संविधानसभा र सरकारमा सहभागी हुन तयार छौँ : गजुरेल


२०७० मंसिर ११ गते १४:२२ मा प्रकाशित
११ मंसिर, काठमाण्डौ । नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले अन्तरिम संविधानमा संसोधन गरेर आफूहरुको उचित प्रतिनिधित्व सुनिश्चित गरिए संविधानसभा र सरकार दुबैमा सहभागि हुने स्पष्ट पार्नु भएको छ । CP-gajurelरिपोर्टर्स क्लब नेपालले राजधानीमा मंगलवार आयोजना गरेको कार्यक्रममा गजुरेलले अहिले दलहरुवीच आफूहरुलाई कसरी पहिचान दिने र कुन स्थान दिने भन्ने विषयमा छलफल भईरहेको जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो,’चुनावमा भाग लिएका दलहरुले माने हामी संविधानसभामै रहेर संविधान निर्माणमा सहित भूमिका खेल्न तयार छौँ । ‘उहाँले सिट संख्याको विषयमा दलहरुवीच छलफल भईरहेको जानकारी दिँदै मुलुक निर्वाचनमा भाग लिने र नलिने दुई ध्रुवमा विभाजित रहेकोले सोही अनुसारको हैसियत संविधानसभामा आफूहरुको हैसियत दिनु पर्ने बताउनुभयो ।
मन्त्रिपरिषदबाट मनोनित गर्ने २६ सिट लिएर आफूहरु संविधानसभामा कुनै पनि हालतमा नजाने स्पष्ट पार्दै उहाँले अहिलेको ब्यवस्था अनुसार आफूहरु संविधानसभामा जान सम्भव नभएकोले संविधान संसोधन गर्न दलहरु तयार हुनु पर्ने वताउनुभयो । गजुरेलले आफूहरुको संविधानसभामा सहभागिता नगराई सुझाव लिएर मात्रै संविधान बनाउने कुरा मान्य नहुने स्पष्ट पार्दै संविधानसभा बाहिर राखिएर सडक आन्दोलनबाटै संविधान निर्माण गर्ने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो,’पहिला धाधली भयो, संविधानसभामा जान्न भनेपछि कार्यगत एकताको विषयमा छलफल भएको हो । तर उहाँहरुले १८० डिगि्र यूटर्न हुँदै विजय जुलस निकाल्ने निर्णय गरेपछि अब कार्यगत एकता समेत हुन सम्भव छैन । ‘ उहाँले मोहन बैद्यलाई अध्यक्ष स्विकार गरे पनि पार्टी एकता हुनै नसक्ने ठोकुवा गर्दै अध्यक्षलाई लिएर पार्टी विभाजन नभई सिद्धान्तले विभाजन भएकोले एमाओवादी र आफूहरु दुई ध्रुवमा रहेको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.