‘एफक्यूव’मा तेश्रो पर्दाको सुरुवात, सुविधासम्पन्न रहेको दावी
यसअघि एउटै भवनमा २ वटा पर्दामा चलचित्र देखाउँदै आएका ‘के एल सिनेमा सिटी’ संचालकहरुले े तेश्रो पर्दाको पनि सुरुवात गरेका छन् । अत्याधुनिक प्रविधि जडान गरिएको भनिएको यो हलमा ‘थोर’ नामक हलिउड सिनेमा प्रदर्शन गरिएको थियो ।
दर्शकहरुलाई बढी रोमाञ्चक अनुभव प्रदान गर्नको लागि सबै सीटमा साउण्ड र मोसन सेन्सर प्रविधी जडान गरिएको छ । चलचित्रमा जस्तो एक्सन हुन्छ, सटीमा बस्ने दर्शकले त्यस्तै अनुभव गर्न पाउने हल संचालकहरुको धारणा छ ।

तेश्रो हल उद्घाटन समारोहमा चलचित्र क्षेत्रका निर्माता, वितरक, पत्रकार तथा केही कलाकारहरुको पनि उपस्थिती थियो । उनीहरुले ‘थोर’ नामक हलिउड सिनेमा थ्रीडी प्रविधिमा हेरेर नयाँ अनुभव गरेको बताए ।
यसअघि क्यूव १ र क्यूव २ जस्तो अन्तरराष्ट्रिय प्रविधी जडान हलको अनुभव दर्शकलाई गराएका संचालकहरुले क्यूव ३ अझै सुविधा सम्पन्न भएको दावी गरेका छन् ।
0 comments
Write Down Your Responses