आज विश्व एड्स दिवस, चेतनामुलक कार्यक्रम गरी मनाइदै
१६ मंसिर, काठमाण्डौं । आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी एड्स दिवस मनाइदैछ ।
एचआईभी एड्स सम्बन्धि जनचेतना जगाउने, एड्स विरुद्ध गरिएका गतिविधिबारे जानकारी दिने तथा एड्सका कारण मृत्यु भएकाहरुको सम्झना गर्ने उद्देेश्यले प्रत्येक वर्ष डिसेम्बर १ मा विश्वभर एड्स दिवस मनाउने गरिएको छ ।
नेपालमा एचआइभी संक्रमितहरुको पहिचान भएको संख्या १८ हजार ६ सय २६ पुगेको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्ऽका अनुसार एचआइभी संक्रमितहरुको अनुमानित संख्या ५६ हजार पुगेको छ । विश्वमा भने सन २०१० सम्ममा २७ लाख मानिस एचआईभी एड्सबाट संक्रमित भएको र करिब १८ लाख मानिसले एड्सकै कारण ज्यान गुमाएको उल्लेख छ ।
0 comments
Write Down Your Responses