नेताको जमानत जफतबाटै पौने २ करोड राजस्व संकलन
१५ मंसिर, काठमाण्डौं । संविधानसभाको दोस्रो निर्वाचनमा राजनीतिक दल र तिनका उम्मेद्वारको जमानत जफत्बाट मात्रै राज्यलाई पौने २ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ ।
प्रारम्भिक तथ्यांकअनुसार जमानत जफतबाट १ करोड ६८ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको हो । प्रत्यक्ष तर्फका उम्मेद्वारको जमानत जफतबाट १ करोड ५९ लाख १२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिक तफृको जमानत जफतबाट ९ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको हो । आयोगले निर्वाचनमा सहभागी दल तथा उम्मेद्वारले तोकिएको मत परिणाम ल्याउन नसके जमानत जफत हुने व्यवस्था गरिएको कान्तिपुर दैनिकमा खबर छ ।
आयोगको वेबसाइटमा उल्लेख भएअनुसारको मत परिणाम र आयोगको व्यवस्था अनुसार संविधानसभाको दोस्रो निवार्चनबाट जमानत जफत शीर्षकबाट उक्त रकम निकालिएको हो । प्रत्यक्ष तर्फ कुल खसेको सदरमतको १० प्रतिशत नल्याए जमानत जफत हुने र समानुपातिक तर्फ १ सिट पनि ल्याउन नसके जमानत जफत हुने व्यवस्था रहेको आयोगले जनाएको छ ।
0 comments
Write Down Your Responses