२०७१ जेठ १५ गते १३:०० मा प्रकाशित
प्रकाश खालिङ
विश्वको सर्वोच्च शिखर सगरमाथा चुचुरोमा
मानव जातिले पहिलो पटक पाइला राखेको छ दशक पूरा भइसकेको छ । यस अन्तरालमा
हजारौं स्वदेशी तथा विदेशी आरोहीहरुले सगरमाथाको सफल आरोहण गरेर विभिन्न
किसिमका कीतिर्मानी राखेका छन् । सन् १९५३ मा आरोहीद्वय नेपाली नागरिक
तेन्जिङनोर्गे शेर्पा र न्युजिल्याण्डका नागरिक सर एड्मन्ड हिलरीले एकसाथ
सगरमाथाको चुचुरो चुमेयता करिब ५ हजार जनाले सगरमाथाको आरोहण गरिसकेको
तथ्याङक छ । यो संख्या अझै तीब्र गतिमा बढोत्तरी भइरहेको छ । यो ६ दशकको
अन्तरालमा सगरमाथाले थुप्रै इतिहास रच्यो । जसलाई सकारात्मक र
नकारात्मक
दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । पछिल्लो समय सगरमाथाको सकारात्मक
पक्षभन्दा पनि नकारात्मक पक्षलाई बढी प्रचारमा आउन थालेको छ । समग्रमा
भन्नुपर्दा विभिन्न कारणले गर्दा सगरमाथाले जुन रुपमा विश्व समुदायलाई
आफूतिर ध्यानाकषिर्त गर्नुपर्ने थियो त्यो गर्न सकेन । पटकपटक
मापदण्डविपरित विभिन्न गतिविधिहरु सञ्चालन गर्नुले पनि विश्वसमुदायको
सगरमाथाप्रतिको आकर्षण घट्दो छ ।
सगरमाथाको नाममा कमाउ धन्दा गर्नेहरुको
बिगबिगी बढेको छ भने व्यवसायीहरुले आफ्नो स्वार्थपूर्तिका निम्ति अवैधानिक
क्रियाकलापहरु सञ्चालन गर्ने क्रम पनि दिन प्रतिदिन बृद्धि भइरहेकै छ ।
त्यत्ति मात्रै नभएर देशीविदेशी माफियाहरुले सगरमाथालाई सकेसम्म समाप्त
पार्ने चलखेल जारी राखेका छन् । सगरमाथाको वास्तविक उचाईको विषयमा उत्पन्न
भएको विवाद होस् या सगरमाथाको नाममा हुने विभिन्न कुकर्तुतहरु नै किन
नहुन्, ती सबै देशभित्र र बाहिरका माफियाहरुको चलखेलकै उपज हुन् । राज्य
संयन्त्र फितलो हुनुले गर्दा सर्वोच्च शिखर सगरमाथा पटक पटक विवादै आएको छ ।
पछिलो पटक सगरमाथाको वास्ताविक उचाईबारे सन् १८५६ देखि सुरु भएको बिबाद
अझै साम्य पार्न सकएकिो छैन ।
चीन र अमेरिकाले सगरमाथाप्रति आँखा गाडेका
कारण उचाई विवाद साम्प पार्न नसकिएको हो । हाल नेपालले सगरमाथाको
वास्ताविक उचाई ८ हजार ८ सय ४८ मिटर -२९,०२८फीट) लाई मान्यता दिदै आएको छ ।
१९५५ मा भारतीय सर्वेक्षण टोलीले नापेको आधारमा सो उचाई कायम गरिएको थियो ।
तर, अमेरिकाले सन् १९९९ मा जिपिएस -ग्लोबल पोजिसनिङ सिस्टम) प्रविधिबाट
सगरमाथाको उचाइ मापन गरी ८ हजार ८ सय ५० मिटर निर्धारण्ँ गरेको छ । यता,
चिनले भने चट्टानी उचाइ ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर र हिउसहितको उचाइ ८
हजार ८ सय ४८ मिटर भनेर दुईवटा मापदण्ड राख्न सकिने प्रस्ताव अघि सारेको छ ।
त्यसैगरि, सगरमाथाको ढुंंगाबाट घडी उद्योग
खोलिएको, अवैध तरिकाबाट बग्रेल्ती क्यामराहरु जडान गरिएको, सगरमाथा
सफाईको नाममा करोडौंको रकम अनियमितता हुने गरेको, अवास्तविक
