बेलायती राजदूत स्पार्क र कोइरालाबीच भेट अन्तर्राष्ट्रिय सहयोग आउनेमा विश्वस्त

१२ मंसिर, काठमाण्डौं । नेपाली कांग्रेसका सभापति सुशील कोइराल र बेलायती राजदूत एनडी स्पार्कबीच आज विहान कोइराला निवास महाराजगञ्जमा भेटवार्ता भएको छ ।
भेटमा राजदूत स्पार्कले विजयी भएकोमा कोइरालालाई दिँदै संविधान निर्माणमा संविधानसभा बाहिर रहेका दल र विपक्षीदललाई राम्रो सँग समेट्न आग्रह गनुभएको थियो । कोइरालाले भने आफूहरु सहमतिका साथ अघि बढ्ने बताउँदै एक वर्ष भित्रमै संविधान जारी गर्ने र सबैलाई समेट्न बताउनुभयो । संविधान निर्माण लगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रको उल्लेख्य सहयोग पाउनेमा आफूहरु आसावादी रहेको बताउनुभएको थियो ।
राजदूत स्मार्क र कोइरालाबीचको भेटबारेमा जानकारी दिनुहुँदै नेता रामशरण महतले सबैसँग सहमति, सहकार्य र एकता गरेर अगाडी बढ्ने विषयमा सभापतिले जानकारी गराएबो बताउनुभयो । महतले भन्नुभयो ‘सहमति कायम गर्न प्रयास गरिने र सहमति नबने बहुमतिय रुपमै भएपनि चाँडै निकास निकाल्न हामी प्रयासरत छौं ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.