हात्तीले लियो दुईको ज्यान

पर्साको जितपुर गाविसमा हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । लगत्तै भारत प्रवेश गरेको पर्सा वन्यजन्तु आरक्षको उक्त हात्तीले त्यहाँ पनि अर्का १ जनाको ज्यान लिएको छ । त्यसपछि हात्ती पुनः नेपालतर्फ प्रवेश गरेको छ । हात्तीले सोमबार राति जितपुर ९, सहजानपुरका ३५ वषर्ीय भिकारी पासवानको र मंगलबार राति भारत, बिहार मानपुर थाना इमलिया टोलका ४० वषर्ीय गावरी लोकटाको ज्यान लिएको हो ।

हात्तीले झन्डै सातादेखि पर्साको शंकरसरैया, सुवर्णपुर, जितपुरलगायत गाविस तथा आसपास क्षेत्रमा आतंक मच्चाउँदै आएको छ । हात्ती धपाउन जिल्ला वनबाट अधिकृत हेमन्त साह र आरक्षका वार्डेन नीलाम्बर मिश्रको नेतृत्वमा २ टोली भारत गएका छन् । टोलीले निकै प्रयास गरे पनि सफलता नमिलेपछि आफूहरू मंगलबार राति फर्किएको साहले जनाए । आफूहरू फर्किएलगत्तै हात्तीले भारतीय नागरिकको समेत ज्यान लिएको साहले बताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.