कीतिर्मानीहरुको बिगबिगी बढेको तथा सगरमाथामा विदशी आरोहीलाई कुटिएको जस्ता
घटनाहरु अहिले पनि ताजै छन् । पछिल्लो समयमा जलवायु परिवर्तनको असरले
गर्दा सगरमाथा खुइलिदै गएको वास्ताविकताहरु सार्वजनिक भइरहेका छन् ।
सगरमाथाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा प्रत्यक्ष वा परोक्ष
रुपले नकारात्मक सन्देशहरु प्रवाह भइरहेका छन् । यी यावत समस्याहरुको
कारणले सर्वोच्च शिखर सगरमाथाको महत्व विस्तारै घट्दै गइरहेको छ । यो
हाम्रा लागि दुर्भाग्य हो ।
संयोग भनौ, नेपाल सरकारले सगरमाथा हिरक
महोत्सव मनाइरहेको बेला इतिहासमै सबैभन्दा भयानक हिमपहिरो गएको छ । डेढ
दर्जन भन्दा बढिको ज्यान लिनेगरी गएको उक्त हिमपहिरो यसवर्षको संसारकै
सबैभन्दा बढि चासो र चिन्ताको विषय बनिरहेको छ । हरेक वर्षको जेठ १५ लाई
अन्तर्राष्ट्रिय सगरमाथा दिवश मनाउँदै आइएको छ । सन् १९५३ मे २९ तारिख -जेठ
१५गते)का दिन पर्वतारोहीद्वय तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले
पहिलो पटक सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेको दिनको सम्झनामा सो दिवश
मनाउँदै आइएको हो । यसैबीच सातौं अन्तर्राष्ट्रिय सगरमाथा दिवश मनाइयो । सो
दिवशको अवसरमा राजधानीमा आयोजित विशेष समारोहमा सरकारको उपस्थिति सुन्य
रहृयो ।
शुक्रबार नेपाल पर्यटन बोर्डको प्राङगनमा
आयोजना गरिएको उक्त समारोहमा न पर्यटन बोर्डकै उपस्थिति थियो । यसले पर्यटन
व्यवसायी, पर्यटन बोर्ड र सरकारबीच अहिले पानी बारावारको अवस्था छ भन्ने
पुष्टि गरिदिएको छ । तथापी, यसलाई पनि संयोग नै मान्नुपर्छ । जबकी, अघिल्ला
वर्षहरुमा अन्तर्राष्टिय सगरमाथा दिवशको अवसर पारेर नेपाल पर्यटन बोर्ड,
नेपाल सरकार, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था तथा पर्यटन व्यवसायीहरुले
सामुहिक रुपमा कार्यक्रम आयोजना गर्दै आएको थिए ।
पछिल्लो एक महिनायता पर्यटन व्यवसायीहरु
पर्यटनबोर्ड लक्षित निरन्तर आन्दोलनमा छन् । बोर्ड बन्द भएको पनि धेरै
भइसक्यो । तर त्यसको सुनुवाई गर्नुभन्दा पनि एकले अर्कोलाई लडाउने
खेलमात्रै भइरहेको छ । प्रत्यक समय आपसी आरोपप्रत्यारोप र कटाक्षमै वित्ने
गर्दछ अचेल । तथापी, देशको राजनीतिक भाषणबाजीमा लाम लाग्ने मिडियाहरु पनि
अहिले पर्यटन क्षेत्रको नकारात्मक समाचार सम्प्रेसनमा देखिन्छन् ।
सगरमाथाको आधार शिविरमा हिमपहिरो गएपछि
आरोहण सहयोगी शेर्पाहरुले विभिन्न माग राख्दै यस वर्षलाई कालो वर्षको रुपमा
घोषणा गरेका छन् । जसको प्रभावले नेपालप्रतिको दृष्टिकोण अन्तर्राष्ट्रिय
बजारमा तिब्र रुपमा फैलिरहेको छ । तर, त्यसप्रति न राज्यले चासो दिएको छ न त
अन्य कुनै निकायले नै । नेपालको पर्यटन सगरमाथासँग प्रत्यक्ष वा परोक्ष
रुपमा जोडिएको छ । सगरमाथाकै कारण नेपाललाई संसारले चिनिरहेको छ भने अहिले
