बच्चा जन्माएर जंगलमा फालेको आरोपमा युवती पक्राउ
रामेछाप /नवजात शिसु जन्माएर जिउँदै जंगलमा फालेको आरोपमा रामेछापको प्रिति गाविस–७ बाट प्रहरीले बुधबार एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रिति गाविस–७ की सूर्यकुमारी मगर रहेकी छिन् । प्रिति गाविसमा जन्माएर जंलमा फालेको अवस्थामा बुधबार दिउँसो जिवितै अवस्थामा शिसु फेला परेको थियो । प्रिति गाविस–७ को गिलुवाको जंगलमा गाई चराउन जाँदा स्थानीय टीकाराम मगरले बच्चीलाई फेला पारेका थिए । बच्ची जिवित नै देखेपछि उनले गाउँलेलाई खबर गरेका थिए ।
खबर पाएपछि प्रहरी र गाउँलेहरु जंगलमा पुगरे बच्चीको जीवितनै उद्दार गरी नजीकैको मेडिकलमा लगेका थिए । उनको बुधबार साँझ मृत्यु भएपछि प्रहरीले घटनामा संलग्नको खोजि कार्य सुरु गरेको थियो । खोजिको क्रममा उनलाई शंकालागि प्रहरीले पक्राउ गरी जाँच गर्दा बच्चा उनले नै जन्माएको खुलेको थियो । त्यस पछि सोधपुछ गर्दा उनले स्थानीय दीपक रसाइलीसँगको शारिरिक सम्बन्धबाट आएको गर्भले बच्चि जन्माएको प्रहरी र गाउँले समक्ष बताएकी थिइन् । बाटोको छेउमा बच्ची जन्माएको र त्यस पछि दुवै जना मिलि बच्चीलाई नजिकैको जंगलमा छाडेर दीपक काठमाडौँ भागेको र आफू घर फर्किको ती युवतीले स्थानीय समक्ष बाएकी छिन् । उनीहरुले विहान १० बजेतिर जंगलमा जन्माएर छाडेको बच्चि दिउँसो २ः३० बजेतिर जिवित अवस्थामा नै फेला परेकी थिइन् ।

0 comments
Write Down Your Responses