बैंकहरु सहरकेन्द्रित हुँदा गाउँले सेवाबाट बञ्चित
तिर्थराज बस्नेत
१४ मंसिर, भोजपुर । पछिल्लो समयमा भोजपुरमा निजी बैंकका शाखा खुल्ने क्रम बढेको छ । खुलेका सबै बैंकका शाखाहरु सदरमुकाम केन्द्रीत छन् । केही बर्ष यता सदरमुकाममा टुरिजम विकास बैंक, सेन्चुरी कमर्सियल बैंक र नेपाल बंगलादेश बैंकका शाखा खुलेका छन् भने केही बैंकका शाखाहरु खुल्ने तयारीमा छन् ।
भोजपुर सडक सञ्जालमा जोडिएपछि बैंकका शाखा खुल्ने क्रम बढेको हो । भोजपुरमा अहिले निजी तथा सरकारी गरी ८ वटा बैंकका शाखा छन् भने केही बैंकले सदरमुकाममा शाखारहित सेवा दिइरहेका छन् ।
सदरमुकाममा बैंकका शाखाहरु धमाधम खुले पनि सशस्त्र द्वन्द्वमा सदरमुकाम सारिएका ग्रामिण क्षेत्रका बैंकहरु भने अझै पुनस्थापना नुहादा स्थानीय मर्कामा परेका छन् । जिल्लाको ग्रामीण क्षेत्रका दिंला, घोडेटार, तिवारीभञ्ज्याङ र अन्नपुर्णबाट विस्थापित नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास वैंकका शाखाहरु पुनःस्थापन हुन नसकेका हुन् ।
गाउामा बैंक नहुादा सानो बैंकिङ कारोबारका लागि २ दिन पैदलयात्रा गरेर सदरमुकाम र छिमेकी जिल्ला धाउनुपर्ने बाध्यता छ । “ग्रामीण क्षेत्रमा यातायात र बिजुलीको बिस्तार भएको छ । युवाहरु उद्यमशील बन्दैछन्, यो अवस्थामा बैंकहरु पुनःस्थापना हुनसके सबैलाई फाइदा मिल्नेथियो ।” देउराली गाविसका कमल कार्कीले भन्नुभयो ।
उत्तरी क्षेत्रको दिङ्लामा बैंक पुनःस्थापना नहुँदा त्यो क्षेत्रका १५ बढी गाविसका नागरिक आर्थिक कारोवारका लागि खाँदबारी र भोजपुर जान बाध्य छन् । त्यसैगरी दक्षिणी क्षेत्रका १४ बढी गाविसका नागरिक आर्थिक कारोवारका लागि सुनसरी, धनकुटा र भोजपुर सदरमुकाम पुग्न बाध्य छन् । ”बैकका शाखा पुनःस्थापना हुने हल्ला सुनेको धेरै भयो, तर हालसम्म पुनःस्थापना हुन सकेका छैनन् ।” दिंलाबासी सम्भु खड्गीले भन्नुभयो ।
कृषि विकास बैंक भोजपुरका प्रवन्धक अजुद्द अधिकारी भने ग्रामिण क्षेत्रमा बैंकका शाखा पनुःस्थापना गर्न प्रक्रिया अघि बढाएको बताउनुहुन्छ । गाउा गाउामा यातयात पुगेपछि आर्थिक गतिविधि बढेको छ । तर त्यो आर्थिक कारोवारलाई भने बैंकले गाउासम्म पुगेर संस्थागत गर्न सकेका छैनन् । विदेशबाट आउने रेमिट्यान्सका लागि उत्तरीक्षेत्रका मानिस संखुवासभाको खाादबारी पुग्नुपर्छ भने दक्षिणका मानिसहरु सुनसरीको धरान, धनकुटा र मध्यक्षेत्रका मानिसहरु सदरमुकाम आउनुपर्ने बाध्यता छ ।
0 comments
Write Down Your Responses