संविधानसभाबाट
बन्ने नयाँ संविधानमा
माौलिक हकका बारेमा बहस भइरहेको छ ।
यसैक्रममा मौलिक हकका नाममा लिभिङ
टुगेदरलाई मान्यता दिन नहुने धारणा
राखेकी छन् परिवार दलकी सभासद मिलन
राजवंशीले ।
झापा
मेचीनगरको आदिवासी समुदाय
राजवंशी परिवारबाट राजनीतिमा आएकी मिलन
राजवंशी अविवाहित सभासद हुन् । उनी
आफू अविवाहितमात्र होइन, कुमारी
नै रहेको दाबी गर्छिन् । प्रस्तुत छ,
संविधानसभाको अनुभव र व्यक्तिगत सवालमा
अनलाइनखबरले २९ वर्षीया सभासद मिलन
राजवंशीसँग गरेको कुराकानी
पार्टीको
नामै परिवार दल छ, जम्मा संविधानसभामा तपाईहरु २ जनाको परिवार उपस्थित छ, आफ्नो
भूमिका कता पाउनुहुन्छ ?
संविधानसभामा
जुन पार्टीका जति सभासद भए
पनि आखिर सभासद सबैको महत्व उत्तिकै हो
। जहाँसम्म भूमिकाको कुरा छ, भूमिका
खोज्ने भन्दा पनि आफूले बनाउने कुरा हो
। मलाई भर्खरकी केटी, सानो पार्टीकी सभासद भनेर शुरुमा धेरैले हेप्न नखोजेका होइनन् । तर
आफ्नै भूमिकाका कारण अहिले मलाई सबैले बोल्ड भूमिकामा देख्न थालेका
छन् । संविधान निर्माण प्रक्रियामा म अरु सभासदभन्दा आफूलाई अब्बल भूमिकामा
छु भन्ने लाग्छ ।
पहिलोपल्ट
सभासद बन्दा जुन कल्पना गर्नुभएको थियो,
सभासद भएर संविधानसभामा छिरेपछि त्यो
भन्दा फरक भयो कि कल्पना गरेजस्तै ?
म
०६४ सालको संविधानसभा निर्वाचनमा पनि
परिवारदलबाट समानुपातिक सभासदको
उम्मेदवार थिएँ । तर, त्यसपटक पार्टीले
एकसिट मात्र पाएकाले सभासद हुन पाइएन ।
यसपटक सभासद भएपछि स्वभाविक रुपमा
मनमा धेरै कल्पनाहरु आएका थिए । यसो
गर्छु, उसो गर्छु भन्ने थियो । तर,
यहाँ आएपछि राज्यको मेकानिज्म नै यस्तो
छ कि हामीले चाहेर पनि केही गर्न
नसकिने रहेछ ।
संविधान
बनाउने ठूला दलहरुले नै हो,
माघभित्र संविधान जारी गर्ने
प्रतिबद्धता ठूला दलहरुले पूरा गरेका छन् भन्ने त थाहा छ नि होइन ?
ठूलो
र सानो दलको लघुताभाष हामीलाई छैन । म
बास्तवमा कुनै दलका शीर्ष नेताभन्दा कम
खटेकी छैन । तपाईलाई भनौं, संविधानसभा चुनावअघि मेरो तौल ५८ केजी थियो, अहिले घटेर ४८ केजीमा
झरेको छ । आफैं अनुमान लगाउनुस् हामी कति खटेका छौं र यो देशको
अवस्थाप्रति कति चिन्तित छौं भनेर । मैले त ठूला दलका ठूला नेताहरुलाई पनि
भन्ने गरेकी छु, हामीलाई साना भनेर नहेप्नुस् । तपाईहरुसँग भन्दा बढी ज्ञान, सीप र विद्धता हामीसँग छ भनेर मैले त भनेकी छु ।
साना
दलका नेताहरुले त सभासदमा आफ्नै श्रीमती,
प्रेमिका र पैसावालाहरुलाई मात्र दिने
गरेका थिए, तपाई कुन कोटीमा पर्नुभयो ?
वास्तवमा
मलाई धेरैले यो प्रश्न गरेका छन्
। केही साना दलले समानुपातिक प्रणालीको
नाममा श्रीमती, प्रेमिका र पैसामा
सभासद बेचेका कारण सबैलाई एउटै कोटीमा
राखेर हेर्न थालियो । तर, हाम्रो
पार्टीमा त्यस्तो भएन । हुन त हाम्रो
अध्यक्षकी श्रीमती पनि उम्मेदवार
हुनुहुन्थ्यो तर जातीय, क्षेत्रीय, लिंगीय सबै
समावेशीकरणका लागि परिवार
दलले मलाई सभासद बनाएको हो । यसमा कुनै
शंका गर्नु पर्दैन ।
परिवार
दललाई त क्रिश्चियन धर्म प्रचार गर्ने संस्था भनिँदो रहेछ नि होइन ?