पर्यटनलाई देशको आर्थिक मेरुदण्ड सम्म भन्ने अवस्थामा पुगिएको छ । तर,
पर्यटन व्यवसायी तथा सम्बद्ध निकायहरुबीच सगरमाथाको संरक्षण, संवर्द्धनका
निम्ति एकमत भएर अगाडि बढ्न नसक्नु भन्दा विडम्बनापूर्ण कुरा अरु के हुन
सक्छ ? पर्यटन व्यवसायीहरुले आन्दोलन नरोकेसम्म वार्ता नगर्ने घोषणा गरेका
पर्यटन मन्त्रीले आन्दोलन दबाउनकै लागि अन्तर्राष्ट्रिय सगरमाथा दिवशजस्तो
कार्यक्रम सञ्चालनमा नेतृत्व दिन नसकेको देखिन्छ ।
करोडौंको बजेट बनाएर कार्यक्रम बनाएपनि
सोचेअनुरुपको बजेट विनियोजन नभएपछि बेवास्तिएको सगरमाथा हिरक महोत्सव
सुस्ताएको छ । सगरमाथाको यो ६१औं वर्षगाठसम्म आइपुग्दा झण्डै ५ हजार
स्वदेशी तथा विदेशीले विभिन्न कीर्तिमान कायम गरिसकेका छन् भने यो क्रम
तीब्र रुपमा बढिरहेको छ । तथ्याङकअनुसार औसतमा वाषिर्क ३ सय जनाले
सगरमाथाको आरोहण गरेर फरक फरक कीर्तिमानहरु कायम भइरहेका छन् । तर राज्यले
परमिट दिनेबाहेक सगरमाथाको लागि अरु काम गर्न सकेको छैन । सगरमाथा
क्षेत्रमा दिन प्रतिदिन बढिरहेको चापबाट उत्पन्न हुन सक्ने नकारात्मक
पक्षमा खासै ध्यान दिएको पाइदैन । देशको पर्यटनमा केही सुधार आइरहेको बेला
सगरमाथामा गएको हिमपहिरोको विषय अहिले सर्वाधिक चर्चामा छ ।
हिमाल आरोहणका लागि अति उपयूक्त मौसम
मानिने बसन्त ऋतुको सुरूवाती समयमै सगरमाथाको आधार शिविरमा भयानक हिमपहिरो
गएपछि त्यसले संसारलाई नै तरंगित बनाइदिएको छ । घटनाका पीडितहरुले यस
वर्षलाई कालो वर्षको रुपमा घोषणा गर्दै सगरमाथा नचढ्ने उद्घोष गरेका छन् ।
यसले विश्व बजारमा नेपालप्रतिको दृष्टिकोण एकदमै नकारात्मक हुँदै गएको छ ।
जसले गर्दा यहाँको देशको समग्र पर्यटन उद्योगमा दीर्घकालिन रुपमा नकारात्मक
प्रभाव पार्ने सम्भावना प्रवल छ । यसतर्फ ध्यान दिइनुपर्ने टड्कारो
आवश्यकता भइसकेको छ ।
घटनाका श्रृंखला
गत बैशाख ५ मा सगरमाथाको आधार शिविरमा
भयानक हिमपहिरो गयो । उक्त दुखःत दुर्घटनामा परि १३ जना होनाहार
शेर्पाहरुले ज्यान गुमाएका छन् भने तीन जना अझै बेपत्ता छन् । हिमपहिरोमा
परि सालुखुम्बुस्थित नाँम्चे ४ का मिग्मा नुरू शेर्पा, नाँम्चेका ९ दोर्जी
शेर्पा, नाँम्चे ७ का आङछिरिङ शेर्पा, नाम्चे ९ निमा शेर्पा, खुम्जुङ ९
फुर्वा अङगेल शेर्पा, खुम्जुङ २ लाक्पा तेन्जिङ शेर्पा, खुम्जुङ २ का छिरिङ
वाङचु शेर्पा, ताप्लेजुङका दोर्जी खत्री, खुम्जुङ ७ का तेनदोर्जे शेर्पा,
याफु ९ का पुर तेम्वा शेर्पा, मकालु ९ का आङकाजी शेर्पा, जुभिङ ५ का
पासाङकर्मा शेर्पा, सोताङ ९का आशमान तामाङको मृत्यु भएको थियो । त्यस्तै
नाम्चे ९ का तेन्जिङ छोटार शेर्पा, छेस्काम २ का पेमतेन्जी शेर्पा, लाप्राक
७ का आशाबहादुर गुरूङ अझै बेपत्ता छन् ।
सगरमाथामा हिमपहिरो गएको र हिमपहिरोबाट
आरोहीले ज्यान गुमाएको यो नै पहिलो घटना भने होइन । हिलारी र तेन्जिङग
