कोइरालाका सामु चूनौतिका पहाड
मंसिर १५ - निर्वाचनबाट ठुलो दल बनेसंगै कांग्रेस सभापति सुशिल कोइरालाले राष्ट्रिय सहमतीको सरकार निर्माणको सक्रियता देखाएका छन । पार्टीभित्रैबाट सरकारको नेतृत्व कसले लिने भन्नेबारे औपचारिक निर्णय नभएपनि अबको प्रधानमन्त्री कोइराला हुने प्रवल सम्भावना छ ।
राष्ट्रिय सहमतीको सरकारमा आउन उनले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालाई औपचारिक रुपमै भेटेर आग्रह गरेका छन । बधाई दिन आउने अन्र्तराष्ट्रिय समुदायका प्रतिनिधिहरुसंग पनि उनले कांग्रेस नेतृत्वमानै राष्ट्रिय सहमतीको सरकार बन्नुपर्ने बताएका छन् । निर्वाचनबाट दोस्रो ठुलो दल बन्न पुगेको एमालेका अध्यक्ष झलनाथ खनालले त कोइरालालाई नेतृत्वका लागि अघि सर्न औपचारिक प्रस्तावनै राख्दिसकेका छन ।
कोइराला निकट केन्द्रीय सदस्य आनन्द ढुंगानाको भनाईमा कोइरालाकै नेतृत्वमा कांग्रेस पहिलो हुन सकेकाले सरकारको नेतृत्व लिने पहिलो हकपनि उनैलाई जान्छ ।
अर्का केन्द्रीय सदस्य नरहरी आचार्य सभापतिले अर्को व्यक्ती अघि नसारेसम्म स्वभाविक हकदार कोइराला रहेको बताउँछन । यद्दपी बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल पनि सरकारको नेतृत्वका लागि आंकक्षीमा छन र उनीहरुले आन्तरिक लबिङ पनि सुरु गरेका छन ।
'सभापतिकै नेतृत्वमा पार्टीले सफलता पाएकाले सरकारको नेतृत्वपनि सभापतिले गर्नेमा विकल्प छैन' ढुंगानाले भने,'तर, विधिसम्मम संसदीय दल बसेर गर्नुपर्ने भएकाले औपचारिक रुपमा घोषणा हुन केही समय पर्खनै पर्छ ।' तर, कोइरालाले नेतृत्वका लागि सवैभन्दा पहिला घरभित्रै देउवा र पौडेललाई व्यवस्थापन गर्न पर्ने देखिन्छ ।
देउवा निकट केन्द्रीय सदस्य प्रकाशरण महतले भने नेताहरुबीच नेतृत्वको बिषयमा संघन बार्ता भईनसकेको बताए । 'कसले के जिम्मेबारी लिने भन्नेबारेमा नेतृत्व तहमा सहमती भईसकेको छैन । सहमतीका लागि समानुपातिकको प्रकृया नटुंगिएसम्म गंभिर रुपमा छलफल होला जस्तो लाग्दैन'उनले भने । तर, महतले सरकारको नेतृत्वको बिषय नेताहरुबीच सहजै टुंगिने विश्वास भने व्यक्त गरे ।
बरिष्ठ नेता देउवा तीन पटक प्रधानमन्त्रीको अनुभवी नेता हुन । उपसभापति रामचन्द्र पौडेलले पनि सभामुख, उपप्रधानमन्त्री, मन्त्री भएर निरन्तर शासकीय अनुभव संगालेका छन । तर, कोइराला संग शासकीय अनुभव छैन । उनले अवसर पाएर पनि मन्त्री हुने लोभ देखाएनन । पोखरामा सम्पन्न दशौ महाधिवेशन पछि मन्त्रिमण्डल पुर्नगठन गर्दा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री दिदा समेत सुशिलले ठाडै अस्विकार गरे । पार्टीमा बसेर काम गर्ने मोह उनमा भयो । लामो समय पार्टीका महामन्त्री बने । २०६४/०६५ सालको जनआन्दोलनपछि तत्कालिन सभापति गिरिजाप्रसाद प्रधानमन्त्री बनेपछि उनी पार्टीका कार्यबाहक सभापति भएका हुन । ०६७ असोजमा काठमाडौमा सम्पन्न १२ औं महाधिवेशनपछि कोइराला सभापतिमा चुनिए ।
