संविधानसभामा जान एमाओवादीका नयाँ सर्त

मधुसूदन रायमाझी,काठमाडौं
एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनमा भएको धाँधलीको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्दै सहमतीय प्रणालीमार्फत अगाडि बढे मात्र संविधानसभा सहभागी हुने निर्णय गरेको छ।
निर्वाचनमा भएको धाँधलीबारे छानबिन गर्न सरकारले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने र निवार्चनमा भएको षड्यन्त्रको विषयमा सरकारले अनुसन्धान गरी स्पष्ट पार्नुपर्ने निर्णय बैठकले गरेको छ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न केन्द्रीय समितिको बैठकले संविधानसभा निर्वाचनमा भएको धाँधली र षड्यन्त्रबारे अध्ययन गर्नका लागि नेता वर्षमान पुनको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदललाई १० दिनभित्र धाँधलीको अध्ययन गरी प्रतिवेदन बुझmाउन केन्द्रीय समितिले निर्देशन दिएको छ।
कार्यदलमा रामचन्द्र झा, खिमलाल देवकोटा, रामनारायण बिडारी र जनकराज जोशी रहनुभएको छ। निर्वाचन प्रक्रियामा भएको धाँधली र षड्यन्त्रको विषयमा पुनरावलोकन नभए संविधानसभामा नजाने निर्णय गरेको एमाओवादीले शान्ति र संविधान निर्माणमा प्रतिबद्ध रहने निर्णय गरेको छ।
बैठकपछि प्रवक्ता अग्नि सापकोटाद्वारा जारी विज्ञप्तिमा महाधिवेशनबाट पारित राजनैतिक कार्यदिशा, शान्ति र संविधान निर्माणको प्रक्रियाप्रति पार्टी दृढ एवम् प्रतिबद्ध रहेको बताइएको छ।
विज्ञप्तिमा संविधानसभाको निर्वाचनमा संविधानसभा र परिवर्तनको मूल वाहक शक्ति एमाओवादी अन्य राजनीतिक पार्टीहरूको त्याग र बलिदानीबाट प्राप्त उपलब्धि र परिवर्तनका विरुद्धमा धाँधली भएकाले तत्काल उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग गठन गर्न सरकारसँग माग गरिएको छ।
षड्यन्त्र एवम् धाँधलीको योजनालाई समयमै पहिचान गरी त्यसो गर्न नदिने सम्बन्धमा पार्टीको तर्फबाट भएको कमजोरी र अन्य संगठनात्मक कमजोरीहरूको बारेमा गम्भीर आत्मालोचना गर्दै अझ विस्तृत समीक्षापछि थप कार्ययोजनाका साथ अघि बढ्ने निर्णय गरेको प्रवक्ता सापकोटाले बताउनुभयो।
‘आगामी संविधान निर्माणमा गम्भीर प्रश्नचिह्न खडा भएको निष्कर्ष निकाल्दै पार्टीले अन्तरिम संविधानमा संशोधन गरी संविधान निर्माण एवम् सबै पक्षमा सहमतीय प्रणाली स्थापित गर्नुपर्ने निर्णय गरेको छ’ –सापकोटाले भन्नु्भयो।
संविधानसभाको निर्वाचनमा सहभागी नभएका शक्तिहरूलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउन उपयुक्त विधिसहित आवश्यक पहल गर्न सरकार सम्बद्ध सबै राजनीतिक दललाई आग्रह गर्ने निर्णय गरेको बताउँदै उहाँले संविधानसभाको निर्वाचनमा भएको षड्यन्त्र एवं धाँधलीका विरुद्ध सहमत सबै शक्तिसँग व्यापक संयुक्त मोर्चा निर्माण गरी अघि बढ्ने निर्णय गरेको बताउनुभयो।
त्यसै गरी केन्द्रीय समिति बैठकले सबै केन्द्रीय सदस्य एवम् उम्मेदवारहरूले आ–आफ्नो कार्यक्षेत्र र निर्वाचन क्षेत्रमा गई मतदानका लागि जनतालाई धन्यवाद दिने, धाँधली र षड्यन्त्रबारे जानकारी गराउने र विजयी भएको क्षेत्रहरूमा विजयी सभा र अन्य निर्वाचन क्षेत्रमा भण्डाफोर गर्ने निर्णय गरेको छ।
मतगणना शुरू भएकै मध्यरात निर्वाचनमा धाँधली भएको निष्कर्ष निकाल्दै केन्द्रीय कार्यालयले संविधानसभा बहिष्कार गर्न सक्नेसम्मको अभिव्यक्ति सार्वजनिक गरेपछि देशभर विजयी भएका सभासद्हरूले विजय उत्सव मनाउन पाएका थिएनन्।
बैठकमा केन्द्रीय सदस्यहरूले नेतृत्वको कडा आलोचना गरेको एक केन्द्रीय सदस्यले बताए। उनले धाँधली र षड्यन्त्र भएको कुरालाई मात्र आधार मान्न नसकिने बताउँदै चुनावमा अप्रत्यासित पराजय भोग्नुमा नेतृत्वको कमजोरी रहेको बताए। ‘नेतृत्वले पार्टी फुटको समीक्षा नगर्नु, आन्तरिक संगठनलाई सृदृढ गर्न नसक्नु भ्रष्टाचारीको संरक्षण गर्नु, नवप्रवेशीलाई प्राथमिकतामा राख्नु र टिकट वितरणमा पक्षपात गरेको कारणले गर्दा पार्टीले लज्जाजनक हार बेहोर्नु दुःखद कुरा हो’ –उनले भने।
संविधान निर्माणको काम सहमतीय प्रणाली र १२ बुँदे सहमति र विस्तृत शान्ति सम्झौतामा संलग्न दलहरूबीच सहमति कायम गरेको अवस्थामा मात्र संविधानसभामा जान सकिने बताउँदै केन्द्रीय सदस्य युवराज चौलागाईंले यथास्थिति र प्रतिगमनकारीको संविधान बन्ने खतरा रहेको सही छाप गर्नका लागि संविधानसभामा जान नहुने बताउनुभयो।
चुनावमा अप्रत्यासित पराजय खेपेको एमाओवादीले हारको समीक्षा गर्नका लागि यसअघि केन्द्रीय कार्यालय, पूर्वस्थायी समिति, पूर्वपोलिटब्युरो र राज्य समिति संयोजकको बैठकले धाँधलीबारे २ सय ४० वटै निर्वाचन क्षेत्रमा भण्डाफोर अभियान चलाउनुपर्ने सुझाव दिएका थिए।

0 comments
Write Down Your Responses