काँग्रेस सभापति कोइराला र अमेरिकी राजदूतवीच भेटवार्ता

११ मंसिर, काठमाण्डौ । नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेले भेटवार्ता भएको छ । कोइराला निवास महाराजगन्जमा मंगलवार विहान भएको भेटवार्तामा उहाँहरुवीच संविधानसभाको निर्वाचन सम्पन्न भएपछिको अवस्था, संविधान लेखन लगायतका विषयमा छलफल भएको थियो ।
भेटमा सभापति कोइरालाई अमेरिकी राजदूत बोडेले राजनीतिक स्थायित्व कायम गरी छिटोभन्दा छिटो संविधान लेखन कार्यमा जुट्न सुझाव दिनु भएको थियो । बोडेले सहमतिका आधारमा सवै राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्न आग्रह समेत गर्नु भएको थियो । जवाफमा कोइरालाले आफ्नो दल सहमतिका आधारमा अघि वढ्न प्रतिबद्ध रहेको र सवैदललाई विश्वासमा लिएर अघि बढ्न विश्वास दिलाउनु भएको थियो ।
कोइरालाले निर्वाचनको सवै परिणाम आएपछि अन्य दलहरुसंग छलफल गरेर मुलुकलाई राजनीतिक स्थायित्व दिन पहल गर्ने जानकारी दिनु भएको थियो । कोइरालाले आफूले हिजोमात्रै एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसंग छलफल गरेको र संविधानसभामा आउन आफू र आफ्नो दल सकारात्मक रहेको बताएको राजदूत बाडेलाई जानकारी दिनु भएको थियो । भेटमा बोडेले कोइरालालाई काँग्रेसले निर्वाचनमा प्राप्त गरेको सफलताका लागि शुभकामना दिनुभएको थिो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.