शंकास्पद कारोबार पत्ता लगाउन सफ्टवेर ल्याईंदै
११ मंसिर काठमाडौं । शंकास्पद कारोबारबारे अनुसन्धान गरी सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागलाई सूचना दिँदै आएको वित्तीय जानाकारी इकाइले संकास्पद कारोबारको स्वत विश्लेषण र रिपोर्टिङ गर्ने सफ्टवेर ल्याउने तयारी गरेको छ । संयुक्त राष्ट्र संघको युएनओडीसीले निर्माण गरेको ‘गो एम एल’ सफ्टवेर ल्याउने तयारी भइरहेको इकाइका प्रमुख मुकुन्द महतले जानकारी दिनुभयो । महतका अनुसार आगामी बैशाखसम्ममा उक्त सफ्टवेर प्रयोगमा ल्याइनेछ ।

संसारभरका अधिकांश वित्तीय जानकारी इकाई र अन्तराष्ट्रिय मुद्रा कोष -आइएमएफ)ले यही सफ्टवेरको प्रयोग गर्दै आएका छन् । अन्तराष्ट्रिय समुदायकै दबाबमा राष्ट्र बैंकले गो एम एलसफ्टवेर ल्याउने निर्णय गरेको हो ।यसअघि सफ्टवेयर खरिदका लागि बोलपत्र आह्वान गरेपनि खरिद गर्न असफल भएपछि राष्ट्रबैंकले आफैले बोलपत्र आह्वान नगरि किन्न लागेको हो ।गैरकानूनीरुपमा आर्जित सम्पत्तिलाई सेतो धनमा रुपान्तरण गर्न नदिन र सेतो धनलाई लागूऔषध तथा आतंककारी गतिविधिमा लगानी हुन नदिन बनेको ऐन ‘सम्पत्ति सुद्धिकरण निवारण ऐन २०६४’ को कार्यान्वयन गर्ने क्रममा बैंक तथा वित्तीय संस्थामा भएको कारोबारबारे जानकारी लिन राष्ट्र बैंकले वित्तीय जानकारी इकाई गठन गरेको थियो ।
0 comments
Write Down Your Responses