बलिउडमा ‘एक था टाइगर’, नेपालमा ‘टाइगर द रियल हिरो’

बलिउडमा सलमान खानले अभिनय गरेको चलचित्र ‘एक था टाइगर’लाइ नेपाली दर्शकले बिर्सन सकेका छैनन् । तर नेपालमा पनि यही नामसँग मिल्दोजुल्दो सिनेमा बन्ने भएको छ । राजु गिरीको निर्देशनमा चलचित्र ‘टाइगर द रियल हिरो’ बन्न लागेको हो ।tiger-the-real-hero-muhurtaमोहनकृष्ण श्रेष्ठले निर्माण गर्न लागेको यो चलचित्रमा सुशिल पोखरेलको लेखन, रोशन श्रेष्ठको द्वन्द्व, संजय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत समावेश हुनेछ । चलचित्रको काठमाण्डौमा शुभमुहुर्त गरिएको छ ।
यो चलचित्रमा दिपेश्वर गौतम, शुभेच्छा थापा, सुष्मिता शाही, समिक्षा अर्याल, अशोक फुयाँल, सुरज रानाभाट, अमित पौडेल, भिम मैनाली, रोजन भट्टराई, सिमन दाहाल, निरज पोख्रेल, रोजन भट्टराई , मोहनकृष्ण लगायतका कलाकारको अभिनय रहने बताइएको छ । चलचित्र पूर्णतया याक्सन प्रधान हुने निर्देशक राजु गिरीले जानकारी दिए । चलचित्रका शुभमुहुर्त कार्यक्रममा निर्देशक समाजका अध्यक्ष दिनेश डीसी, चलचित्र पत्रकार शान्तीपि्रय, निर्देशक सुमन दाहाल लगायतको उपस्थिती थियो ।
शुभेच्छा इन्टरटेन्मेन्ट र एम के इन्टरटेन्मेन्टको ब्यानरमा तयार हुन लागेको यो चलचित्र बलिउड सिनेमा ‘एक था टाइगर’ जस्तो नुहने निर्देशक गिरीले बताए । ‘नाम सुन्दा त्यस्तै लाग्छ तर सलमानको चलचित्रसँग केही पनि मिल्दैन’, राजुले भने ।tiger-the-real-hero-kalkar

0 comments

Write Down Your Responses

Powered by Blogger.