नोर्गे शेर्पाले सगरमाथाको शिखर चुमेयता सगरमाथामा धेरैले मृत्युवरण
गरिसकेका छन् । सबैभन्दा पहिले सन् १९२२ को जुन ७ का दिन ७ जनाको मृत्यु
भएको थियो । बि्रटिस एक्सपिडीसन् दलमा सहभागि ती सबै भारतीय नागरिक भएको
सोलुखुम्बुको फेरुचेमा निर्मित सगरमाथा पार्कमा अंकित छ । त्यस्तै, आरोहणकै
क्रममा भारतीय नागरिकहरु नोर्बु, लाक्पा, पासाङ, पेमा, साङगे, दोर्जे र
तेम्बा मृत्यु भएका छन् । उनीहरु बि्रटिस नागरिक जनरल चाल्र्सको नेतृत्वमा
गएको जि.एल. मालोरी र हवार्ड समरभेलको आरोहण सहयोगीको रुपमा गएका थिए ।
त्यस्तै सन् १९७० को अपि्रल ५ मा पनि गएको हिमपहिरोमा ८ जनाको ज्यान गएको
थियो । जसमा मीमा नोर्बु शेर्पा, फुदोर्जी शेर्पा, छिरीङ टर्की शेर्पा,
पासाङ शेर्पा, कुङगा नोर्बु शेर्पा, कामी छिरीङ शेर्पा, र क्याक शेर्पा थिए
।
त्यस्तै सन् १९७४ मा पनि एकैपटक ५ जनाको
ज्यान गएको थियो । आरोहण सहयोगीहरु लाक्पा शेर्पा, सानु वाङगेल शेर्पा,
पेम्बा दोर्जी शेर्पा, ङवाङ लुटुक शेर्पा र नीमा वाङछु शेर्पाले ज्यान
गुमाएका थिए । त्यस्तै सन् १९९६ कोहिमपहिरोमा परि ८ जना विदेश आरोहीले
ज्यान गुमाएका थिए । सगरमाथामा सर्वप्रथम ज्यान गुमाउने नेपाली भने शम्सेर
पुन रहेको इतिहास रहेको छ। । उनको सन् १९२४ मे १३ मा मृत्यु भएको थियो ।
शमशेर पुन बि्रटिस एक्सपिडीसन् दलमा सहभागि थिए । यी घटनाका नजिरहरुबाट
राज्य र सम्बन्धित निकायहरुले पाठ सिकेर यस्ता दैवीक एवं अन्य कारणबाट हुने
दुर्घटनाहरुलाई न्युनिकरण गर्न राज्यसंयन्त्रले सोच्नुपर्ने बेला आइसकेको छ
।
खालिङ नेपाल पर्यटन पत्रकार मञ्च -टिजेएफ-नेपाल)का कोषाध्यक्ष हुनुहुन्छ ।
२०७१ जेठ १५ गते १६:०० मा प्रकाशित
१५ जेठ, काठमाडौं । विगतका वर्षहरुमा सरकारको आयोजना र पर्यटन व्यावसायीहरुको सक्रिय सहभागितामा मनाउँदै आएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस यस वर्ष व्यवसायीहरुले मात्र मनाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
मन्त्रालय र नेपाल पर्यटन बोर्डले मे २९ तारिखमा सगरमाथा दिवस भव्य रुपमा
मनाउँदै आएको थियो । यस पटक नेपाल पर्यटन बोर्डमा भएको आन्दोलनका कारण
सरकारले सगरमाथा दिवस मनाएन । नेपालको पर्यटन इतिहासमा पहिलो पटक यस्तो
घटना घटेको व्यवसायीहरुको दाबी छ ।
व्यवसायीहरुले भने सरकारको सहभागीताबीना
आन्दोलनकै रुपमा सातौं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएका छन् । पर्यटन
क्षेत्रसँग सम्बद्ध संघ-संस्थाहरुद्धारा गठित संयुक्त पर्यटन समन्वय
समितिले सगरमाथा दिवसको अवसरमा बिहीबार ठमेलदेखि भृकुटीमण्डपस्थित पर्यटन
बोर्डको कार्यालयसम्म र्यालि निकाल्यो ।
र्यालीमा पर्यटन व्यवसायीहरु, पर्यटन
विज्ञहरु एवं पर्यटन मजदुरहरुको बाक्लो उपस्थिती रहेको थियो । तीन
हजारभन्दा बढी व्यवसायीहरु संयुक्त रुपमा विभिन्न नारा लेखिएका ब्यानरसहित
