निर्वाचन आयोगले असार ८ गते हुने संविधानसभा उपनिर्वाचनमा दुई लाख ५१ हजार ३ सय ४ मतदाताका लागि १ सय ३७ मतदानस्थल र ३ सय २४ मतदान केन्द्र तोकेको छ ।
आयोगले उपनिर्वाचन हुने क्षेत्र काठमाडौं २, चितवन ४, बर्दिया १ र कञ्चनपुर ६ मा कुल दुई लाख ५१ हजार ३ सय ४ मतदाता रहेको जानकारी दिएको हो ।
प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीका अनुसार उपनिर्वाचनमा मतदाताहरु मतदानकेन्द्र र मतदानस्थलमा पुगेर विद्युतीय मतदान गर्न पाउनेछन् । उपनिर्वाचनका लागि आयोगले यी क्षेत्रका मतदाता नामावली संकलन तथा अद्यावधिक, मतदाता नामावली छपाइ, निर्वाचन अधिकृत नियुक्त, अधिकृतको कार्यालय स्थापना, आचारसंहिता कायान्वयन र अनुगमनजस्ता निर्वाचनसँग सम्बन्धित काम गरिरहेको उनले जानकारी दिए ।
उपनिर्वाचनमा उम्मेद्वार मनोनयन गर्न आयोगले आइतबारको समय तोकेको छ । प्रमुख निर्वाचन आयुक्त उप्रतीले निर्वाचनको तयारीका लागि आयोग जोडतोड्का साथ जुटेको बताएक छन् ।
१२ जेठ, काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले बेस ट्रान्सिभर स्टेसन (बीटीएस)हरुलाई
गुगल म्यापसँग जोड्दै दूरसञ्चार सेवाको अनुगमन सहज बनाउने भएको छ । उसले
सबै सेवाप्रदायकका टावरहरु भौगोलिक सूचना सिस्टम (जीआईएस) मा रुपान्तरण गरी
एउटै सर्भरबाट देशभर अनुगमन गर्नेछ ।
मोबाइल/टेलिफोन सेवाको गुणस्तर अभिवृति तथा प्राकृतिक विपत्तिमा
अत्यावश्यक सूचनालाई निरन्तर राख्ने लक्ष्यबमोजिम यो कार्यक्रम अघि सारिएको
प्राधिकरणले जनाएको कारोबारमा खबर छ ।
प्राधिकरणले चालू आर्थिक वर्षभित्र परामर्शदाता छनोट गरी अर्को
वर्षभित्र सम्पूर्ण बीटीएसलाई जीआईएसमा लैजाने तयारी गरेको छ । रुपान्तरण
पछि प्राधिकरणले देशका जुनशुकै स्थानका बीटीएस ‘डाउन’ भए पनि तुरुन्त
सेवाप्रदायकलाई निर्देशन दिन सक्नेछ । भौगोलिक विविधताका कारण हालसम्म
दुर्गममा बीटीएस टावर बिगि्रँदा महिनौंसम्म पनि सेवा अवरुद्ध हुने गरेको छ ।
‘जीआईएस सिस्टमबाट एकारित तुरुन्तै कारबाहीको प्रक्रिाय अगाडि बढाउन
सकिनेछ भने अर्कातिर सेवाको गुणस्तरमा पनि सुधार आउनेछ,’ प्राधिकरणका सहायक
निर्देशक अच्युतानन्द मिश्रले् भने, ‘नेपालको समग्र दूरसञ्चार सेवाको
डेटाबेस तयार गर्न परामर्शदताबाट आवेदन पनि माग गरिसकेका छौं ।
१२ जेठ, पाल्पा ।
चट्याङले लागेर पाल्पामा २ जनाको मृत्यु भएको छ । आइतबार साँझ परेको चट्याङले लाग्दा कचल १ मुर्छुङगाकी २७ वर्षकी भुमिकुमारी लम्तरी र २० वर्षकी उमीकुमारी लम्तरीको मृत्यु भएको हो ।
चट्याङले लागेर पाल्पामा २ जनाको मृत्यु भएको छ । आइतबार साँझ परेको चट्याङले लाग्दा कचल १ मुर्छुङगाकी २७ वर्षकी भुमिकुमारी लम्तरी र २० वर्षकी उमीकुमारी लम्तरीको मृत्यु भएको हो ।
चट्याङले लागेर गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नवलपरारीमा ३ को मृत्यु