यो
आरोप पनि धेरै ठाउँमा मैले सुनेँ ।
युनिभर्सल पिस फेडरेशन भन्ने संस्था र
परिवार दलको सम्बन्धमा जसरी यो कुरा
आएको छ,
यो शतप्रतिशत गलत छ । यदि त्रिश्चियनको
पार्टी हुन्थ्यो भने म कसरी
सभासद बन्न सक्थेँ ? म त पुस्तौंदेखि
हिन्दू परिवारकी हुँ ।
पार्टीको
नाम परिवार दल छ, परिवार
दलका अध्यक्ष एकनाथ ढकालका सात-आठवटी
छोरीसहितको ठूलो परिवार छ भनिन्छ,
अनि तपाईको परिवार चाहिँ कत्रो छ ?
परिवार
दल भन्दैमा धेरै ठूलो परिवार
जन्माउने वा श्रीमान-श्रीमती धेरै
भित्र्याउने भन्ने अर्थ नलगाउनुहोला ।
जहाँसम्म मेरो परिवारको कुरा छ, अहिलेसम्म त म
अविवाहित छु, बुबाआमासहितको
परिवारमा बस्छु । अब विस्तारै आफ्नो
परिवार निर्माण गर्नेतिर सोच्दैछु ।
संविधान
निर्माण गरेपछि परिवार निर्माण गर्ने बिचार हो कि अघि नै ?
त्यस्तो
कुनै बारबन्देज छैन । यो जन्म, मृत्यु र बिहे भन्ने कुरा यतिबेलै गर्छु भनेर हुँदो रहेन छ ।
संविधान निर्माणसँग बिहेको कुनै सम्बन्ध छैन । तर, उपयुक्त मान्छे
नभेटेर विवाह नभएको हो । राइट टाइम,
राइट प्लेस र राइट पर्सन भेटिएपछि बिहे
गर्छु । मेरा मागी बिहे होस् भन्ने चाहान्छु र त्यो पनि अन्तरजातीय, अन्तर भाषिक र अन्तर धार्मिकखालको भए सुनमा सुगन्ध हुन्थ्यो ।
सभासदसँग
बिहे गर्नका लागि त केटाहरुको ताँती नै लाग्छ होला नि ?
हा
हा हा…वास्तवमा उल्टो भएको छ मेरो हकमा । सभासद हुनुभन्दा
अघि धेरैले प्रपोज गर्थे । कतिपय त हुरुक्कै भएका थिए । मसँग प्रेम र बिहे
गर्नका लागि दरखास्त हाल्नेको लाइन नै थियो । तर,
सभासद भएपछि किन हो कुन्नि, मान्छेहरु हच्किँदा
रहेछन् । बिहे गर्छु, प्रेम
गर्छु भन्नेहरु एकाएक साइड लागे । अहिले
पनि केही मान्छे त पछि लागेका छन्,
तर मैले हरियो बत्ती बालेको छैन ।
बिहे
मात्रै नगरेको त हो नि, बिहेजन्य कामलाई राजनीतिले रोक्दैन क्यारे ?
तपाइको
प्रश्नको आशय मैले बुझेँ ।
वास्तवमा म सभासद बन्नुअघि चार वर्ष
अमेरिकामा बसेँ । जापान, कोरियालगायत
विदेशमा धेरै समय काममा रहेँ । कसैले
पनि पत्याउदैन म कुमारी छुभन्दा ।
यतिका वर्षमा विदेशमा बसेकी, राजनीतिमा लागेर
सभासद भइसकेकी युवती कसरी
कुमारी हुन्छे भन्छन् । यो मान्छेको
सोच्ने दृष्टिकोणको समस्या हो । मैले
ढाँट्नुपर्ने वा लुकाउनुपर्ने कुरा छैन
। वास्तवमा आजको मितिसम्म म कुमारी
छु र मेरो मान्यता भनेको बिहे गरेको
पहिलो रात आफ्नो श्रीमान वा श्रीमतीले
दिने उपहार नै कुमारित्व हो भन्ने छ ।
विदेशमा
बस्दा धेरै साथीले यौन सम्बन्धको
प्रस्ताव राख्थे । तर, मैले हाम्रो संस्कार
यस्तो होइन भनेर उनीहरुलाई
सम्झाउँथे । कतिपयले त मबाट बच्चा
जन्माउन पनि खोजेका हुन् ।
तपाईले
कुमारी छु भन्दा कसले पत्याउलान् र होइन ?
