टुडे समाचारदाता
जनकपुरधाम, १२ जेठ ।
भारतको १५ औ प्रधानमन्त्रीको रुपमा भारतिय जनता पार्टीका नेता नरेन्द्र मोदीले आइतबार सपथग्रहण गर्ने भएकाछन ।
ुसपथग्रहणमा सहभागि हुन नेपालका प्रधानमन्त्री सुशिल कोइराला,
पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफ लगायत दीिक्षण एसिया(सार्क राष्ट्र)का
सरकार प्रमुख अथवा राष्ट्र प्रमुख सहभागि हुने भएकाछन ।प्रम कोइराला
सोमबार बिहान नया“दिल्ली जाने छन ।
भारतमा प्रधानमन्त्रीको सपथग्रहणमा पाकिस्तानी प्रधानमन्त्री लगायत सार्क देसका प्रमुखहरु सहभागि हुन लागेको यो नै पहिलो पटक हो ।
कट्टर हिन्दूवादी नेताको रुपमा परिचित प्रधानमन्त्री मोदीले
चीरप्रतिद्वन्दी पाकिस्तानी प्रधानमन्त्रीलाई सपथग्रहण समारोहमा आमन्त्रण
गरेर ठूलो राजनीतिक बहस सुरु गराएकाछन ।
लोकसभा चुनावमा एक्लैको बलमा भारतीय जनता पार्टीलाई बहुमत दिलाउन सफल
भएका मोदीको राजनीतिक उचाई अत्यधिक बढेकोछ ।झण्डै डेढ दशकपछि कुनै एउटा
दलले बहुमत प्राप्त गरेकोछ ।का“ग्रेस बाहेकको दलले एक्लै सरकार बनाउने
बहुमत प्राप्त गरेको भारतीय संसदीय इतिहासमा पहिलो पटक हो ।
प्रम मोदीको सपथग्रहण समारोहमा सार्क राष्ट्रका उच्चस्तरीय नेताहरुका
अतिरिक्त भारतको रेलवे स्टेशनहरुमा चिया बेच्नेहरुपनि सहभागि हुनेछन ।चिया
पसलेहरुलाई विशेष रुपमा आमन्त्रण गरिएकोछ ।मोदीपनि रेलवे स्टेशनमा चिया
बेच्ने गरेका थिए ।अतिथिहरुका लागि नास्ता र भोजनमा विशेष पकवानहरुको
प्रबन्ध गरिएकोछ ।बिभिन्न राज्यको विशेष परिकारहरुलाई नास्ता र भोजनमा
समावेश गरिएको बताइएकोछ ।
प्रधानमन्त्री मोदीको सपथग्रहणमा निवर्तमान प्रधानमन्त्री डा.मनमोहन
सिंह, कांग्रेस अध्यक्ष सोनिया गांधी, उपाध्यक्ष राहुल गांधी लगायत कयौं
राज्यका मुख्यमन्त्री सहभागि हुनेछन ।
सपथग्रहण समारोहमा अत्यधिक अतिथिहरुलाई सहभागि गराउन राष्ट्रपति भवनको
बाहिरी परिसरमा कार्यक्रम आयोजना गरिने तयारी भएकोछ ।भारतको राष्ट्रपति
भवन विशाल र सुन्दर छ ।
मोदीलाई कटटर हिन्दूबादी नेताको रुपमा आलोचना गर्नेहरुले विदेशी
सहायता रोकिने गरेको नकारात्मक प्रचारलाई असत्य बनाइएकोछ ।विदेशी सहायताको
खोलो नै भारततिर फर्केको संकेत देखिएकोछ ।साठी अर्ब डलरको विदेशी सहायतको
घोषणा भइसकेकोछ ।
सपथग्रहण समारोह सा“झ आयोजना गरिनेछ ।राष्ट्रपतिले प्रधानमन्त्रीको
सपथग्रहण गराएपछि प्रधानमन्त्रीले केहि मन्त्रीहरुको सपथग्रहण गराउनेछन
।मन्त्रीहरुको नाम टु·ो लागिसकेपनि आइतबार अबेर राती सम्म सार्वजनिक गरिएको
छैन ।यस अघि भारतीय जनता पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवारको रुपमा
चर्चामा रहने गरेका लालकृष्ण आडवानी र मुरली मनोहर जोशी सरकारमा जाने,नजाने
