋतिक रोशन र उनकी पत्नी सुजन बिचको सम्बन्ध बिच्छेदको घटनाले यतिबेला बलिउड बजारलाई नै गर्माएको छ । बलिउड नगरीले नै यो खबरलाई दुखद भन्दै सबैलाई अनावश्य टिप्पणी नगर्न आग्रह गरिरहेको छ ।यो घटनाको मुख्य कारण ऋतिक पत्नी सुजन र बलिउड नायक अर्जुन रामपाल बिचको अफेयरलाई मानिएको छ । भारतीय संचारमाध्यमहरुले अर्जन र सुजनको अफेयरका कारण ऋतिकको घर बिग्रिएको बताउँदै आएका छन् ।
तर नायक अर्जुन रामपालले भने आफू र सुजन बिचको कुनै किसिमको अफेयर नभएको दाबी गरेका छन् । उनले यो खबरले आफूलाई पनि निक्कै चिन्तित बनाएको बताएका छन् । यस्तो समयमा आफ्नो नाम जोडेर गरिएको हल्लालाई उनले तल्लो स्तरको दर्जा दिएका छन् ।
ऋतिक र सुजनको सम्बन्ध बिच्छेद ३ महिना अघि नै भएको बताइन्छ । तर चलचित्र ‘क्रिस ३’ को प्रदर्शनका कारण यो घटनालाई बाहिर ल्याइएको थिएन ।
लिम्बु जातिका लोपन्मुख संस्कृतिहरुमा आधारित लिम्बु कथानक चलचित्र ‘हेल्लुक्वा’ (लाग्यो वाडुली ) को छायांकन प्रारम्भ भएको छ । किशोर सुब्बाको कथा तथा निर्देशनमा तयार हुन लागेको यो सिनेमालाई नामेन्द्र सिंह आङ्बुहाङले निर्माण गर्न लागेक हुन् । चलचित्रमा पदम हुक्पा चोङ्वाङ, कुमारी खवास र इन्द्र तुम्बापोको पनि लगानी रहनेछ । चलचित्रको छायांकन माङसेबुङ लगायत इलामका विभिन्न क्षेत्रहरु, झापा, पाँचथरका लव्रेकुटी सिलौटी चोकमागु र काठमाडौका बिभिन्न स्थानहरुमा गरिने भएको छ ।
किशोर सुब्बा र सागर केरुङको पटकथा तथा संवाद, ब्रविन शेर्माको संगीत, किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको शब्द साथै राजेश लेप्चा र उन्छोन चेम्जोङको द्वन्द्व रहेको चलचित्रको पुष १५ सम्ममा छायांकन सम्पन्न गरिने जनाइएको छ ।
करिब ५० लाखको लगानीमा निर्माण हुन लागेकोे चलचित्रमा पुष्पा आङदेम्बे, मधुराज केरुङ, सानुबावा सुब्बा, प्रेम पन्दाक, नामेन्द्र आङबुहाङ, सागर केरुङ, राज कुमार लिङदेन लगायत कलाकारको मुख्य अभिनय रहनेछ ।
बलिउडमा मोडल तथा नायिका पूनम पाण्डे र राखी सावन्त विभिन्न कारणले चर्चामा रहन्छन् । पूनम पाण्डे आफ्नो उत्तेजक छविका कारण चर्चामा रहेको पाइन्छ । यस्तै राखी विभिन्न बिषयमा बयान दिएर चर्चामा रहन्छन् ।हालै मात्र आयोजना भएको ‘ह्वाट द फिस’ नामक सिनेमाको पार्टीमा पुगेका राखी र पूनमको हर्कतले सबैलाई हैरान बनाएको छ । पूनमले आफूले लगाएको पहिरन नै फुकालेर विकिनीमा फोटो खिच्न थालिन् । यता राखी पनि के कम थिइन् र ? कामुक तबरले क्यामेराको अघि विभिन्न पोजमा फोटो खिचाउने अग्रसर भइन् । यि दुइको उपस्थितीले पार्टी निक्कै गर्माएको थियो ।
खासमा युवतीहरूलाई सौन्दर्यको तारिफमा ख्याल गर्नुपर्छ । नराम्रो भनिदिँदा जसको पनि मन चसक्क पर्छ नै । नायिका अनुष्का शर्मालाई पनि कसैले नराम्रो भनिदियो भने यस्तै रिस उठ्ने रहेछ । तर यो फिल्ममा खेल्न आउँदाको सुरुवाती दिनमा रे । हालैको एक अन्तर्वार्तामा अन्तरंग कुराकानी गर्ने क्रममा अनुष्काले यसो भनेकी हुन् । क्रिकेटर विराट कोहलीसँगको सम्बन्धलाई लिएर सहरमा गाइँगुइँ चलिरहेका बेला अनुष्का उक्त सम्बन्धलाई भने केवल साथीको रूपमा मात्रै रहेको जिकिर गर्छिन् । तीनदिने स्याम्पुको विज्ञापनका क्रममा विराटसँग नजिकिएको उनले बताइन् । 'पहिले त मलाई ऊ घमण्डी होला जस्तो लागेर म पनि नबोलिकनै बसें । तर सुटिङको दोस्रो दिन ह्याङ आउट पार्टीमा मिलनसार पाएँ,' हिरोइन बनेको पाँच वर्षमै 'एनएच १०' फिल्ममार्फत कान्छी निर्मात्री बन्दै गरेकी अनुष्का स्वयं भने एकखाले घमण्डी नै रहेको पुष्टि गर्छिन् । 'सुरुताक एक अनलाइनमा मेरो फोटो राखिएको थियो । जसको तल केहीले नराम्री भनेर कमेन्ट गरेको देख्दा भाउन्न रिस उठेको थियो,' हालैको कुराकानीमा उनले भनिन्, 'तर अहिले त सबै कुरा पचाउन सक्ने भएकी छु । त्यस्ता कुराले खासै फरक पार्दैन ।'
बरु उनलाई अचेल भने अर्कै कुराको तनाव रहेछ । छोटो समयमै फिल्म निर्माणमा हात हालेपछि केहीले मुखै खोलेर भन्दा रहेछन्, 'अहिले नै निर्माता बन्ने हतारो किन गरेको होला ? खुरुक्क करिअरमै ध्यान नदिएर ।' अनुष्का प्रतिप्रश्न गर्छिन्, 'निर्माणमा हात हाल्दैमा के मेरो करिअर नै सकियो र ? चौपट नै भएझैं गर्छन् त ।' त्यसो त उनले फिल्म निर्माण गर्ने योजनाबिनै अनुराग कश्यपको काम र फिल्म स्त्रिmप्टले लोभिएर लगानी गर्न तयार रहेको बताइन् ।
बरु उनलाई अचेल भने अर्कै कुराको तनाव रहेछ । छोटो समयमै फिल्म निर्माणमा हात हालेपछि केहीले मुखै खोलेर भन्दा रहेछन्, 'अहिले नै निर्माता बन्ने हतारो किन गरेको होला ? खुरुक्क करिअरमै ध्यान नदिएर ।' अनुष्का प्रतिप्रश्न गर्छिन्, 'निर्माणमा हात हाल्दैमा के मेरो करिअर नै सकियो र ? चौपट नै भएझैं गर्छन् त ।' त्यसो त उनले फिल्म निर्माण गर्ने योजनाबिनै अनुराग कश्यपको काम र फिल्म स्त्रिmप्टले लोभिएर लगानी गर्न तयार रहेको बताइन् ।