पत्याउनु
नपत्याउनु मान्छेमा भर पर्छ ।
मलाई थाहा छ, अनलाइनखबरमा यो
अन्तरवार्ता प्रकाशित हुँदा पनि धेरैले
नपत्याउन सक्छन् । कस्ता कस्ता कमेन्ट
आउछन् भन्ने पनि मैले मनमा सोची
सकेकी छु । म कुमारी छु भन्दा
संविधानसभाका धेरै सभासद साथीहरुले पनि
पत्याउदैनन् । तपाई अझै पनि कुमारी नै
हो र ? भनेर प्रश्न गर्छन् । तर,
मलाई मेरा गुरु मुनले कुमारी रहने तरिका
सिकाउनुभयो । म आफूलाई कुमारी
राख्नमा मेरा गुरुको दीक्षाले काम गरेको
ठान्छु । डा. मुनको दर्शन पढेर
कुमारीत्व जोगाउन सिकेकी हुँ ।
संविधानसभामा
मौलिक अधिकारको विषयमा छलफल चलेको छ,
अहिलेको पुस्ताले यौन स्वतन्त्रतालाई
पनि मौलिक हकको रुपमा राख्नुपर्छ भन्छ नि ?
वास्तवमा
मैले देखिरहेकी छु, नयाँ पुस्ता
निकै उदार भएको छ । विहेपूर्वको
सेक्सलाई सामान्य मात्र होइन, कतिपयले त
मौलिक हक भन्न थालेका छन् । ठिकै छ
व्यक्तिगत कुरा हो, यसमा म केही भन्दिँन
। तर,
जोसँग पनि जहाँ पनि जतिबेला पनि गरिने
सम्बन्धले अराजकता निम्त्याउँछ । अहिले त बिहे नगरीसँगै बस्ने लिभिङ टुगेदर
संस्कृति नेपालमा पनि देखिन थालेको छ । म यस्तो प्रवृतिको सख्त बिरोधी हो ।
लिभिङ टुगेदरलाई नेपालमा संस्थागत हुन दिनुहुँदैन ।
नेपाली काँग्रेसका युवा नेता गगन थापाले पार्टीका शीर्ष नेताहरुले जे निर्णय गर्छन् त्यसमा तालीमात्रै पड्काएर बस्नुको औचित्य नरहेको वताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले बिहीवार राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो,’सधै नेताहरुले जे गर्छन त्यसमा ताली पड्काएर बस्नुको औचित्य छैन । त्यसपछि यूवाहरुले नयाँ ढंगले सोच्नु पर्छ । ‘
समानुपातिको सूची बनाउँदा नेपाली काँग्रेस पार्टीले निर्णय नगरी महाराजगञ्ज दरवार र बुढानिलकण्ठ दरवारी मोर्चाको हुकुम प्रमाङगिबाट भएको आरोप लगाउँदै थापाले काँग्रेसभित्र भागबण्डाको नाममा काले काले मिलेर खाँउ भालेको शैली देखिएको बताउनुभयो । थापाले एक वर्षभित्र संविधान निर्माण र स्थानीय निकायको निर्वाचन नगरे नेताहरुको दास भएर पार्टीमा बस्नुको औचित्य नहुने बताउनु भयो ।
उहाँले काँग्रेसभित्र समानुपातिक सभासद चयनमा ४० र ६० प्रतिशतको भाग बण्डा पहिला नै भईसकेकोले चयनमा भन्दा पनि गुट भित्रका उपगुटहरुवीच सभासद बाँडफाँडको विषयलाई लिएर ढिला भएको भन्दै अब समानुपातिक निर्वाचन प्रणाली नै हटाउनु पर्ने माग गर्नु भयो । थापाले भन्नुभयो,’नेताहरुले पार्टी नै चलाउन जान्नु भएन ।जसको मुल्य लोकतन्त्रले चुकाउनु परेको छ । अझै समानुपातिक निर्वाचन प्रणालीले त दल सञ्चालन र लोकतन्त्रमा झनै ठूलो समस्या ल्यायो । अब यो प्रणालीको अन्त्य गर्नु पर्छ । ‘
उहाँले समानुपातिक निर्वाचन प्रणालीको साटो प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेशी गर्ने निर्वाचन प्रणाली खोज्नु पर्ने भन्दै आगामि संविधानमा समानुपातिक प्रणाली लेखिए त्यो मुलुककै लागि दुर्भाग्यपूर्ण हुने चेतावनी दिनुभयो । थापाले पार्टीभित्र न्याय गर्न नसक्ने नेताहरुले सहमतिको राग अलाप्न नहुने तर्क गर्दै १ वर्षभित्र सहमति नभए प्रक्रियाबाट संविधान जारी गर्नु पर्ने जिकिर गर्नु भयो ।
उहाँले पार्टीसँग पैसामा सभासद किनेका र आफ्न्त भएकाले सभासद बनेकाहरुवीच आफू बसेर संविधान निर्माणमा बहस गर्नु लाजमर्दो अवस्था भएको समेत गुनासो गर्नु भयो ।
