खेलप्रेमीद्वारा विजयी र्याली
इतिहास रच्दै नेपालको राष्ट्रिय क्रिकेट टिमले ट्वान्टी-ट्वान्टी विश्वकप खेल्ने अवसर प्राप्त गरेको
खुसियालीमा क्रिकेट खेलप्रेमीले धनगढीमा बिहीबार विजयी र्याली निकालेका छन् । धगढीको चौराहादेखि पार्क रोडसम्म विजयी जुलुस निकालिएको हो ।
यस क्षेत्रको क्रिकेट विकासमा लामो योगदान पुर्याउँदै आएको धनगढी क्रिकेट एकेडेमीको आयोजनामा निकालिएको जुलुसमा खेलसँग सम्बन्धित संघ/संस्था, खेलाडी, खेलप्रेमी, सर्वसाधारण, विद्यार्थी गरी सयौंको सहभागिता थियो । पार्कमोडमा समापन कार्यक्रमलाई आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष रतन कठायतले सम्बोधन गरे ।
खुसीमा मोटरसाइकल र्याली
पर्सा -कास)- नेपाल ट्वान्टी-ट्वान्टी विश्वकपमा प्रवेश गरेको खुसियालीमा बिहीबार वीरगन्जमा भव्य मोटरसाइकल र्याली निकालिएको छ । क्षेत्रीय क्रिकेट विकास समितिको आयोजनामा घन्टाघरबाट निस्किएको मोटरसाइकल र्याली नगरपरिक्रमापछि घन्टाघरमा पुगेर सभामा परिणत भएको थियो ।

0 comments
Write Down Your Responses