‘मिस नेपाल’की हिरोइनलाई सेक्सी देखिनै आतुर, अन्यलाई सास्ती
नेपाली सिनेमाका हिरोइनहरु सार्वजनिक कार्यक्रममा आकर्षण बनेर पुग्न कुनै कसर त बाँकी राख्दैनन् । तर उनै हिरोइनहरुको पहिरन मोहले गर्दा अन्य अतिथीलाई भने अप्ठ्यारो हुने गरेको पाइन्छ ।
काठमाण्डौमा आयोजना भएको चलचित्र ‘मिस नेपाल’को अडियो बिमोचन कार्यक्रममा निर्माता तथा नायिका शुभेच्छा थापा यस्तै कारणले गर्दा हराइन् । मिडियाको अघि राम्रो र सेक्सी फोटो आओस् भन्ने चाहनाले शुभेच्छालाई पनि गाजेको हुनसक्छ । यसैले उनले बनाएको चलचित्र ‘मिस नेपाल’को अडियो बिमोचनमा अन्य अतिथीहरुले राम्रैसँग कुर्नुपर्यो । कार्यक्रम हलमा उपस्थित पाहुनाहरु शुभेच्छालाई खोज्न थाले भने शुभेच्छा भने पहिरन परिवर्तन गर्ने भन्दै हराइन् ।

करिब १ घन्टा पश्चात मिस नेपाल शिर्ष लेडी रातो गाउनमा उपस्थित भइन् । उनलाई आफ्नै पहिरन सम्हाल्न गाह्रो भइरहेको थियो । जाडो महिनामा शुभेच्छाको पहिरनले उनको सेक्सी देखिने चाहना त पुरा गर्यो तर कताकता असजिलो महुशश गरायो ।
0 comments
Write Down Your Responses