कार्यक्रममा नेकपा एमालेका यूवा नेता रविन्द्र अधिकारीले काँग्रेस पहिलो पाटी बनेकोले उसले आफ्नो अनुकुलतामा सरकार निर्माण गर्न सुझाव दिँदै सहमति नभए एमाले प्रतिपक्षमा बस्ने स्पष्ट पार्नु भयो ।
उहाँले भन्नुभयो,’काँग्रेसको सहजतामा सरकार बनोस, एमाले प्रतिपक्षमै बस्दा राम्रो हुन्छ । संविधान जारी नहुँदा सम्मसँगै जाआँै भन्ने हो भने संविधान बनेपछि एमालेले प्रतिपक्षमा जान्छ । तर संविधानसभामा भने हामि प्रतिपक्ष होईन, सहमतिमै अघि बढ्छौँ । ‘
दाङमा तीन जना कम्लरीको उद्धार गरिएको छ । बिहीवार देखि थालिएको कम्लरी मुक्त अभियानको पहिलो दिन नै घोराहीका विभिन्न स्थानवाट तीनजना कम्लरीको उद्धार गरिएको हो ।
घोराही दामोदर नजिकै कपडा पसल रहेको पदम श्रेष्ठको घरबाट घोराही ११ रतनपुरकी १५ वर्षीया लक्ष्मी चौधरी, १३ वषिर्या कल्पना चौधरीलाई प्रकाश श्रेष्ठको घरबाट र ज्ञानवहादुर बस्नेतको घरबाट रतनपुरकै ११ वर्षीया विमला चौधरीको उद्धार गरिएको जिल्ला बालकल्याण समितिले जानएको छ । उद्धारपछि तीन कम्लरीलाई अभिभावक इन्द्रमणी चौधरीको जिम्मा लगाइएको समितिले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको निर्देशनमा जिल्ला बालकल्याण समिति दाङको अगुवाई एवम मुक्त कमलरी विकास मञ्चको सहयकार्यमा दाङमा कम्लरी छापा मार्ने कामको थालनी गरिएको हो ।
निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न संविधानसभा निर्वाचनको अन्तिम परिणम राष्ट्रपतिमसक्ष पेश गरेको छ । यससँगै संविधानसभाको बैठक आहृवानको बाटो खुलेको छ ।
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसहितका आयुक्तहरुले बिहीबार राष्ट्रपतिलाई भेटेर प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित ३० दलका ५ सय ७५ संविधानसभा सदस्यको नामावली पेश गर्नु भएको हो ।
राष्ट्रपतिलाई बुझाइएको नामावली राजपत्रमा समेत प्रकाशन गर्ने निर्णय आयोगले गरेको प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो । राजपत्रमा परिणाम प्रकाशित भएको २१ दिनभित्र संविधानसभाको पहिलो बैठक आहृवान गर्ने व्यवस्था छ ।
राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाए सकेपछि प्रमुख निर्वाचन आयुक्त उप्रेतीले मुलुकले सुम्पेको जिम्मेवारी आयोगले पूरा गरेको प्रतिक्रिया दिनुभयो । उहाँले संविधानसभा निर्वाचन भयरहित वातावरणमा सम्पन्न भएको र राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा विश्वसनीय रहेको भन्दै आयोगले आफ्नो काम सम्पन्न गरेको बताउनुभयो ।
दैनिक ९ घण्टा लोडसेडिङको मार खेप्दै आएका नेपालीहरुले थप मार खेप्नुपर्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि दैनिक ३ घण्टा थपेर १२ घण्टाको दरले लोडसेडिङ गर्ने जनाएको छ । अब सातामा ८० घण्टा लोडसेडिङ हुनेछ ।
प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार सातामा ३ दिन १२ घण्टा र ४ दिन ११ घण्टाको दरले लोडसेडिङ हुनेछ । केही समय अगाडी उर्जामन्त्री उमकान्त झाले यस वर्ष दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ नहुने बताउनुभएको थियो ।
तर, हिउँदको मध्यतिर लोडसेडिङको समयावधी दैनिक १२ घण्टा पुगेपछि यस वर्ष पनि १५/१६ घण्टासम्म लोडसेडिङको मार खेप्नुपर्ने संकेत देखिएको छ ।

