अख्तियारबाट बैंक माथि छानबिनमा अर्थको चासो
मंसिर १६ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिभिन्न बैंक तथा वित्तिय संस्थामा थालेको छानबिनमा अर्थ मन्त्रालयले चासो दिएको छ । आवस्यक पर्दा अर्थ मन्त्रालय र राष्ट्र बैंक मार्फत गरिनु पर्ने सोधखोज पछिल्लो समय अख्तियारले सिधै थालेपछि अर्थमन्त्रीले 'काममा दोहोरोपन नहुनु पर्ने' टिप्पणी गरेको हुन् । 'राष्ट्र बैंकले आफ्नो क्षमता अनुसार काम गरिरहेको छ र थप विस्तार हुनुपर्छ' आर्थिक पत्रकार समाज सेजनको वाषिर्कोत्सव कार्यक्रममा कोइरालाले भने,'यसको काममा दोहोरोपन देखिनु हुदैन ।' तर संवैधानिक निकायको संवेदनशिलता पनि विचार पुर्याउनु पर्ने उनले बताए । करिब एक दर्जन बैंकका बिभिन्न विषयमा अख्तियारले छानिबन थालेपछि बैंक रुष्ट बनेका छन् । नीजि क्षेत्रको एक टोली गर्भनर युवराज खतिवडालाई भेटेर अख्तियारले मागेको सबै विवरण उपलब्ध नगराउन माग गरिसकेको छ ।
कार्यक्रममा अर्थमन्त्री कोइरालाले संविधान सभाको निर्वाचनका लागि छुट्याएको खर्च बाकी रहेकोले स्थानिय निर्वाचन गर्न पनि समस्या नपर्ने बताएका छन् । उनले स्थानिय निकायको चुनाव सकेर नयाँ सरकारले संविधान संगै विकासलाई पनि प्राथमिकता दिनुपर्ने बताए । अर्थसविच शान्तराज सुवेदीले संविधान सभाको निर्वाचनमा १२ अर्ब रुपैया खर्च भएको र बाकी रकमबाट स्थानिय निकायको चुनाव गर्न सक्ने अवस्था रहेको बताए । 'चुनावमा ६ अर्ब ५० करोड सुरक्षा निकाय र बाकी ५ अर्ब ५० करोड रुपैया निवार्चन आयोगबाट खर्च भएको छ' उनले भने,'स्थानिय निकायको चुनाव गर्न संयन्त्र र सरकार तयारी अवस्थामा छ ।'
कार्यक्रममा गर्भनर युवराज खतिवडाले चुनाव पछि मुलुकमा आर्थिक स्थायित्व र विकासबारे छलफल हुन जरुरी रहेको बताए ।
उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भास्करराज राजकणिर्कार राजनीतिक दलबाट आएको प्रतिवद्धता कार्यन्वयनमा जोड हुनुपर्ने बताए । उनले आगामी वर्ष देखि महासंघ र सेजनका तर्फबाट नयाँ पुरस्कार दिने कार्यक्रम सार्वजनिक गरे । 'स्वर्गिय गिरिजाप्रसाद कोइरालाको नाममा महासंघ र सेजन मिलेर पत्रकारलाई पुरस्कार दिने कार्यक्रम अघि बढाइनेछ' उनले कार्यक्रममा भने । महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डेले पछिल्लो समय राजनीतिक दलले गरेका प्रतिवद्धता अनुसार नीजि क्षेत्र सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । 'आर्थिक क्षेत्र अघि बढाउन स्थिरता अपरिहार्य छ' उनले भने,'लगानीको वातावरण नबनेसम्म विकास हुनसक्दैन ।'
उद्योग परिसंघका उपाध्यक्ष हरिभक्त शर्माले आगामी सरकारले आर्थिक विकासका कामलाई प्राथमिकता दिनुपर्ने बताए । 'धेरै समय टिक्न नसक्ने रोग नेपाली उद्योगमा देखिएको छ' उनले भने,'अब नेपालीे आर्थिक स्तर र औद्योगिक स्तर माथि लैजानु पर्छ ।'
कान्तिपुरकर्मी राई पुरस्कृत
काठमाडौं- आर्थिक पत्रकार समाज (सेजन) ले वाषिर्क रुपमा प्रदान गर्ने उत्कृष्ट आर्थिक पत्रकारित पुरस्कार कान्तिपुरकर्मी लोकमणी राई सहित अन्य दुई संचारकर्मीले पाएका छन् । राईले दुई पटक सेजनबाट लगातार उत्कृष्ट पत्रकारित पुरस्कार पाएका हुन् । उनले आयल निगमको बोनसबारे लेखिएको खोजमुलक समाचारका लागि पुरस्कार पाएका हुन् ।
राई सहित राजधानी दैनिकका शिव सत्याल र उज्यालो एफएमका कमल पराजुलीले पनि पुरस्कार पाएका छन् । प्रत्येक वर्ष सेजनले स्थापना दिवसको दिन छापा र विद्युतिय संचारमाध्यमबाट उत्कृष्ट समाचार सम्प्रेशण गर्ने दुई जनालाई पुरस्किृत गर्ने गर्छ । यसवर्ष छापाबाट दुई र विद्युतियबाट एक जनाले पाएका हुन् । कार्यक्रममा सेजनले पूर्व अध्यक्षहरु गजेन्द्र विष्ट, गोपाल तिवारी, विजय घिमिरे, किरण नेपाल, नरायण सापकोटा र प्रदीप चापागाईलाई सम्मान पनि गरेको थियो ।

0 comments
Write Down Your Responses