समानुपातिक तर्फको सिट बाँडफाट भोली
मंसिर १५ - निर्वाचन आयोगल समानुपातिक प्रणाली तर्फ दलहरुले पाउने सिट बाँडफाँट आइतबार गर्ने भएको छ । मतगणना सकिएपनि त्यसको जाँच/पुर्नरजाँचको प्रक्रिया जारी रहेको आयोगले जनाएको छ ।
संविधानसभा सदस्यका लागि मंसिर-४ मा भएको निर्वाचनमा समानुपातिकतर्फ ९४ लाख ६३ हजार ७ सय ८३ मत सदर भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । यो १ करोड २१ लाख ४७ हजार ८ सय ६५ कुल मतदाताको ७७ दशमलव ९ प्रतिशत हो । 'यो अन्तिम मतगणनाको प्रारम्भिक नतिजा मात्र हो,' आयोगका प्रवक्ता वीरबहादुर राईले भने- 'क्षेत्रगतरुपमा सबै परिणामको पुनः जाँच गर्दा सानो तिनो अंकमा केही तलमाथि पर्न सक्छ ।'
प्रत्यक्ष तर्फ ९० लाख ४० हजार ४ सय ५१ मत खसेको छ । यो १ करोड २१ लाख ४७ हजार ८ सय ६५ कुल मतदाताको ७४ दशमलव ४२ प्रतिशत हो । निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, कारागार, सुरक्षा निकायका ब्यारेक र वृद्धाश्रममा राखिएका अस्थाई मतदान केन्द्रमा समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने ब्यवस्थाका कारण प्रत्यक्षतर्फ भन्दा समानुपातिक तर्फ बढि मतदान भएको हो । निर्वाचनमा निजामति र सुरक्षाकर्मी गरी झण्डै साढे ४ लाख जनशक्ति परिचालित थिए । सदर मतको मात्र हिसाव गर्दा प्रत्यक्षमा भन्दा समानुपातिकमा ४ लाख २३ हजार ३ सय ३२ मत बढि देखिन्छ । २०६४ को निर्वाचनमा पनि प्रत्यक्षमा भन्दा समानुपातिक तर्फको सदर मत बढि थियो ।
आयोगका एक अधिकारीका अनुसार बदर मतको संख्या प्रत्यक्ष तर्फ बढि भएकाले पनि समानुपातिक तर्फको सदर मत संख्या बढि भएको हो । देशभरका मतदान केन्द्रमा प्रत्यक्षतर्फ पहिलो मतपत्रमा मतदान गरिसकेपछि समानुपातिक तर्फको मतपत्रमा छाप लगाउने क्रम निर्धारित थियो । बदर मत मध्ये पहिलो मतपत्रमानै दुई छाप लगाउनेको संख्या बढि रहेको आयोगको स्रोतको भनाई छ । देशभरीको तथ्याङ्क प्राप्त नभएको उल्लेखगदर्ैै प्रवक्ता राईले आइतबार मात्र त्यस सम्बन्धि विवरण दिन सकिने बताए । उनका अनुसार बदर मतको प्रतिशत भने वितगमा भन्दा केही घटी छ । प्रत्यक्ष तर्फ ४ प्रतिशत भन्दा बढि र समानुपातिक तर्फ ३ प्रतिशत भन्दा बढि मत बदर भएको आयोगको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।
राप्रपा नेपालको २४ पुग्न सक्ने
समानुपातिक प्रणाली तर्फको मतगणनाको परिणाम प्रशोधन गर्दा राप्रपा नेपाले २४ सिट पाउने देखिएको छ । यसअघि समानुपातिक तर्फको कुल सदरमत ९४ लाख ६३ हजार ७ सय ८३ पुग्दा संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको संख्या ३० हुने देखिएको छ ।
यसअघिको अप्रशोधित तथ्याङ्कलाई आधार मानी 'सेन्टलग फरमुला' लगाउँदा संविधानसभामा ३१ दलको प्रतिनिधित्व हुने र राप्रपा नेपालको २३ सिट हुने हिसाव निस्किएको थियो । ३१ दलका रुपमा १८ हजारस ६ सय ३१ मत ल्याएको संघीय गणतान्त्रिक समाजवादी पार्टीले पनि एक सिट पाउने समाचार सार्वजनिक भएको थियो । पछिल्लो अद्यावधिक मतसंख्यामा हेर्दा उक्त दल संविधानसभामा नचुनिने देखिन्छ । निर्वाचन आयोगले सबै मत परिणाम जाँच/पुर्नजाँच र प्रशोधन गरी औपाचारिक रुपमा दलहरुलाई सिट वितरण गर्न बाँकी छ ।

0 comments
Write Down Your Responses