आमाबाबु नै संलग्न
नयाँ दिल्ली, (एजेन्सी) भारतको नोयडास्थित एउटा अपार्टमेन्टमा साढे ५ वर्षअघि भएको हत्याकाण्डमा १४ वर्षीया आफ्नै छोरी आरुसी तलवारलाई उनका बाबुआमाले मारेको पुष्टि भएको छ। उक्त घटनाक्रम लुकाउन नक्कली प्रहरी रिपोर्ट दर्ता गराइएको अदालतले पुष्टि गरेको हो।
२००८ को मे १५ मा भएको हत्याकाण्डपछि विभिन्न चरणमा भएका अनुसन्धानका क्रममा डा. तलवारका घरमा काम गर्ने नेपाली कामदार हेमराज (यमप्रसाद) बन्जाडेसहित अन्य तीन जनामाथि पनि आशंका गरिएको थियो। तर आरुषीसँगै हेमराजको पनि हत्या गरिएको र उनको शव त्यही घरको छतमा दुई दिनपछि भेटिएपछि हत्या घटनाले थप आशंका र रहस्य बढाएको थियो। ४५ वर्षीया नेपाली कामदार हेमराजसँगै भएको हत्याकाण्डका कारण यसलाई हेमराज–आरुसी प्रकरणका रूपमा चिनिन्छ।
गाजियाबादको सीबीआई विशेष अदालतले सोमबार अपराह्न सुनाएको फैसलामा प्राप्त प्रमाण र बयानहरूको आधारमा आरुसी र हेमराज हत्यामा उनका बाबुआमाको प्रत्यक्ष संलग्नता रहेको जनाएको छ। विशेष अदालतका न्यायाधीश श्याम लालले सुनाएको फैसलापछि दम्पतीले अदालतको फैसलामा असन्तुष्टि जनाउँदै यसका विरुद्ध उच्च न्यायालयमा अपिल गर्ने जनाएका छन्।

0 comments
Write Down Your Responses