थारु भाषाको माघी गीतमा ४ हिरोसँग नम्रताको छमछमी
चलचित्रको पर्दामा रोमान्टिक होस् या भावूक गीत नै किन नहोस्, नायिका नम्रता श्रेष्ठलाई दर्शकले खुबै रुचाएका छन् । तर निर्माता सुनिल रावलले भने नायिका श्रेष्ठलाई थारु भाषाको गीतमा नचाउने तयारी गरेका छन् । रक म्यूजिकमा चर्चा कमाएका स्वप्निलले सुनिलको नयाँ चलचित्रबाट मेलोडी गीतमा पनि आफ्नो औला चलाएका छन् ।
यसअघि ‘सायद’ र ‘होस्टेल’ चलचित्र निर्माण गरेर सफल निर्माताको रुपमा गनिएका सुनिल नयाँ चलचित्रबाट पनि तारिफ बटुल्न लागिपरेका छन् । यसैले उनले यो चलचित्रमा पनि केही नयाँ प्रयोग गर्ने तयारी गरेका हुन् । सुरज भुषालले निर्देशन गर्ने भनिएको यो चलचित्रमा नम्रता श्रेष्ठ, अनमोल केसी, सलोन बस्नेत, गौरब पहाडी र संयम पुरीको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन बैशाखबाट गरिने निर्माताको तर्क छ ।

0 comments
Write Down Your Responses