टु·ो लागिसकेको छैन ।तर पचास सदस्यीय मन्त्रीमण्डलमा ३० जना कैबिनेट र २०
जना राज्यमन्त्री रहने बताइएकोछ ।उत्तर प्रदेशले पा“च र बिहारले तीन
मन्त्री पाउने संभावना छ ।
सपथग्रहणलाई संसारकै राजनीतिज्ञहरुले चासोका साथ हेरिरहेकाछन ।तर
भारतकै केहि नेताहरुले त्यसको बिरोधमा देखिएकाछन ।पाकिस्तानमा हत्या गरिएका
केहि सहिद परिवारले पाकिस्तानी प्रधानमन्त्रीको उपस्थितिप्रति बिरोध
जनाइरहेका छन ।त्यसैगरि श्रीलंकाका राष्ट्रपतिको पनि भारतमा बिरोध भइरहेकोछ
।
सपथग्रहण समारोहमा सुरक्षाको कडा प्रबन्ध गरिएकोछ ।जमिनदेखि आसमान
सम्म सुरक्षाको प्रबन्धलाई अत्यन्त कडा बनाइएकोछ ।समारोहमा सुरक्षा चुनौती
बढेकोले बिभिन्न एजेन्सीहरुले संयुक्त रुपमा सुरक्षा प्रबन्ध मिलाएकाछन ।
भवनका लागि १० करोड, सल्लाहकार चयन
१ माघ, काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी दुई वर्षका लागि विस्तृत कार्ययोजना तय गर्दै कार्यन्वयनका लागि समयसीमासमेत तोकेको छ ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को ४० औं बैठकले एनआरएनको इतिहासमै सम्भवत पहिलोपटक यस्तो विस्तृत कार्ययोजना पारित गरेको हो ।
जसअन्तरगत केही टास्कफोर्सलाई स्थायी प्रकारका समितिमा रुपान्तरण गरिएको छ भने नयाँ परियोजनाहरु सम्पन्न गर्न समितिहरु गठन गरिएको प्रवक्ता मन केसीले जानकारी दिए । एनआरएन अध्यक्ष घलेले निर्वाचनकै बेलादेखि एनआरएनमा संरचनागत सुधार र समिक्षा गर्ने एजेण्डा उठाउँदै आएका थिए ।
गैरआवासीय नेपाली संघका निर्धारित लक्ष्य प्राप्तिका लागि यो बैठकले जिम्मेवार निकाय र समयसीमा समेत तोकिएको छ ।
गैरआवासीय नेपाली संघलाई संस्थागत र दिगो बनाउन नीतिगत दस्तावेज तयार पार्ने, विभिन्न टास्कफोर्स समितिहरुलाई आत्मनिर्भर बनाउने, भवन निर्माण गर्ने, संस्थालाई आर्थिकरुपले सक्षम र दिगो बनाउन सन् २०१४ को मध्यसम्म उठन बाँकी शुल्क असुल गर्ने, नेपाली नागरिकताको निरन्तरताका लागि लविङ गर्ने, बैदेशिक रोजगार परोपकारी कोषलाई प्रभावकारी कार्यन्वयन गर्ने, नेपालको बृहत्तर समूदायको हितलाई ध्यानमा राख्दै परोपकारी कार्यलाई तिब्रता दिने, एनआरएन सदस्यता अभियानलाई तिब्रता दिँदै बलियो गैरआवासीय नेपाली संजाल निर्माण गर्ने लगायतका कार्ययोजना तय गरेको छ ।
नेपालमा प्रत्यक्ष बैदेशिक लगानी र गैरआवासीय नेपालीको लगानी भित्राउन लगानी परियोजनाहरुलाई प्रर्बद्धन गर्दै सन् २०१५ को मध्यसम्ममा गैरआवासीय नेपालीको लगानीलाई गुणात्मकरुपले बृद्धि गर्ने कार्ययोजना तय गरिएको छ ।
एनआरएन भवनका लागि १० करोड
वैठकले काठमाण्डौमा एनआरएन भनव निर्माणका लागि १० करोड रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ । यसका लागि अध्यक्ष एवं भवन निर्माण कार्यदलका संयोजक शेष घलेले सम्भावित उपयुक्त जग्गा हेर्ने काम भइरहेको जानकारी दिनुभयो ।
