भारतीय एम्बुलेन्स छ्यापछ्याप्ती
सरोकारवाला निकायले नियमन नगर्दा वीरगन्जमा केही वर्षयता भारतीय एम्बुलेन्स छ्यापछ्याप्ती सञ्चालनमा छन् । स्थानीय अस्पताल तथा संघसंस्थाका एम्बुलेन्स सेवासित प्रतिस्पर्धामा रहेका भारतीय एम्बुलेन्सलेे मनपरी भाडा असुल्ने गरेकाले सेवाग्राही ठगिने गरेका छन् ।
नारायणी उपक्षेत्रीय, कृष्णा तथा एड्भान्स अस्पताल आसपास मुख्य सडकमा पार्किङ गरेर राखिने यस्ता भारतीय एम्बुलेन्सको संख्या दुई दर्जनभन्दा बढी छन् । सेवामूलकभन्दा नाफा आर्जन गर्ने उद्देश्यले व्यावसायिक रूपमा सञ्चालन गरिएका यस्ता एम्बुलेन्स भारतीय नागरिकले व्यक्तिगत रूपमा सञ्चालन गरिरहेका छन् ।
ट्राफिक प्रहरी तथा यातायात व्यवस्था कार्यालयलगायत कुनै पनि सरोकारवाला कार्यालयले चासो नलिँदा भारतीय एम्बुलेन्सको संख्या दिनहुँ बढेको स्थानीय बासिन्दा एवम् युवा समाज अध्यक्ष कमल चौगाईंको गुनासो छ । वीरगन्ज भन्सार कार्यालयबाट पास लिएर निर्वाध सञ्चालन हुने भारतीय एम्बुलेन्सले यहाँबाट भरतपुरदेखि राजधानीसम्म बिरामी र शवसमेत बोक्ने गरेको उनले बताए ।
अस्पताल तथा नर्सिङ होमका केही स्वास्थ्यकर्मीलाई 'कमिसन' दिने गरेका यस्ता एम्बुलेन्स चालकको अस्वस्थ प्रतिस्पर्धाका कारण नारायणी उपक्षेत्रीय अस्पतालका २ वटा एम्बुलेन्ससमेत थन्किने अवस्थामा पुगेपछि आफूले कडाइ गरेको अस्पतालका मेसु डा. रामाशंकर ठाकुरले बताए ।
अस्पताल परिसरमा २ दर्जनभन्दा बढी भारतीय एम्बुलेन्स पार्किङ गरिने र उनीहरूले धमाधम बिरामी र शव ओसार्ने तर अस्पतालका एम्बुलेन्स भने सेवा गर्न नपाएर बसिरहने अवस्था आएपछि आफूले बाध्य भएर कडाइ गरेको उनले बताए । अहिले अस्पताल परिसरमा अस्पतलका बाहेक भारतीय एम्बुलेन्सलाई पार्किङ गर्न रोक लगाएयता अस्पतालका एम्बुलेन्स व्यस्त रहन थालेको र अस्पताल विकास समतिको आम्दानीसमेत बढेको मेसु ठाकुर बताउँछन् । 'एम्बुलेन्समा कमिसनको खेल रहेछ,' उनले भने, 'अस्पतालकै केही कर्मचारीको मिलेमतो छ, बिरामी डिस्चार्ज हुन लाग्यो भन्ने कुरा हाम्रो एम्बुलेन्सको चालकभन्दा पहिले भारतीय एम्बुलेन्सका चालकले पत्तो पाइसक्दारहेछन् ।'
जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक मिमबहादुर लामाले भारतीय एम्बुलेन्सले भन्सारमा प्रज्ञापनपत्र पेस गरेपछि पटके इजाजत लिएर मात्र नेपाल प्रवेश पाउने बताए । यातायात व्यवस्था कार्यालयबाट रुट परमिट लिएर मात्र यसरी भारतीय एम्बुलेन्स नेपालमा चलाउने पाउने नियम रहेको आफूले केही समयअघि कडाइ गर्न खोजे पनि आफूलाई त्यसो नगर्न दबाब आएको उनले बताए ।
स्वास्थ्य मन्त्रालयको एम्बुलेन्स सञ्चालन सम्बन्धि निर्देशिका रहे पनि त्यसको कार्यान्वयन नभएको पनि उनले बताए । यता यातायात व्यवस्था कार्यालय नारायणी वीरगन्जका प्रमुख रामाश्रे यादवले भारतीय एम्बुलेन्सलाई परमिट दिने काम कार्यालयको कार्यक्षेत्रभित्र नपर्ने जानकारी दिए । 'सेवामूलक सवारी भएकाले त्यसलाई कार्यालयले नियमन गर्न मिल्दैन,' उनले भने, 'व्यवस्थित गर्न सरोकारवाला अन्य निकायसँग सहकार्य गर्न म तयार छु ।'
=JPEG"AMBULANCE" IMAGE

0 comments
Write Down Your Responses