र्यालीमा सहभागी भएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताए ।
र्यालीपश्चात व्यवसायीहरुले पर्यटन बोर्डको प्राङ्गणमा भेला भई औपचारिक
कार्यक्रम गरेका थिए ।
निजी तथा सरकारी साझेदारीको अवधारणामा
स्थापित भएको बोर्डको हालको बनौट र यसको कृयाकलापको बारेमा विगतदेखि नै बहस
हुने गरेपनि यहाँ हुने आर्थिक अनियमितता, भ्रष्टाचारको छानविन गरिनुपर्ने
लगायतका मागहरु राखेर संयुक्त पर्यटन समन्वय समिति विगत ३० दिनदेखि आन्दोलत
रहेको छ । आफ्ना श्रृखलाबद्ध आन्दोलनका कार्यक्रमहरु अनुसार समितिले
बोर्डको प्रांगणमा २४ घण्टे धर्ना र रिले अनसन गर्दै आएको छ । आन्दोलन कै
कार्यक्रम अनुरुप जेटीसीसी संग सम्बद्ध सबै संघसंस्था र व्यवसायीहरुले
बोर्डका अध्यक्ष समेत रहेका पर्यटन सचिवको सार्वजनिक बहिस्कार समेत गर्दै
आएका छन् ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा सन्
१९५३ मा सगरमाथाको प्रथम पटक सफल आरोहण गर्न सफल ब्रिटिस एक्सपीडिसन्स
टिममा सहयोगी मजुरका रुपमा गएका कान्छा शेर्पा रहेका थिए । कान्छा शेर्पा
एडमण्ड हिलारी र तेन्जीङ नोर्गे शेर्पाले सगरमाथाको पहिलो सफल आरोहण गरेको
टोलीका एक मात्र जिवित व्यक्ति हुन् ।
कार्यक्रममा नेपाल पर्वतारोहण संघले सेभेन
समिट महिला टिमलाई सात लाख नगद सहित सम्मान गरेको छ भने माउण्ट के २ आरोहण
टोलीलाई ६ लाख नगदसहित सम्मान गरेको छ । विगतका बर्षहरुमा सगरमाथा
आरोहीहरुलाई सम्मान गरिने गरिएको भएता पनि यस बर्ष सबै सगरमाथा आरोहण
कार्यक्रमहरु रद्द गरिएका छन् ।
प्रमुख अतिथि शेर्पाले कार्यक्रममा
उपस्थितहरुलाई सम्बोधन गर्दै नेपालमा हालसम्म पनि पर्वतारोहीहरुको भविष्य
सुनिश्चित हुने अवस्था नरहेको गुनासो गरेका थिए । विश्वको सर्वोच्च शिखर
सगरमाथाको प्रथम पटक आरोहण भएको दिन सन् १९५३ मे २९ लाई सम्झना गर्दै
अन्तराष्ट्रिय सगरमाथा दिवश मनाइदै अएको छ ।
२०७१ जेठ १५ गते १३:०८ मा प्रकाशित
१५ जेठ, काठमाडौं । नेपाल उद्योग परिसंघले
पर्यटन बोर्डको छवी जोगाउन सरोकारवाला पक्षहरुको पक्षको ध्यानाकर्षण गरेको
छ । परिसंघले प्रेश विज्ञप्ती जारी गर्दै तत्काल विवाद सल्टाउन आग्रह
गरेको हो ।
‘पर्यटन बोर्डमा आर्थिक कारोवार पारदर्शि
नभएको भन्ने विषयमा उत्पन्न विवादको सम्बन्धमा परिसंघको गम्भिर ध्यानाकर्षण
भएको छ’ विज्ञप्तीमा भनिाएको छ ।
मुलुकमा पर्यटन प्रवर्द्धन गर्ने मूख्य
उद्देश्यबाट स्वायत्त निकायको रुपमा स्थापित पर्यटन बोर्डमा केही हप्तादेखि
जारी विवादले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश नजाने र बोर्डको
छविमा समेत प्रतिकूल असर पर्ने भन्दै परिसंघले पर्यटन व्यवसायी र सरकार
दुबैलाई गम्भीर बन्न आग्रह गरेको छ । परिसंघले समस्याको समाधान सम्बादको
माध्यमबाट तत्काल हुनुपर्ने बताएको छ ।

