कांग्रेस सभापति कोइराला र ओलीबीच भेटवार्ता
१४ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष झलनाथ खनालले भेटेर सरकारको नेतृत्व लिन औपचारिक प्रस्ताव राखेको भोलिपल्ट कोइराला र ओलीबीच छलफल भएको हो ।
कोइराला निवास महाराजगन्जमा आज साँझ भएको भेटवार्तामा दुवै दलबीच सरकार गठन लगायतका विषयमा समझदारी गरेर अघि बढ्ने सहमति भएको छ । भेटवार्तापछि एमाले नेता ओलीले केही दल विभिन्न कारणले संविधानसभा बाहिर रहेको र केही दल संविधानसभा बाहिर रहनुपर्दछ कि भन्ने अवस्थामा रहेकाले सबैको सहमति जुटाएर संविधान लेखनको काम सक्नुपर्ने बताउनुभयो ।
उहाँले ठूलो दलको रुपमा कांग्रेस सरकारको नेतृत्वको दावी गर्नु अनौठो नभएको बताउनुभयो । नेता ओलीले उत्तिकै हैसियत भएको एमाले र पहिलो दल बनेको काँग्रेसबीच एक आपसमा सहमति गरेर अहिलेको निकास निकालिनु पर्ने बताउनुभयो ।
राष्ट्रपति परिवर्तन हुन्छ कि भन्न्ो प्रश्नमा नेता ओलीले भन्नुभयो-”संविधान जतिबेला चाहियो त्यतिबेला चलाउने विषय होइन, सबै कुरा विचार पुर्याएर गर्नुपर्छ ।”
0 comments
Write Down Your Responses