डढेल्धुरामा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्यो

१६ मंसिर, डढेेल्धुरा । डढेल्धुरामा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । बाजुराबाट धनगढी जाँदै गरेको ना ५ ख ७८९ नम्बरको बस डडेेलधुराको मेलखर्कमा दुर्घटना हुँदा ज्यान गुमाएका मध्ये लक्षीराम थापाको मात्र परिचय खुलेको छ । बाँकीको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ३४ यात्रु घाइते भएका छन् । जसमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।
डढेल्धुराका प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुली दुर्घटनाका बारेमा भन्नुभयो-’बाजुराबाट धनगढी हिँडेको बस हो । सुरुमा ३० जना यात्रुको इन्टि्र गरिएको पाइएको छ, केहीलाई पछि बाटोमा पनि थपिएको जानकारी आएको छ । बिहान पौने ५ बजेतिर दुर्घटना भएको र गाडी सडकबाट २/३ सय मिटर तल खसेको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीले दुर्घटना भएको खबर पाए लगत्तै उद्दार गरेका छन् ।’
यता उद्दार कार्यमा रहेका सुरक्षाकर्मीले भने सवारी चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने बताएका छन् । सजिलो ठाउँमा दुर्घटना भएकाले यात्रुको चाप बढी हुनु र चालक निदाउनु दुर्घटनाको कारण हुनसक्ने उनीहरुको अनुमान रहेको छ ।
सामान्य घाइतेहरुको डढेल्धुरा सामुादयिक अस्पताल र गम्भिर घाइतेको धनगढी अस्पतालमा उपचार भइरहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.