एनसेलद्वारा उपहार योजनाको निरन्तरता
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ‘खुशीको बहार, एनसेलको उपहार’ योजना पुनः ६० दिनका लागि थप गरेको छ । यस योजनामा एनसेलका ग्राहकहरु सहभागी भई विभिन्न उपहारहरु प्राप्त गर्न सक्नेछन् ।
‘चाडपर्वको अवसरमा ल्याइएको यो उपहार योजनाको निरन्तरताले अंग्रेजी नयाँ वर्षमा प्रवेश गर्दा पनि हाम्रा ग्राहकहरुमा उस्तै हर्ष प्रदान गरिरहने हामीले विश्वास लिएका छौं’ एनसेलकी कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइरालाले भन्नुभयो । एनसेलले यो योजना गत
कार्तिक १३ गतेदेखि ३० दिनको लागि लागु गरेको थियो । योजनामा एनसेलका ग्राहकहरुले हालसम्म १ अर्ब ८७ करोड रुपैयाँ बराबरको बोनस उपहार प्राप्त गरिसकेका छन् ।

‘हाम्रा धेरैभन्दा धेरै ग्राहकहरुको सन्तुष्टिलाई मध्यनजर गर्दै हामीले यो योजनाको अवधि थप ६० दिनको लागि बढाएका हांै’ कोइरालाले भन्नुभयो- ‘आगामी दिनहरुमा थप ग्राहकहरुले यो योजनामा सहभागी भई लाभ लिनेछन भन्ने विश्वास रहेको छ ।’
योजनामा पहिला नै सहभागी भइसकेका ग्राहकले थप अवधिमा पनि स्वतः उपहार पाइरहनेछन् भने हालसम्म सहभागी नभएका एनसेलका पि्रपेड तथा प्रो प्लान ग्राहकहरुले पनि १७१०० डायल गरी निःशुल्क सहभागी हुनसक्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले यस उपहार योजनामा सहभागी भैसकेपछि इन्टरनेटका विभिन्न प्याकेज वा एसएमएस, एमएमएस वा बोनस रकम अथवा रात्रीकालिन टक टाइम निःशल्ुक प्राप्त गर्न सक्नेछन् ।
यसरी पाएको कुनैपनि उपहारलाई रातीको १२ बजेभित्र प्रयोग गरिसक्नुपर्ने एनसेलले जनाएको छ । १२ वजेपछि ग्राहकहरुले अर्को २४ घण्टाको लागि पुनः सोही उपहार प्राप्त गर्नेछन् । एनसेलका सम्पुर्ण पि्रपेड तथा प्रोप्लान प्रयोगकर्ताले यस योजनामा सहभागी भई उपहार प्राप्त गर्न सक्नेछन् । एनसेल कनेक्टका ग्राहकहरु भ्ाने योजनामा सहभागी हुन नसक्ने बताइएको छ ।
0 comments
Write Down Your Responses