आफैलाई हराउने सभासदलाई सम्मान

सर्लाही/संविधान सभाको निर्वाचनमा विजयी र पराजीत पक्ष विच कतिपय स्थानमा तिक्तता वढेको समाचार आइरहेको वेला सोमवार सर्लाहीमा भने एक पराजित उम्मेदवारले नव निर्वाचित सभासदलाई सम्मान गरेका छन ।
क्षेत्र नम्वर २ का निकटतम प्रतिष्पद्र्धी उम्मेदवार सुरेन्द्र लामाले यसै क्षेत्रका नव निर्वाचित सभासद रामचन्द्र चौधरीलाइ भेटेर फुलमाला, अविर र खादा ओढाएर सम्मान गर्नुभएको हो । मतदातालाई धन्यवाद दिन घरदैलोमा हिड्नु भएका चौधरीलाई नवलपुर स्थित पद्भ भुवनेश्वरी वृद्धाश्रममा भेटेर लामाले वधाई तथा कार्यकालको सफलताको शुभ कामना दिनुभयो । लामाले चौधरीलाई फुल अविरले स्वागत गर्दै भन्नुभयो, “तपाईलाई म सक्दो सहयोग गर्छु, मेरो पनि तपाई नै जनप्रतिनिधि हुनुहुन्छ, ढुंक्क भएर काम गर्नुहोला ।” चौधरीले पनि लामाले आफुलाई भेटेर ठुलो सद्भाव देखाएको भन्दै आभार प्रकट गर्नुुभयो ।
संविधान सभाको निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवार चौधरीले नेकपा एमालेका लामा लाई ३ सय ४६ मत अन्तरले पराजित गर्नुभएको थियो । लामाले जनताको अभिमतवाटै चौधरी निर्वाचित हुनु भएको वताउनुभयो । लामाले धाधली वा षडयन्त्रवाट चुनाव हारजीत भएको हल्ला निराधार भएको वताउदै जनताको निर्णयलाई आफुले पनि सम्मान गरेको वताउनुभयोे ।
“निर्वाचन अत्यन्त निष्पक्ष भयो, कुनै धाधली भएको हैन ।” लामाले भन्नुभयो, “जनताले चौधरीजीलाई नै चाहेका हुन, म यो अभिमतको सम्मान गर्छु ।” लामाले हारेपछि अरुलाई आरोप लगाएर जनताको मत प्रति अविश्वास र अपमान नगर्ने धारणा राख्नुभयो ।
नेपाली काग्रेस र एमालेका कार्यकर्ता एवं पत्रकारको उपस्थितीमा भएको शुभ कामना आदान प्रदानमा लामाले वहुपहिचान सहितको संघिय संविधान वनाउन र जातियद्वन्द्वमा देशलाई जान नदिन पनि चौधरीलाई सुझाव दिनुभयो । नेपाली काग्रेसका पुराना नेता वासुदेव शरण कोइरालाले लामाले परिपक्कता प्रदर्शन गरेकोमा आफु प्रभावित भएको वताउनुभयो । “लामाजीको फराकिलो छाती रहेछ, उहाले राम्रो राजनैतिक सस्कार वसाउनुभयो ।” कोइरालाको भनाई थियो ।

0 comments
Write Down Your Responses