वैठकमा उपाध्यक्ष भवन भट्ट र टीवी कार्कीले आ–आफ्नो क्षेत्रको कार्यबिबरण पेश गर्नुभएको थियो भने महासचिव कुमार पन्तले संस्थागत प्रतिबेदन र कोषाध्यक्ष बद्री केसीले आर्थिक बिबरण र बजेट पेश गरेका थिए । महिला संयोजक सपिला राजभण्डारी, युवा संयोजक डा. राजेन्द्रप्रसाद पराजुली, क्षेत्रीय संयोजकहरु– बिष्णु हमाल, गंगा राई, अर्जुन श्रेष्ठ, हिक्मत थापा, चन्द्र रोकाहा र नवराज गुरुङले आ–आफ्नो क्षेत्रका गतिबिधि समेटिएको रिपोर्ट पेश गरेका थिए ।
सल्लाहकार र युवा उपसंयोजक चयन
सल्लाहकार र युवा उपसंयोजक चयन
बैठकले विभिन्न क्षेत्रका १६ जनालाई सल्लाहकार चयन गरेको छ । जसअनुसार डा. हेमराज शर्मा(युरोप), मेजर डमर घले (युरोप), दिलकुमार गुरुङ(युरोप), रतन झा(अमेरिका), दीपक खड्का(ओसियाना), नरेन्द्र भाट(मध्यपूर्व), तेन्जी शेर्पा(नेपाल), सुरज बैद्य(नेपाल), बिश्वकान्त मैनाली(नेपाल), लोकभक्त राना(नेपाल), कुलचन्द्र गौतम(नेपाल), राम खरेल(अमेरिका), डा. देवकाजी डंगोल(मध्यपूर्व), शशि पौडेल(युरोप), श्री नापित(ओसियाना) र युवराज गुरुङ(युरोप) चयन हुनुभएको छ । युवा उपसंयोजकमा अष्ट्रेलियाका कृष्ण गिरीलाई चयन गरिएको छ ।
वैठकमा संस्थाको बिधानअनुसार बिभिन्न क्षेत्रबाट अन्तराष्ट्रिय समन्वय समितिको सदस्यमा मनोनित गर्ने सदस्यका बारेमा छलफल भएको थियो । अफिस बियररको आगामी बैठकले मनोनित सदस्यको टुंगो लगाउने निर्णय भएको छ ।
क्षेत्रीय सम्मेलन जापानमा
बैठकले गैरआवासीय नेपाली संघको क्षेत्रीय सम्मेलन सन् २०१४ मा जापानमा आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनको स्थान र मिति निर्धारण गर्ने जिम्मा एसिया प्यासिफक क्षेत्रीय संयोजक र उपसंयोजकलाई दिएको छ ।
एनआरएनएको युरोप क्षेत्रीय वैठक जुन महिनाको ७ र ८ तारिखमा स्पेनको बार्सिलोनामा र मध्यपूर्व क्षेत्रीय वैठक मे महिनामा बहराइनमा आयोजना गर्ने निर्णय गरेको छ ।
रोजगारीका लागि गएकामध्ये ३२९ जना नेपाली मलेसियामा जेल जीवन विताइरहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले मलेसियाली सरकारसँग जेलसजाय भोगिरहेका नेपालीको तथ्यांक मागेको थियो । दूतावासले छिट्टै नेपाली रहेका जेलमा गई उनीहरुको जानकारी लिने भएको छ ।
दूतावासले मलेसियाली सरकारसँग जेलसजाय भोगिरहेका नेपालीको तथ्यांक मागेको थियो । दूतावासले छिट्टै नेपाली रहेका जेलमा गई उनीहरुको जानकारी लिने भएको छ ।
राजदूत निरञ्जनमानसिंह बस्न्यातले भने, ‘छिट्टै उनीहरुको अवस्था बुझेर सम्भव भएकालाई सक्दो चाँडो घर फर्काउन पहल थाल्नेछौं ।’
मलेसियामा गम्भीर अपराधदेखि चोरी मुद्दास