त्यस्तै नवलपरासीको रामग्राम नगरपालिका १ स्थित शिवशंकर इँटा उद्योगमा
आइबार साँझ नै परेको चट्याङ लागेर उद्योगमा कार्यरत तीन मजदुरको मृत्यु
भएको हो । चट्याङमा परी ४ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरिक्षक विष्णुहरि गौतमका
अनुसार भारत उत्तरप्रदेश घर भई इँटा उद्योगमा कार्यरत कल्मा मन्सरी,
रुक्सना मन्सुरी र समना मन्सुरीको मृत्यु भएको हो। चट्याङ लागेर घाइते भएका
चार मजदुरको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको एसपी गौतमले जानकारी दिए ।
टुडे समाचारदाता
जनकपुरधाम, ११ जेठ ।
हरेक हप्ता गरिदै आएको गंगासागर सरसफाइ अभियानले शनिवार पनि निरन्तरता
पाएको छ । जनकपुरधामको पवित्र सरोवर गंगासागर सरसफाई अभियानमा स्थानिय,
विद्यार्थी, सरकारी कार्मचारी, कलाकार, पत्रकार लगायतको सहभागिता थियो ।
गंगासागरलाई सफा र सुन्दर बनाउने उद्देश्कासाथ सुरु भएको सरसफाइ अभियानले
१२ हप्ता पुरा गरेको छ ।
उक्त समय अवधिमा गंगासागरबाट ५५ ट्रयाक्टर भन्दा बढी फोहर बढी फोहोर
निकालिएको छ । गंगासागरको छेउमा विभिन्न प्रजातिको विरुवा समेत लगाइएको छ ।
यसैबीच शनिवारको सरसफाई अभियानमा जनकपुरका हिमाली बोडिङ स्कुलका
विद्यार्थीहरुले समेत सहभागिता जनाएका थिए । विद्यालयका प्रिन्सिपल रमेश
कुमार साहको नेतृत्वमा करिव ५० जना विद्यार्थी तथा शिक्षकहरु सहभागी भई
गंगा सागरको सफाई गरेका थिए । विद्यालयका प्रिन्सिपल साहले गंगा सागर
धरोहरको रुपमा रहेकाले सफाई नियमित सफाई गर्नुपर्ने आवश्यकता औल्याए । सफाई
कार्यक्रममा हिमाली बोर्डिंग स्कूलका शिक्षकहरु सुरेन्द्र साह, विनोद साह,
पशुपति यादव र फाउण्डर दिपेन्द्र साह लगायतको समेत सहभागिता थियो ।
सफाई अभियानमा हिमाली बोर्डिंग स्कूलका साथै जानकी बोर्डिङ स्कूल, मदर
टेरेसा बोर्डिङ स्कूलका शिक्षक तथा विद्यार्थीहरुको समेत सहभागिता थियो ।
सेभ हिस्टोरिकल नाम दिइएको सफाई अभियानले सोचेभन्दा बढी सफलता पाएको
अभियानकर्ताहरुको दाबी छ । नेपाल पत्रकार महासंघका सभापति रामअशिष यादवको
विशेष नेतृत्वमा अभियान चलिरहेको छ । अभियानमा अंचल प्रहरी कार्यालयका
वरिष्ठ प्रहरी उपरिक्षक शिव लामिछाने, मानव अधिकारकर्मी बिजय दत्त,
अधिवक्ता राजकुमार महासेठ, युवा नेता सरोज मिश्र, पत्रकारहरु ध्रुव कुमार
झा, जीेतेन्द्र प्रसाद सिंह लगायतको सक्रिय सहभागिता रहने गरेको छ ।
गंगासागर सफाईमा जुटेका अभियानीहरु सरोवरहरुको सरसफाईबारे जनचेतना
फैलाउने कार्यलाई समेत निरन्तरता दिएका छन । अभियानीहरु विभिन्न सरकारी तथा
निजि विद्यालयहरुमा पुगी गंगासागर लगायतका सरोबरमा फोहर वस्तु फाल्नाले
हुने असरबारे जनाकारी गराउने गरेका छन । गंगासागरमा गंगामाताको बास हुने
भएकाले घरायसी फोहर पदार्थ फयाक्दा पापको भागेदारी बन्ने सरसफाई अभियानका
अगुवा रामअशिष यादवको भनाई छ ।