कोइरालाको सवैभन्दा ठुलो विशेषता सरलता हो । उनको जीवनशैली र पद्दती सरल छ । साथै सहज पहूँच छ । निष्कंलक छन । आचार्यको भनाईमा राजनीतिक गुनासो बाहेक अरु किसिमको आक्षेप लगाउने ठाउँ कोइरालामा देखिदैन । सत्तालाई उनले कहिल्यै प्राथमिकतामा राखेनन ।
'पदले ठुलो हैशियतमा उभिएपनि उहाँको जीवनशैलीलाई आम मानिसले हेर्दा आफ्नो भन्दा भिन्न देख्दैन । बरु त्यसभन्दा सरल देख्छ' आचार्य भन्छन,'यसले पनि पार्टीलाई माथि ल्याउन सहयोग भएको हो ।'
सभापति भएपछि कोइरालाको काम गर्ने क्षमता माथि धेरै प्रश्न पनि उठे । साँघुरो घेराभित्र रहेर निर्णयक प्रकृया गर्ने नेताको रुपमा कतिपयले लिएपनि । तर, अहिले उनकै नेतृत्वमा रहेको कांग्रेस एक नम्वरको पार्टी बन्न पुगेको छ । यो हैशियतसंगै कोइरालाको उचाई र जिम्मेबारी पनि हृयात्तै बढेको छ । ढुंगानका अनुसार कोइरालाले कुनै स्वार्थ नराखी संविधान निर्माणमा राखेको मुद्दाले कांग्रेस एक नम्वर हुन पुगेको हो ।
'नेता इश्यू -मुुद्दा) ले हुनेरहेछ । उहाँले शान्तिप्रकृया देखि संविधान निर्माणसम्म जुन इश्यू उठाईरहनु भयो, त्यसलाई आम जनताले मन पराए र कांग्रेस ठुलो भयो' पार्टीभित्र क्षमता नभएको, निर्णय गर्न नसक्ने नेताको रुपमा गरिने आलोचनाप्रति ढुंगानाले भने, 'कहिलेकाँही आफू दुई कदम अघि बढ्न एक कदम पछि हट्ने बानी उहाँमा छ ।'
कोइरालाका लागि पहिलो चूनौतिनै सवै राजनीतिक दलहरुको सहमतीमा राष्ट्रिय सरकार बनाउनु छ । एक बर्षभित्र संविधान जारी गर्नका लागि संविधानसभा भित्र र बाहिर रहेका राजनीतिक शक्ति र सरोकारवालाहरुलाई समोन्वय गरेर अघि बढ्ने क्षमता प्रर्दशन गर्नुपर्ने देखिन्छ । कांग्रेसले आफ्नो घोषणापत्र र जनतामाझ मत माग्दा समेत सवै शक्तिलाई समोन्वय गरेर एकबर्षभित्र संविधान जारी गर्न बिषयलाई मुख्य एजेण्डा बनाएको थियो । अघिल्लो संविधानसभामा कमजोर संख्यात्मक उपस्थितीका कारण त्यस भूमिका निर्वाह गर्न पाएको थिएन ।
आचार्य कांग्रेस र त्यसको नेतृत्वको हिसावले कोइरालामाथि सरकार संचालन र एकबर्षभित्र संविधान जारी गर्ने चूनौति धेरै अग्लो रहेको बताउँछन । 'कांग्रेस ठुलो हुनलाई धेरै संगठानात्मक परिश्रम भएन होला, तर ठुलो दल भईसकेपछि यसले निर्वाह गर्ने भूमिकाका चूनौतिक अग्लाअग्ला छन' आचार्य भन्छन,'सरकार चलाउने सामान्य र संविधान बनाउने विशेष जिम्मेबारी कांग्रेसले पुरा गर्नुपर्ने भएको छ । कांग्रेसले सवै शक्तिलाई मिलाएर लैजान सक्ने भनी जनतामाझ मत मागेलेपनि कांग्रेस र कोइरालाको लागि अबको समय परिक्षाको हो ।'

0 comments
Write Down Your Responses