पाँचथरमा ट्याक्टर दुर्घटना एकको मृत्यु, तीन घाइते

पाँचथर । पाँचथरमा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । शुक्रवार विहान पाँचथरको धारापानीमा मे १ त २०५७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा नवमिडाँडा-३ का ४० वर्षीय प्रेमवहादुर दुलालको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुलालको उपचारका लागि फिदिम लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक थर्पु-१ का चुलवुल भारती, सहचालक इलाम मंगलवारे-६ का देवीकुमार राई र ट्याक्टर मालिक नवमिडाँडा-१ का प्रेम चाम्लिङ घाइते भएका छन् । उनीहरुको पाँचथर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.