प्रचण्ड र वैद्यसमेत मिलाएर राष्ट्रिय सरकार बनाउनुपर्छ : अमरेशकुमार 'चुनावमा धाँधली भएको छैन, विकास नगर्नाले महन्थ हारेका हुन्'

१२ मंसिर, काठमाडौं । सर्लाही क्षेत्र नं ६ बाट तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई निर्वाचनमा पराजित गर्ने नेपाली कांग्रेसका युवा नेता अमरेशकुमार सिंहलाई नेपाली राजनीतिमा प्रायः सबैले चिन्छन् । चुनाव जितेपछि सर्लाहीबाट राजधानी फर्केर भारतीय राजदूतदेखि एमाओवादी अध्यक्षसमेतलाई सघनरुपमा भेटघाट गरिरहनुभएका सिंह अहिले एमाओवादी र माओवादीलाई समेत मिलाएर कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने अभियानमा हुनुहुन्छ । अनलाइनखबरले उहाँको डेरामै पुगेर चासो राख्दा सिंहले चुनावी समीक्षाका साथै समसामयिक राजनीतिबारे यसरी व्याख्या गर्नुभयो -
amresh- अब कांग्रेस र एमालेले दुईतिहाइ ल्याए पनि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ । पहिलो संविधानसभापछि एमाओवादीले जुन गल्ती गरेको थियो, त्यो कांग्रेसले दोहोर्‍याउनुहुँदैन । एमाओवादीले कांग्रेसलाई सरकारभन्द बाहिरै राखेको थियो, अब एमाओवादी र माओवादी दुबैलाई सरकारमा ल्याउनुपर्छ । विपक्षमा बसे भने उनीहरुले सरकारलाई असहयोग गर्छन् ।
- सहमतीय सरकार बनाउन एमाओवादीले भनेजस्तो अन्तरिम संविधान संशोधन गरिराख्नै पर्दैन । अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतिको सरकार बनाउन सकिन्छ । संविधान संशोधन गरिराख्नुपर्दैन ।
- सरकार गौण हो र संविधान निर्माण कार्य प्रमुख हो । त्यसैले सबभन्दा पहिले संविधान बनाउने प्रक्रियाका बारेमा सहमति गरौं । बाह्रबुँदे सहमति, शान्ति सम्झौता, अन्तरिम संविधान, मधेस आन्दोलन, माओवादी जनयुद्ध र अहिलेका जनमतलाई ख्याल गरेर सहमतिका आधारमा स्रंविधान बनाउने विधि तय गर्नुपर्छ । हारेको भनेर मधेस आन्दोलन र एमाओवादीलाई नजर अञ्दाज गर्न मिल्दैन ।
- वैद्य माओवादी पनि सरकारमा आउँछ । चुनाव अगाडि उसले कतैबाट यो संकेत पाएर नै ठूलो हिंसा नमच्चाएको हो । चाहेको भए उसले एक दुईजना उम्मेद्वार मार्न सक्थ्यो । तर, किन त्यसो गरेन ? किनभने उसले कतैबाट ‘हिन्स’ पाएको हुनाले हिंसा गरेन । त्यसैले वैद्य पनि सहमतिमा आउँछ, ल्याउनुपर्छ । उसले भनेको गोलमेच गरेर हुन्छ, या २६ जनामा ल्याएर हुन्छ या संविधानसभाको ६ सय १ सीट बढाएर उसलाई ल्याउनुपर्छ ।
- सबै अन्तरराष्ट्रिय समुदायको राष्ट्रिय सहमतिको सरकार बनोस् भन्ने नै छ । तपाई नसोच्नोस् कि सबैलाई मिलाएर सहमतिको सरकार बनाउने कुरा भारतले मात्रै भनेको हो । दुबै माओवादीलाई पनि सहमतिमा ल्याएर सहमतिको सरकार बनाउनुपर्छ भन्नेमा सबै अन्तरराष्ट्रिय समुदायको एएटै भ्वाइस छ ।
- कुनै नेताले नबुझेर दुई तिहाइ बहुमतबाट संविधान जारी गर्छौं भनिरहेका छन् । विगतमा प्रचण्डमा यस्तै दम्भ देखिएको थियो । अब कांग्रेसले त्यस्तो दम्भ देखाउनुहुँदैन । दम्भ देृखाए भने कांग्रेस र एमालेको हालत पनि प्रचण्डको जस्तै हुन्छ । नेपाली कांग्रेसले एमालेको लहैलहैमा लाग्नु हुँदैन, सबैलाई मिलाएर अघि बढ्नुपर्छ । गिरिजाप्रसादले शुरु गरेको शान्ति प्रक्रिया अब कांग्रेसका सुशील कोइरालाले अन्त्य गर्नुपर्छ ।
- राम्रो के भएको छ भने बाह्रबुँदे समझदारी र शान्ति सम्झौतामाम भूमिका खेल्नेहर हामी सबैले जितेका छौं । मैले पनि जितें, कृष्णबहादुर महराजीले जित्नुभो । कृष्ण सिटौलाजीले जित्नु भो । माधव नेपालले जित्नुभो । वामदेव गौतमले पनि जित्नुभयो । अब हामी सहमतिको सरकार का लागि जोड गर्छौं । सरकार दोसं्रो कुरा हो, संविधानका लागि सहमति मुख्य कुरा हो ।
- मैले धाँधली गरेर, बुथ कब्जा गरेर जितेको होइन । सेनाले धाँधली गथ्र्याे भने त प्रधानसेनापति गौरब समशेर आफैं चुनाव लडिहाल्थे नि । उनका आफन्तहरु उम्मेद्वार बन्थे । त्यसैले धाँधली भएको होइन । आफ्नो चुनाव क्षेत्रमा महन्थ ठाकुर गएनन्, उनले विकास गरेनन् त्यही भएर हारे । मैले आफ्नो क्षेत्रमा करोडौंको विकास गरेको छु । मैले सर्लाहीमा ५० करोडको विकास गरें, ३ वटा एम्बुलेन्स बाँडे । टेलिफोन टावर बनाएँ । कनकमणिहरुले मलाई भारतीय एजेन्ट भनेर केही फरक पर्दैन । काठमाडौंमा लेखेको गाउँको जनताले केही पढ्दैन । राजधानीमा गरिएको बुद्धिविलास र जनताको चाहना फरक कुरा हो । गाउँमा विकास चाहिएको छ, मैले गाउँमा लगेको छु ।
- एमाओवादी र मधेसीहरुले आफ्नो एजेन्डामा अड्न सकेनन् । उनीहरुले आफ्नो जातीय मुद्दा जनतालाई बुझाउन सकेनन् । बरु विपक्षी दलहरुले यिनीहरु देश टुक्राउन चाहन्छन्, विखण्डनकारी हुन् भन्ने प्रचार गर्न सफल भए । त्यसैले हारे । ३२ मधेसी सभासद त पासपोर्ट बेच्ने थिए । ४/५ वर्ष खबराव सरकार सञ्चालन भयो । भ्रष्टाचार बढ्यो । चन्दा मागेकाले गर्दा व्यापारीहरुले माओवादीलाई भोट दिएनन् । मधेसीहरुले कुर्सीका लागि पार्टी फोडे । कुर्सीमा विकासका लागि होइन, पैसा कमाउनका लागि गए । विजय गच्छदार पैसा नभएसम्म नबोल्ने, राजेन्द्र महतो पैसा नपाएसम्म ट्वाइलेट नजाने । यही भएर उनीहरु हारेका हुन् । एजेन्डाले हारेको होइन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.